Ntc summer Offer
Khabar Dabali २३ चैत्र २०८१ शनिबार | 5th April, 2025 Sat
Investment bank

भेरी करिडोर सडक मर्मतकाे लागि चार अर्ब

खबरडबली संवाददाता

कर्णाली । कर्णाली प्रदेशको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको भेरी करिडोर सडकखण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले रु. चार अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ । नलगाड नगरपालिका– १२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आग्रहमा अर्थले बजेट सुनिश्चित गरेको प्रतिनिधिसभा सदस्य तथा पूर्वसहरी विकासमन्त्री धनबहादुर बुढाले जानकारी दिए । लामो समयदेखि बजेट अभावले रोकिएको करिडोर निर्माणले अब गति लिने पूर्वमन्त्री बुढाले बताए । भेरी करिडोर सडक २१७ किलोमिटर हुने जनाइएको छ । त्यसमध्ये जाजरकोट–डोल्पा सदरमुकाम दुनैसम्म ११८ किलोमिटर छ । हाल जाजरकोटबाट तल्लुसम्मको ६२ किलोमिटर खण्डमा स्तरोन्नति भइरहेको छ । अब तल्लुबाट दुनैसम्मको बाँकी ५६ किलोमिटर सडकमध्ये तल्लु–त्रिपुराकोटसम्मको ४२ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो ।

बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको उक्त खण्डमा अब नयाँ ठेक्का आह्वान गरी स्तरोन्नति गरिने भेरी करिडोर आयोजना प्रमुख सुनील रञ्जितकारले जानकारी दिए । पूर्वमन्त्री बुढाका अनुसार केही दिनमा पुल निर्माणका लागि समेत बजेट सुनिश्चित गर्ने तयारी भइरहेको छ । हाल बेलिब्रिज भएको स्थानमा पक्की पुल निर्माण गर्ने आयोजनाको लक्ष्य छ ।

त्रिदेशीय सडकको रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरको दुनै–लासिक्यापखण्डको काम निर्माण व्यवसायीले ढिलाइ गर्दा लक्ष्यअनुसार उपलब्धि नहुने सम्भावना बढेको छ । ठेक्काको म्याद सकिन एक वर्ष बाँकी हुँदा पनि १५ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ ।  उक्त सडकखण्ड निर्माण गर्न सूर्य–श्रेया–शान्तिदेवी जेभी काठमाडौंले रु. १३ करोड ४२ लाखमा ठेक्का लिएको थियो ।

लासिक्यापबाट मरिमसम्मको सडक नेपाली सेनाले निर्माण गर्ने तयारीका साथ सेनाले रक्षा मन्त्रालयबाट भौतिक मन्त्रालयमा अनुमतिका लागि पत्र पठाइसकेको छ । कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोरअन्तर्गत जाजरकोट सदरमुकामदेखि डोल्पाको सदरमुकाम दुनैसम्म सडक ट्र्याक खोल्ने काम ०६५ मा सुरु गरेको थियो । दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कुल एक सय किलोमिटरमध्ये नेपालतर्फ ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बागलुङ । आज बारीमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका घर्तीमगरको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पुर्‍याइएको थियो । अस्पताल पुर्...

बँदेल मार्ने पासोमा करेन्ट लागेर एककाे मृत्यु, शव लुकाउने तीनजना पक्राउ

रौतहट । रौतहट स्थित जंगली बँदेल मार्न राखिएको विद्युतीय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । मृतक महिलाको शव लुकाएको अभियोगमा तीनजना पक्र...

गाजा ‘मृत्युको जाल’ बनेको राष्ट्रसङ्घीय अधिकारीको भनाइ

एजेन्सी । निरन्तरको युद्धको कारण गाजा ‘मृत्युको जाल’ बनेको संयुक्त राष्ट्रसङ्घका मानवीय अधिकारी जोनाथन ह्विटलले बताएका छन् । कब्जा गरिएको प्यालेस्टिनी...

बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी राखिने: इजरायली प्रधानमन्त्री नेतान्याहू

इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना (आईडीएफ) ले गाजामा कारबाही तीव्र बनाएको बत...

अमेरिकी करवृद्धि कपडा उद्योगका लागि ठूलो धक्काः बङ्गलादेशी उद्यमी

ढाका । बङ्गलादेशी कपडा उद्योगसम्बद्ध उद्यमीहरूले बिहीबार अमेरिकी करले विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक बङ्गलादेशलाई ‘ठूलो धक्का’ पुर्‍याएको बताएक...

जुम्ला कालढुङ्गीमा एक घर जलेर नष्ट

जुम्ला । चन्दननाथ नगरपालिका –४ कालढुङ्गीनजिक एक घरमा भिषण आगलागी भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । तीन तल्लाको घरको ...

तराई–मधेस केन्द्रित सात दलले गरे ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा

काठमाडौं । तराई–मधेस केन्द्रित सात राजनीतिक दलले ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन् । संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, ...

२० लाखसहित एक चिनियाँ युवती पक्राउ

काठमाडाैं । हुन्डी कारोबारको आरोपमा चिनियाँ युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त जनसेवाको टोलीले चीनको तिब्बत स्थायी घर भई पछिल्लो समय ...

बाँकेमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

बाँके । हात्तीको आक्रमणमा परी बाँकेमा एकजनाको मृत्यु भएको छ । बाँके राष्ट्रिय निकुञ्जको खड्गवारस्थित हात्तीसारमा रहेको गणेशगज हात्तीले आक्रमण गर्दा मा...

उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुर कटारी नगरपालिका–४, मुसहरी टोल खण्डमा  मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।  जिल्ला प्रहरी का...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy