Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

समाजवादी माेर्चाका चार दल पार्टी एकता गर्न सकारात्मक

खबरडबली संवाददाता

काठमाडौं । समाजवादी मोर्चामा आबद्ध रहेका दलहरू पार्टी एकता गर्नकाे लागि सकारात्मक भएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकमा एकता गर्न माेर्चामा आबद्ध दलहरु सकारात्मक बनेका छन् ।

माेर्चाकाे बैठकमा सहभागी नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले वामपन्थीबिच एकता र ध्रुवीकरण हुनुपर्नेमा सबैकाे एक स्वर भएकाे बताए । उनले भने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर छ । समाजवादी विचारधारालाई केन्द्रीकृत गर्दै जानुपर्ने अवस्था आएकाे छ । यी सबै परिस्थितिलाई मध्यनजर गरी वैकल्पिक शक्ति निर्माणमा गम्भीर भएर लागौँ हामी सबै सकारात्मक बनेका छौँ ।

नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (नेत्रबिक्रम चन्द) र नेपाल समाजवादी पार्टीकाेबीच एकताकाे सम्भावना बढेकाे पनि बताए । उनले भने, ‘वामपन्थीबिच एकता र ध्रुवीकरण हुनुपर्नेमा सबै एकमत छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर छ । समाजवादी विचारधारालाई केन्द्रीकृत गर्दै जानुपर्ने आजको आवश्यकता छ । यी सबै परिस्थितिलाई मध्यनजर गरी वैकल्पिक शक्ति निर्माणमा गम्भीर भएर लागौँ हामी सबै सकारात्मक छौँ । प्रचण्डजी, माधवजी र विप्लवजीको पनि ढिलोचाँडो वामपन्थी शक्ति निर्माण गर्नेमा विमति छैन’, यादवले भने ।

हिजो बसेको चार दल आबद्ध समाजवादी मोर्चाको कार्यदलले बिभिन्न कार्यक्रम गर्ने निर्क्यौल निकालेका थिए । जसलाइ आजको बैठकले अनुमोदन गरेकाे छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाबाट भएका विगतको अभ्यास, गतिविधिबारे गम्भीर समीक्षा गरी वामपन्थी शक्तिबिच एकता, सहकार्य र ध्रुवीकरण गर्ने विषयमा साझा धारणा बनेको बताए ।

‘सुरुमा मोर्चाको गतिविधि रफ्तारमा अगाडि बढेको थियो । क्रान्तिकारी कम्युनिस्टहरूको गोलबन्धले केही हुन्छ भन्ने आम जनतामा प्रभाव परेको थियो । बिचमा मोर्चाको गति अलि धिमा भयो’, उनले भने, ‘यी सबै विषयमा आज गम्भीर समीक्षा भएको छ । ठुलो वामपन्थी शक्ति निर्माण गरेर जाने विषयमा चारवटै पार्टीको सकारात्मक धारणा आएको छ । माघ १६ गते काठमाडौँमा हुने कार्यक्रमले जनतामा सकारात्मक सन्देश प्रवाह हुनेछ ।’

नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले पनि वामपन्थी शक्तिहरू एक्लाएक्लै हिँड्नुभन्दा एउटै समाजवादी केन्द्र निर्माण गरेर जाऊँ भन्नेमा प्रचण्ड, माधव, विप्लव सकारात्मक देखिएको बताए । विगत १९ महिनादेखि एउटै मोर्चामा सहकार्य गर्दै आएका माधवलाई पार्टी एकताका लागि प्रचण्डले पहिले नै प्रस्ताव राखेका थिए । तर वैचारिक, सैद्धान्तिक तथा सांगठनिक रूपमा स्पष्ट नभएसम्म पार्टी एकता गर्न नहुने पक्षमा एकीकृत समाजवादी रहेको बताइएकाे छ । 

मंसिरको पहिलो हप्ता बसेको एकीकृत समाजवादीको स्थायी समिति बैठकले तत्काल माओवादीलगायत अन्य वामपन्थी शक्तिसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको थियो । तर विचार मिल्ने दलसँग भविष्यमा हुने एकताका लागि ढोका खुलै राखेको थियो । यता नेसपा र नेकपाले यसअघि नै माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरिसकेका छन् । 

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली सरकारविरुद्ध सदन र सडक दुवै मोर्चा कसिलो बनाउनुपर्ने प्रस्ताव राखेका छन् । समाजवादी मोर्चाका संयोजक समेत रहेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर रहेको, सरकार संसद् छलेर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै दुवै मोर्चा कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको सहभागी एक नेताले बताए । 

‘हामी अहिले संसदमा छैनौँ । मोर्चाका तीन दल संसदमा हुनुहुन्छ । अध्यादेशमार्फत ओलीजीले शासन गर्न खोज्नुभएको छ । त्यसलाई प्रतिवाद गर्नुपर्छ । तपाईंहरू संसद् तताउनोस्, हामी सडकमा साथ दिन्छौँ ।’ विप्लवले भने । मोर्चाले यही माघ १६ गते काठमाडौंमा बृहत् कार्यक्रम गर्ने निर्णय पनि गरेकाे छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending