Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युनले सोधपुछका क्रममा बोल्न अस्वीकार

खबरडबली संवाददाता

सियोल । सैनिक शासनको असफल प्रयासबारे अनुसन्धानकर्ताको सोधपुछलाई शुक्रबार फेरि अस्वीकार गरेका छन् । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोग लगाउने समयसीमा नजिकिँदै गर्दा उनले अनुसन्धान प्रक्रियामा सोधपुछका क्रममा बोल्न अस्वीकार गरेका हुन् ।

युनले डिसेम्बर ३ मा ‘राज्य विरोधी तत्वहरू’ को धम्कीको सामना गर्न आवश्यक रहेको भन्दै ‘मार्शल ल’ घोषणा गरेका थिए । विपक्षी सांसद र जनप्रदर्शनपछि उक्त घोषणा केही घण्टामा नै फिर्ता भएको थियो । राष्ट्रपतिको उक्त कदमले देशलाई अराजकतातर्फ धकेलेको छ । 

उनले संसद्मा हस्तक्षेप गरी मार्शल ल अस्वीकार गर्न संसद्मा मतदान हुनबाट रोक्न असफल भएपछि उनको घोषणा केवल छ घण्टामा नै विफल भएको थियो । त्यसपछिका हप्ताहरूमा युनलाई संसद्ले महाभियोग लगाएको थियो र हिरासतमा लिने दक्षिण कोरियाको पहिलो बहालवाला राष्ट्रपति हुनुअघि उनको संरक्षित निवासमा लुकेर गिरफ्तारीको विरोध गरिएको थियो ।

उनको निवासमा छापा मार्दा बुधबार बिहान पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ पूर्जीमा युनलाई केवल ४८ घण्टाको लागि हिरासतमा राख्न अनुमति दिइएको थियो । अनसन्धानकर्ताहरूले शुक्रबार उनको हिराशतको बसाईलाई लम्बाउन नयाँ पक्राउ पूर्जी माग्ने अपेक्षा गरिएको छ जसले सम्भवतः उनलाई २० दिनको लागि हिरासतमा राख्न आदेश दिनसक्ने अनुमान गरिएको छ । यसले अभियोजनकर्ताहरूलाई उनीविरुद्ध अभियोगलाई औपचारिक रूप दिन समय दिनेछ ।

भ्रष्टाचार अनुसन्धान कार्यालयले उनीमाथि विद्रोहको सम्भावित अभियोगमा अनुसन्धान गरिरहेको छ र अभियोग प्रमाणित भएमा उनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुनसक्छ । यदि शुक्रबार नयाँ वारेन्ट दायर गरियो भने युनलाई कम्तीमा पनि अदालतमा सुनुवाइ नहुञ्जेल र सप्ताहन्तमा यसको अनुमोदनका लागि फैसला नभएसम्म हिरासतमा राखिनेछ । यदि सुनुवाइपछि अदालतले यसलाई अस्वीकार गर्यो भने उनी रिहा हुनेछन् ।

सीआईओले स्थानीय समयअनुसार शुक्रबार बिहान १० बजे युनलाई सोधपुछका लागि बोलाएको थियो तर उनका वकिल युन कब क्युनले एएफपीलाई बताए अनुसार उनले लगातार दोस्रो दिन पनि उपस्थित हुन अस्वीकार गरेको थियो । सीआईओका अधिकारीहरूले एएफपीको अनुरोधको तत्काल जवाफ दिएनन् । 

अर्का वकिल सिओक डोङ–ह्योनले शुक्रबार पत्रकारहरूलाई भने, “युनले अनुसन्धानकर्ताहरूलाई आफ्नो स्थितिबारे बताइसकेका छन् । उनीहरूका प्रश्नहरूको जवाफ दिनुपर्ने कुनै कारण छैन ।” डोङ–ह्योनले भने, “राष्ट्रपति आज सीआईओमा उपस्थित हुनुहुने छैन । उहाँले पहिलो दिन नै अनुसन्धानकर्तासमक्ष आफ्नो आधारभूत धारणा पर्याप्त रूपमा व्यक्त गर्नुभएको छ ।”

युनलाई बुधबार घन्टौं सम्म सोधपुछ गरिएको थियो तर अर्को दिन सोधपुछका लागि उपस्थित हुन इन्कार गर्नुअघि उनले आफ्नो ‘मौन बस्न पाउने अधिकार’ को प्रयोग गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE