काठमाडौं । ‘मातृभूमि जागरण अभियान नेपाल’ चलाउन खोजिरहेका भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पनि यसमा जोड्ने प्रयास गर्ने बताएका छन् । शुक्रबार धनगढी पुगेर उनले आफ्नो अभियानमा बालेनलाई समेत जोड्ने प्रयास गर्ने सुनाएका हुन् ।
नेकपा ९एमाले०बाट निकालिएपछि रावल आफ्नो अभियान विस्तार गर्न देश दौडाहामा छन् । ‘सशक्त वैकल्पिक शक्ति’ निर्माण गर्ने जिकिर गरेका उनले धनगढी विमानस्थलमा सञ्चारकर्मीसित भने, “नेपालमा विभिन्न समूह छन् । नागरिक संगठन, राजनीति दलसँग आबद्ध बुद्धिजीवी छन् । अहिलेको देशको अवस्थालाई ध्यानमा राखेर हामीले एउटा सशक्त वैकल्पिक शक्ति निर्माण गर्नका लागि केके गर्नुपर्छ, छलफलबाट त्यसको निष्कर्ष निकालेर जाने हो ।”
आफ्नो अभियानका तर्फबाट वैकल्पिक शक्ति निर्माणका निम्ति रूपरेखा सार्वजनिक गरेको र त्यसमा अझै छलफल गरिने उनले बताए । काठमाडौं महानगरका मेयर बालेनसँग पनि सहकार्य गर्न सकिने सम्भावना रहेको सुनाउँदै उनले भने, “सशक्त वैकल्पिक शक्ति निर्माणका लागि रूपरेखा तयार गरेका छौँ । देशको हित चाहने जो कोहीलाई हामी समेट्छौँ । राजनीतिक दलको नाममा जताततै भागबन्डा गरेर खाने, यस्तो कुरालाई रोक्नुपर्छ भन्ने बालेनजीलगायत सबैलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाए राम्रो हुन्थ्यो भन्ने सबैको आवाज छ ।”
के रावलसँग मिल्छन् त बालेन ?
मेयर बालेन साह भने तत्काल कसैसँग सहकार्य गर्ने वा मिल्ने पक्षमा छैनन् । बालेननिकटस्थ भन्छन्, “हामीसँग जोडिनुपर्यो, सहकार्य गर्नुपर्यो भनेर दैनिक फोन आउँछ, मान्छेहरू भेट्न आउँछन । तर, अहिलेलाई त्यस्तो कुनै योजना छैन ।”
बालेन टिमका अनुसार, रावलले सहकार्य गर्न सकिने बताए पनि मेयर बालेन कसैसँग मिलिहाल्ने सोचमा छैनन् । “अहिले उहाँ (बालेन) मेयर हुनुहुन्छ । उहाँले स्वतन्त्र भएर चुनाव जित्नुभएको हो । त्यसैले अहिले नै कुनै दल वा अभियानसँग जोडिने भन्ने सोचविचार छैन,” बालेन टिमका एक सदस्यले भने ।
पछिल्लो समय एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेन असन्तुष्ट छन् । एमालेबाट निकालिएपछि रावल पनि असन्तुष्ट छन् । त्यही असन्तुष्टिलाई रावलले ‘क्यास’ गर्न खाजेको हुन सक्ने बालेन टिमको बुझाइ छ । “यहाँ जसले जे गरे पनि बालेनको नाम लिन्छन्,” बालेन टिमका ती सदस्य भन्छन्, “बालेनको नाम बिक्री हुन्छ र बेच्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: