Ntc summer Offer
Khabar Dabali ५ फाल्गुन २०८१ सोमबार | 17th February, 2025 Mon
Investment bank

बालेनसँग मिल्ने प्रयास सफल होला त भीम रावलको ?

खबरडबली संवाददाता

काठमाडौं ।  ‘मातृभूमि जागरण अभियान नेपाल’ चलाउन खोजिरहेका भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पनि यसमा जोड्ने प्रयास गर्ने बताएका छन् । शुक्रबार धनगढी पुगेर उनले आफ्नो अभियानमा बालेनलाई समेत जोड्ने प्रयास गर्ने सुनाएका हुन् ।

नेकपा ९एमाले०बाट निकालिएपछि रावल आफ्नो अभियान विस्तार गर्न देश दौडाहामा छन् । ‘सशक्त वैकल्पिक शक्ति’ निर्माण गर्ने जिकिर गरेका उनले धनगढी विमानस्थलमा सञ्चारकर्मीसित भने, “नेपालमा विभिन्न समूह छन् । नागरिक संगठन, राजनीति दलसँग आबद्ध बुद्धिजीवी छन् । अहिलेको देशको अवस्थालाई ध्यानमा राखेर हामीले एउटा सशक्त वैकल्पिक शक्ति निर्माण गर्नका लागि केके गर्नुपर्छ, छलफलबाट त्यसको निष्कर्ष निकालेर जाने हो ।”

आफ्नो अभियानका तर्फबाट वैकल्पिक शक्ति निर्माणका निम्ति रूपरेखा सार्वजनिक गरेको र त्यसमा अझै छलफल गरिने उनले बताए । काठमाडौं महानगरका मेयर बालेनसँग पनि सहकार्य गर्न सकिने सम्भावना रहेको सुनाउँदै उनले भने, “सशक्त वैकल्पिक शक्ति निर्माणका लागि रूपरेखा तयार गरेका छौँ । देशको हित चाहने जो कोहीलाई हामी समेट्छौँ । राजनीतिक दलको नाममा जताततै भागबन्डा गरेर खाने, यस्तो कुरालाई रोक्नुपर्छ भन्ने बालेनजीलगायत सबैलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाए राम्रो हुन्थ्यो भन्ने सबैको आवाज छ ।”

के रावलसँग मिल्छन् त बालेन ?

मेयर बालेन साह भने तत्काल कसैसँग सहकार्य गर्ने वा मिल्ने पक्षमा छैनन् । बालेननिकटस्थ भन्छन्, “हामीसँग जोडिनुपर्‍यो, सहकार्य गर्नुपर्‍यो भनेर दैनिक फोन आउँछ, मान्छेहरू भेट्न आउँछन । तर, अहिलेलाई त्यस्तो कुनै योजना छैन ।”

बालेन टिमका अनुसार, रावलले सहकार्य गर्न सकिने बताए पनि मेयर बालेन कसैसँग मिलिहाल्ने सोचमा छैनन् । “अहिले उहाँ (बालेन) मेयर हुनुहुन्छ । उहाँले स्वतन्त्र भएर चुनाव जित्नुभएको हो । त्यसैले अहिले नै कुनै दल वा अभियानसँग जोडिने भन्ने सोचविचार छैन,” बालेन टिमका एक सदस्यले भने ।

पछिल्लो समय एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेन असन्तुष्ट छन् । एमालेबाट निकालिएपछि रावल पनि असन्तुष्ट छन् । त्यही असन्तुष्टिलाई रावलले ‘क्यास’ गर्न खाजेको हुन सक्ने बालेन टिमको बुझाइ छ । “यहाँ जसले जे गरे पनि बालेनको नाम लिन्छन्,” बालेन टिमका ती सदस्य भन्छन्, “बालेनको नाम बिक्री हुन्छ र बेच्छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली उत्सव भोलीबाट सुरु हुने

सुर्खेत । कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोली बाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋ...

भन्सार छली ल्याइएको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं। काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका २ बाट गत शुक्रबार भन्सार छली ल्याइएको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । निय...

हेमोफिलियाका बिरामीलाई महँगो र दुर्लभ औषधी निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा सम्झौता

काठमाडौं। रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबी...

प्रधानमन्त्री ओलीसँग १० सांसदले के प्रश्न सोधे ? सवाल–जवाफ पूर्णपाठ

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले राखेको सवालको जवाफ दिएका छन् । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधा...

१९.५६ अंक बढेको सेयर बजारमा साढे ९ अर्बको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २७ सय अंक नजिक पुगेको छ । आइतबार  बजार १९.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । कारो...

केबलकार निर्माणको पक्षमा उभिनेलाई धरानमा कालोमोसो

सुनसरी  ।  ताप्लेजुङ स्थित पाथीभरा (मुक्कुमलुङ) केबलकार निर्माणको विषयलाई लिएर एक जनामाथि कालोमोसो दलिएको छ । मुक्कुमलुङ संघर्ष समितिको पक्षले याथ्...

सांसदले सोधेका प्रश्नको उठेर जवाफ दनि सकेनन् प्रधानमन्त्री ओलीले, कुर्सीमा बसेर जवाफ दिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रममा खुट्टामा समस्या भएपछि कुर्सीमा बसेर जवाफ दिन थालेका छन् । आजको प्...

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको १४ स्थानमा मर्मत थालियो

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमा...

संसद बैठकमा सांसद कंशाकारको गर्जनः ‘शानदार मःमका कामदार जल्दा एम्बुलेन्स पाएनन्, मन्त्री र मेयरलाई हेलिकप्टर ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंशाकारले एकपछि अर्को जलनको घटना बढिरहँदा पनि सरकारले त्यसको न्यूनिकरणमा चासो नदेखाएको भन्दै...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy