अछाम । भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरुको पुनर्निर्माणको प्रारम्भ अछाम जिल्लाबाट सुरुवात गरिएको छ । दुई वर्षअघि डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण क्षतिग्रस्त निजी आवासको पुनर्निर्माण गर्ने गरेर मंगलसेन नगरपालिका–५ की खन्टी कामीसँग सम्झौता गरिएको हो । कामीको घर निर्माणका लागि मंगलसेन नगरपालिका–५ को वडा कार्यालयमा वडा अध्यक्ष झंकरप्रसाद भाटसँग बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
भूकम्प पश्चात क्षतिको विस्तृत आँकलनको प्रतिवेदनका आधारमा लाभग्राही छनोट गरेर पुनर्निर्माण र सबलीकरणको काम थालनी गरिएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय तहको समन्वयमा लाभग्राहीहरुसँग सम्झौता गरेर निजी निवास निर्माणको काम अघि बढाइएको बताइएको छ । लाभग्राहीले तीन किस्तामार्फत निर्माण वा मर्मतको रकम पाउने प्राप्त गर्ने छन् । सम्झौता गर्ने क्रममा मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी लम्साल, प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी, वडा अध्यक्षहरु र लाभगाहीको रहेका थिए ।
२०७९ कात्तिक तेस्रो साता गएको भूकम्पका कारण अछामका दश स्थानीय तहमा पाँच हजार ५४० घरपरिवारको आवास पुनर्निर्माण र सबलीकरण गरिने भएको हो । जस अनुसार मंगलसेन नगरपालिकामा ४५६, कमलबजारमा २८५, पञ्चदेवल विनायक नगरपालिकामा ७५, चौरपाटी गाउँपालिकामा ७६०, ढकारी गाउँपलिकामा ८९ घरपरिवार लाभान्वित हुने भएका छन् । यस्तै, साँफेबगर नगरपालिकामा दुईहजार ४२८, रामारोशन गाउँपालिकामा दुई सय, मेल्लेख गाउँपालिकामा ६०३, तुर्र्माखाँदमा १८ र बान्नीगढी जयगढ गाउँपालिकामा ६२६ निजी आवास पुनर्निर्माण र प्रबलीकरणमा रहेका छन् ।
“भूकम्पपीडितले हामीलाई सताई रहेका थिए, बल्ल सरकारले नै घर बनाइ दिने भएपछि हामीलाई पनि सहज भएको छ ।” मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराको भनाइ छ । छनोट भएका लाभग्राहीलाई वडा तहमै सम्झौता गरेर काम गरिने नगरप्रमुख बोहराको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८१ - २०:४७
काठमाडौं । इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलब...
चैत्र २७ गते, २०८१ - २०:४०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् । ...
चैत्र २७ गते, २०८१ - २०:२८
काठमाडाैं । सांसद सोबिता गौतम १५०औँ अन्तरसंसदीय संघ (आइपियू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छिन् । आइपियू महासभाको २१...
चैत्र २७ गते, २०८१ - २०:२३
झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नम्बर २ का नरेन्द्रकुमार ...
चैत्र २७ गते, २०८१ - २०:१७
काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ । बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ...
चैत्र २७ गते, २०८१ - २०:१०
बाग्लुङ । बाग्लुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् । बुधबार बिहान करिब ११ बजे भण्डारी आफ्नै घरनजिकको गोठबाह...
चैत्र २७ गते, २०८१ - १९:५५
धनकुटा । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष सुरु गरेको छ । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे मिल्के क्षेत्रबाट पर...
चैत्र २७ गते, २०८१ - १९:३०
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत र...
चैत्र २७ गते, २०८१ - १९:२६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाएपछि बिहीबारदेखि लागू हुने गरी चीनले पनि अमेरिकी...
चैत्र २७ गते, २०८१ - १९:१६
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना...
प्रतिकृया लेख्नुहोस्: