म्यग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ ।
नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा छिमेकी वडाको कुइनेमङ्गले स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम) का अनुुसार एकाइबाट नामिला र आसपासको गाउँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् ।
‘एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको छ’, उनले भने, ‘एक जना अनमीले एकाइबाट सेवा दिने व्यवस्था मिलाएका छौँ ।’ स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोपसम्बन्धी सेवा दिइने वडाध्यक्ष पाइजाले बताए ।
आमा समूहको भवनको कोठामा एकाइ स्थापना गरिएको छ । यसअघि चिमखोलाको पात्ले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको थियो । नामिला, पात्लेसहित रघुगङ्गाको ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ ।
वडास्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा एकाइ स्थापना गरेर सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८१ - १३:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंशाकारले एकपछि अर्को जलनको घटना बढिरहँदा पनि सरकारले त्यसको न्यूनिकरणमा चासो नदेखाएको भन्दै...
फाल्गुन ४ गते, २०८१ - १३:३४
काठमाडौं । पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्...
फाल्गुन ४ गते, २०८१ - १२:४८
केन्द्रले समय तालिका बेलैमा नपठाउँदा अलमलमा प्रदेश समितिहरु
फाल्गुन ४ गते, २०८१ - १२:३५
काठमाडौं । चन्द्रागिरिमा घरको रेलुङबाट खसेर एक जनाको मृत्यु भएको छ ।चन्द्रागिरि नगरपालिका–५ हाइभिजनस्थित वीरबहादुर घलेको घरको रेलिङबाट लडेर दोलखाको सै...
फाल्गुन ४ गते, २०८१ - १२:२१
झापा । जिल्ला प्रहरी कार्यालय झापाको तिन तल्ले प्रहरी ब्यारेकमाथि आज बिहान एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । झुण्डिको अवस्थामा मृत फेला परेक...
फाल्गुन ४ गते, २०८१ - १२:११
झापा । झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग ...
फाल्गुन ४ गते, २०८१ - ११:२३
कीर्तिपुर। राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी ल...
फाल्गुन ४ गते, २०८१ - ११:०९
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २७०० रुपैयाँले रु...
फाल्गुन ४ गते, २०८१ - १०:५९
काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौँडाको राप्ती नदीबाट पर्सा र बारा जिल्लामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ । पानी आपूर्त...
फाल्गुन ४ गते, २०८१ - १०:३८
काठमाडौं । पोखरामा हिजो भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमी देखिएको विज्ञहरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र ...
प्रतिकृया लेख्नुहोस्: