Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

बाँकेमा जिल्लास्तरीय मेयर कप फुटबल प्रतियोगिता हुने

खबरडबली संवाददाता

बाँके । बाँके जिल्ला फुटबल संघको आयोजनामा बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गते देखि हुने भएको छ । 

बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगितामा करिब ५० विद्यालयको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।  

बाँके जिल्ला फुटबल संघको बैठकले माघको २६ गते देखि प्रतियोगिता गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले अन्तर विद्यालय मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढाउने निर्णय गरेको छ । 

प्रतियोगितालाई सफल बनाउन संघको बैठकले विभिन्न उप–समितिको समेत निर्माण गरेको छ । संघले अनुशासन तथा अपिल उप–समितिको संयोजकमा अनिल केसी, प्राविधिक उप–समितिको संयोजकमा सानु तामाङ, आर्थिक उप–समितिको संयोजकमा श्याम सुन्दर मल्ल, स्वास्थ्य उप–समितिको संयोजकमा दिपेन्द्र घलेलाई जिम्मेवारी दिएको छ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगिताबाट बाँके जिल्लाको पुरुष र महिला टिम छनोट गर्ने संघले तयारी गरेको छ । 

प्रतियोगिताबाट छानिएका खेलाडीलाई फागुन महिनामा नेपालगन्जमा हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्लाको टिमबाट सहभागि गराउने योजना रहेको अध्यक्ष शाहीले बताए । उनले भने, ‘मेयर कप फुटबल संघको महत्वपुर्ण प्रतियोगिता हो । हरेक वर्ष यसले विद्यालय स्तरबाट नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने गरेको छ । यस पटक यो प्रतियोगितालाई हामीले झन विशेष रुपमा लिएका छौं ।

प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले नेपालगन्जमै हुने राष्ट्रिय स्तरको लुम्बिनी कप महिला फुटबलमा खेल्ने अवसर पाउनेछन् । प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रतियोगिता खेल्ने अवसर दिनेछौं ।’ यसैगरी प्रतियोगितामा छानिएका उत्कृष्ट पुरुष खेलाडीले पनि जिल्ला बाहिरको टिमसँग मैत्रीपुर्ण खेल खेल्नको लागि अवसर प्राप्त गर्ने शाहीले बताए । संघको नेपालगञ्जमा बसेको बैठकले लुम्बिनी कप महिला फुटबलमा बाँके जिल्लाको टिमलाई सहभागि गराउने समेत निर्णय गरेको छ । 

प्रतियोगिताको लागि टिमको तयारीलाई अगाडी बढाउने निर्णय भएको अध्यक्ष शाहीले बताए । बाँके जिल्ला फुटबल टिमको तयारी तथा व्यवस्थापन संयोजकको जिम्मेवारी दिर्घराज आचार्य(कौशल), सदस्यको रुपमा नितु शाह चन्द र नागिन देवी श्रेष्ठलाई दिइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र

सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र पारिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन  ‘आइसफल डाक्टर’को दश जनाक...

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षलाई लागुऔषध मुद्दामा एक वर्ष जेल र दुई लाख जरिवाना

काठमाडौँ । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसल...

भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम...

दुई दिनमा मात्र उदयपुरमा ६ जना लागुऔषधसहित पक्राउ

उदयपुर । गएको दुई दिनमा जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ गरेर कानुनी...

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौं । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ ।  विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो । युग...

पुटिनका सहयोगीले गरे युद्धविरामको प्रस्ताव अस्वीकार

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । उनले यो युक्...

काठमाडौंमा होलीको दिन २४ जनासहित १४३ सवारी साधन नियन्त्रणमा

काठमाडौं । काठमाडौं प्रहरीले होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा २ महिलासहित २४ जनालाई नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन र लागू प...

भक्तपुरमा गाडी दुर्घटना हुँदा आठजना घाइते

काठमाडौं । भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार दिउँसो सूर्यबिनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर...

परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्श...

चर्च ब्वाइजलाई हराउँदै नमोबुद्ध फाइनलमा

पाँचथर । नमोबुद्ध युथ क्लब सप्तरी पाँचौँ पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिममा बिहीबार भएको सेमिफाइनल खेलमा नमेबुद्धले काठमाडौँको चर्च ब्व...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy