Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

प्रतिकूलतामा एकजुट हुन नेता कार्यकर्तालाई महामन्त्री पौडेलको अपिल

खबरडबली संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेको छन्।

सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले अहिलेको प्रतिकूलतामा छिनभिन्न भएर बिग्रन नहुने बताएको हो ।

देशका हरेक संकटमा नेपाली कांग्रेससँगै रहेर एकजुट रहेको भन्दै उनले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको स्मरण गरेको छन् ।

अहिलेको प्रतिकूलतामा पनि छिन्नभिन्न भएर बिग्रनु हुन्न भन्दै उनले पार्टी महामन्त्री मात्र नभै इमान्दार कार्यकर्ता भएर एकजुट हुन अपिल गरे।

‘‘अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’’ उनले भने, ‘‘म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं १’’

महामन्त्री पौडेलले कांग्रेसका सबै नेता कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताए । ‘‘र, यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं,’’ उनले  भनेको छन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद् अधिवेशनअघि सर्वदलीय बैठक आह्वान

काठमाडौं । संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएपछि उक्त बैठक...

मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते

मकवानपुर। मकवानपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते भएका छन् । कान्ति लोकपथअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ र ५ को  सिमाना स...

सुन तोलामा छ हजार ७ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु छ हजार ७०० र चाँदी रु १४५ ले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घ...

संसद् बैठकको कार्यसूची बुधबार आउँदै

काठमाडौँ। सङ्घीय संसदको दुबै सदनको बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट दुबै सदनको बैठक आह्वान भएपछि संसद संचिवालयले...

ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोग आजदेखि पूर्ण रूपमा प्रतिबन्ध

काठमाडौँ । आज (बुधबार)देखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। मन्त्रालयले वातावरण...

दार्चुलामा जिप दुर्घटना: सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

दार्चुला। दार्चुलामा जिप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ। मृतकमा महाकाली नगरपालिका–६ निसिल घ...

कालीगण्डकी हाम फालेर प्रहरीबाट फरार भएका युवक बेपत्ता

बागलुङ। पर्वतको जलजला गाउँपालिका–८ का २५ वर्षीय विशाल विक प्रहरीको चेकजाँचको क्रममा कालीगण्डकीमा हाम फालेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय...

प्रतिकूलतामा एकजुट हुन नेता कार्यकर्तालाई महामन्त्री पौडेलको अपिल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेको छन्। सामाजिक सञ्जालमा एक प...

सरकारले चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्...

महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले गर्याे अस्वीकार

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले अस्वीकार गरेको छ। धादिङकी शोभा पाठकले पहिल्यै दर्ता गरिएको तामेली मुद...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending