Khabar Dabali २४ कार्तिक २०८२ आईतवार | 9th November, 2025 Sun
Investment bank

निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युनले सोधपुछका क्रममा बोल्न अस्वीकार

खबरडबली संवाददाता

सियोल । सैनिक शासनको असफल प्रयासबारे अनुसन्धानकर्ताको सोधपुछलाई शुक्रबार फेरि अस्वीकार गरेका छन् । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग लगाउने समयसीमा नजिकिँदै गर्दा उनले अनुसन्धान प्रक्रियामा सोधपुछका क्रममा बोल्न अस्वीकार गरेका हुन् ।

युनले डिसेम्बर ३ मा ‘राज्य विरोधी तत्वहरू’ को धम्कीको सामना गर्न आवश्यक रहेको भन्दै ‘मार्शल ल’ घोषणा गरेका थिए । विपक्षी सांसद र जनप्रदर्शनपछि उक्त घोषणा केही घण्टामा नै फिर्ता भएको थियो । राष्ट्रपतिको उक्त कदमले देशलाई अराजकतातर्फ धकेलेको छ । 

उनले संसद्मा हस्तक्षेप गरी मार्शल ल अस्वीकार गर्न संसद्मा मतदान हुनबाट रोक्न असफल भएपछि उनको घोषणा केवल छ घण्टामा नै विफल भएको थियो । त्यसपछिका हप्ताहरूमा युनलाई संसद्ले महाभियोग लगाएको थियो र हिरासतमा लिने दक्षिण कोरियाको पहिलो बहालवाला राष्ट्रपति हुनुअघि उनको संरक्षित निवासमा लुकेर गिरफ्तारीको विरोध गरिएको थियो ।

उनको निवासमा छापा मार्दा बुधबार बिहान पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ पूर्जीमा युनलाई केवल ४८ घण्टाको लागि हिरासतमा राख्न अनुमति दिइएको थियो । अनसन्धानकर्ताहरूले शुक्रबार उनको हिराशतको बसाईलाई लम्बाउन नयाँ पक्राउ पूर्जी माग्ने अपेक्षा गरिएको छ जसले सम्भवतः उनलाई २० दिनको लागि हिरासतमा राख्न आदेश दिनसक्ने अनुमान गरिएको छ । यसले अभियोजनकर्ताहरूलाई उनीविरुद्ध अभियोगलाई औपचारिक रूप दिन समय दिनेछ ।

भ्रष्टाचार अनुसन्धान कार्यालयले उनीमाथि विद्रोहको सम्भावित अभियोगमा अनुसन्धान गरिरहेको छ र अभियोग प्रमाणित भएमा उनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुनसक्छ । यदि शुक्रबार नयाँ वारेन्ट दायर गरियो भने युनलाई कम्तीमा पनि अदालतमा सुनुवाइ नहुञ्जेल र सप्ताहन्तमा यसको अनुमोदनका लागि फैसला नभएसम्म हिरासतमा राखिनेछ । यदि सुनुवाइपछि अदालतले यसलाई अस्वीकार गर्यो भने उनी रिहा हुनेछन् ।

सीआईओले स्थानीय समयअनुसार शुक्रबार बिहान १० बजे युनलाई सोधपुछका लागि बोलाएको थियो तर उनका वकिल युन कब क्युनले एएफपीलाई बताए अनुसार उनले लगातार दोस्रो दिन पनि उपस्थित हुन अस्वीकार गरेको थियो । सीआईओका अधिकारीहरूले एएफपीको अनुरोधको तत्काल जवाफ दिएनन् । 

अर्का वकिल सिओक डोङ–ह्योनले शुक्रबार पत्रकारहरूलाई भने, “युनले अनुसन्धानकर्ताहरूलाई आफ्नो स्थितिबारे बताइसकेका छन् । उनीहरूका प्रश्नहरूको जवाफ दिनुपर्ने कुनै कारण छैन ।” डोङ–ह्योनले भने, “राष्ट्रपति आज सीआईओमा उपस्थित हुनुहुने छैन । उहाँले पहिलो दिन नै अनुसन्धानकर्तासमक्ष आफ्नो आधारभूत धारणा पर्याप्त रूपमा व्यक्त गर्नुभएको छ ।”

युनलाई बुधबार घन्टौं सम्म सोधपुछ गरिएको थियो तर अर्को दिन सोधपुछका लागि उपस्थित हुन इन्कार गर्नुअघि उनले आफ्नो ‘मौन बस्न पाउने अधिकार’ को प्रयोग गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा सवारी दुर्घटनामा ६ जना घाइते

उदयपुर ।  उदयपुर जिल्लाको विभिन्न स्थानमा चारवटा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा ६ जना यात्रुहरु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका ...

करदाता सेवा कार्यालय खारेजीको विरोधमा राजविराज बजार बन्द

सप्तरी । करदाता सेवा कार्यालय खारेजीको निर्णयविरुद्ध उद्योग वाणिज्य संघ सप्तरीले राजविराज बजार बन्द गरेको छ । संघले शुक्रबार बिहानदेखि राजविराजको मुख्...

प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई सक्रिय नागरिकको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न र आगामी निर्...

हितेन्द्रदेव शाक्यलाई अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अन्तरिम आदेश पाउन असफल भएका छन् । सर्वोच्च अदालतले उनलाई प्राधि...

प्रतिनिधिसभा निर्वाचन: प्रचार–प्रसार अवधि १४ दिनको मात्रै हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार गरेको छ । आयोगले फागुन २१ गतेका लागि मिति तोकिएको निर्वाचनका तयारी तीव्र...

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कक क्षेत्रमा पक्राउ अभियान जारी

रामल्ला । इजरायली सेनाले शुक्रबार प्यालेस्टिनी जनता विरुद्धको निरन्तर अभियानमा कब्जा गरिएको वेस्ट ब्याङ्कका धेरै क्षेत्रमा छापा मार्ने र पक्राउ गर्ने ...

जापानद्वारा दुई वर्षमा पहिलो पटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु

टोकियो । दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी समुद्रमा छोडिएपछि चीनले जापानी समुद्री खाद्य पदार्थमा लगाए...

टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

इस्तानबुल । टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीहरूको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्त...

लेबनानमा भएको इजरायली आक्रमणको इरानद्वारा निन्दा

तेहरान । इरानले लेबनानमा भएको इजरायली आक्रमणलाई “बर्बरता“को संज्ञा दिदै शुक्रबार कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इरानी विदेश मन्त्रालयले ...

इरानमाथि लगाइएका प्रतिबन्ध हटाउन राष्ट्रपति ट्रम्प ‘खुला’

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धहरूबारे छलफल गर्न आफू खुला रहेको बताएका छन् । उनका अनुसार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending