ढाका । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले गत वर्ष क्रान्तिबाट अपदस्थ शेख हसिनाको अपदस्थ सरकारको पालामा भएको भ्रष्टाचारको परिमाणको निन्दा गर्दै ‘चोरी भएको’ सम्पत्ति फिर्ता गर्न माग गरेका छन् ।
सन् २०२४ को अगष्टमा भएको क्रान्तिबाट भागेर छिमेकी मुलुक भारत पुगेकी ७७ वर्षीया हसिनाले सामूहिक हत्यालगायतका आरोपको सामना गर्न बङ्गलादेशको सुपुर्दगीका लागि गरिएको अनुरोधलाई अस्वीकार गरेकाे छ ।
युनुसले भने, “अर्बौं डलरको सार्वजनिक कोष चोरीका कारण बङ्गलादेशले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको छ । चोरी भएको रकम त्यहाँका जनताको हो । न्याय सुनिश्चित गर्न हामी हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य जारी राख्नेछौँ ।
युनुसले आफूले ‘सम्पत्ति फिर्ता हुने’ अपेक्षा गरेको बताउँदै चोरी भएको रकमलाई देश र जनताको लुटिएको सम्पत्ति हो भनेका छन् । उनले यो बङ्गलादेशका जनतालाई लुटेको मात्र नभई आर्थिक स्थायित्वतर्फको देशको प्रगतिमा धोखा भएको बताए ।
बङ्गलादेशको भ्रष्टाचारविरोधी आयोग (एसिसी) ले हसिना र उनकी भतिजी, बेलायती सांसद तथा भ्रष्टाचार विरोधी मन्त्री ट्युलिप सिद्दिकसहित उनका परिवारका सदस्यमाथि अनुसन्धान गरिरहेको छ । सिद्दिकले मङ्गलबार आफ्नो पदबाट राजीनामा दिए पनि आफूले केही गलत नगरेको भन्दै आफ्रविरूद्धको आरोपको खण्डन गरेका थिए ।
एसीसीले हसिनाको परिवारमाथि गरेको अनुसन्धान रूसको आर्थिक सहयोगमा सञ्चालित आणविक ऊर्जा प्लान्टसँग जोडिएको पाँच अर्ब अमेरिकी डलरको अनियमितता र राजधानी ढाकाको एक उपनगरमा आकर्षक प्लटको कथित जग्गा हडप्नेसँग योजनासँग जोडिएको छ । ब्रिटिस सन्डे टाइम्सको अनुसन्धानले सिद्दिकले दुई बङ्गलादेशी व्यवसायीसँग जोडिएको अफशोर कम्पनीले किनेको लण्डनको फ्ल्याटमा वर्षौं बिताएको दाबीबारे विस्तृत विवरण सार्वजनिक गरेको थियो ।
उक्त फ्ल्याट हसिना, उनको परिवार र उनको अपदस्थ सरकारसँग सम्बन्ध भएका एक बङ्गलादेशी वकिललाई उपहारस्वरुप हस्तान्तरण गरिएको थियो । सिद्दीक र उनको परिवारलाई हसिनाको अवामी लिग पार्टीका सदस्य वा सहयोगीहरूले किनेको लण्डनका अन्य थुप्रै सम्पत्तिहरू दिइएको वा प्रयोग गरिएको पनि बताइएको छ ।
“ट्युलिप सिद्दिकले लण्डनमा कमाएको पैसा र सम्पत्तिको स्रोत राम्ररी नखुलेको हुन सक्छ”, युनुसले भने, तर, अब उनलाई थाहा छ, उनले बङ्गलादेशका जनतासँग माफी माग्नुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: