अमेरिका । अर्बपति जेफ बेजोसले स्थापना गरेको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले बिहीबार पहिलो पटक आफ्नो विशाल न्यू ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
अमेरिकी राज्य फ्लोरिडास्थित ‘केप क्यानाभेरल स्पेस फोर्स बेस’ बाट स्थानीय समयअनुसार बिहान २ः०३ बजे रकेट प्रक्षेपण गरिएको हो । यो मिसनलाई ब्लु ओरिजिनले एलोन मस्कको व्यावसायिक अन्तरिक्ष उद्योगमा हावी स्पेसएक्ससँग प्रतिस्पर्धा गर्ने प्रयासको लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
“लिफ्ट अफ ! न्यू ग्लेनले आफ्नो पहिलो आरोहण ताराहरूतर्फ सुरु गर्दैछ,” ब्लू ओरिजिनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक सन्देश जारी गरी उल्लेख गरेको छ । “न्यू ग्लेनले अन्तरिक्षको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सीमा ‘कार्मन लाइन’ पार गरेको छ !” फर्मले प्रक्षेपणको केही मिनेटपछि गरेको पोस्टमा उल्लेख छ ।
न्यू ग्लेन इन्जिनबाट छुट्टिएर दोस्रो चरणमा प्रवेश गरिसकेको छ र अहिले न्यू ग्लेनको दोस्रो इन्जिन र पेलोड अब कक्षमा पुगेका छन् । प्रसिद्ध अमेरिकी अन्तरिक्ष यात्री जोन ग्लेनको सम्मानमा न्यू ग्लेन नाम दिइएको ३२० फिट (९८ मिटर) अग्लो रकेटको प्रारम्भिक परीक्षण सोमबार बिहान गरिने तयारी भए पनि प्रक्षेपणको तयारीको अन्तिम क्षणमा पटक–पटक रोकिएपछि प्रक्षेपण मिसनलाई स्थगित गरिएको थियो ।
अमेजनका संस्थापक बेजोसले विश्वको एक मात्र आफूभन्दा धनी व्यक्ति एलन मस्कसँगको प्रतिस्पर्धालाई न्यू ग्लेन–१ (एनजी–१) को सफलतासँग हेरेको अन्तरिक्षबारे जानकार विश्लेषकहरूले बताउने गरेका छन् । मस्कको कम्पनी स्पेसएक्सले आफ्नो उत्कृष्ट फाल्कन ९ रकेटमार्फत कक्षीय प्रक्षेपणले व्यावसायिक क्षेत्र, पेन्टागन र नासाका लागि महत्वपूर्ण प्रभाव जमाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: