Ntc summer Offer
Khabar Dabali ४ फाल्गुन २०८१ आईतवार | 16th February, 2025 Sun
Investment bank

संविधान संशोधनको छलफल प्रारम्भ भएको छ: गृहमन्त्री लेखक

खबरडबली संवाददाता

मोरङ । गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अपराधजन्य काममा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्री लेखकले लोकतन्त्रमा पेसागत स्वतन्त्रता हुने भएकाले बहस गरेको कारण वकिल, इलाज गरेका कारण चिकित्सकलाई कुटपिट गरिनु कुनै हालतले सह्य नहुने र कुटपिटमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने बताए । 

उनले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापालाई केही दिन अगाडि झापामा भएको कुटपिटको घटनाको निन्दा गर्दै दोषीमाथि छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्री लेखकले मुलुकमा आर्थिक र व्यावसायिक चलायमान गर्न, विदेशी लगानी भित्र्याउन, सुशासन र पारदर्शिता कायम राख्न, प्रशासन र सार्वजनिक सेवालाई चुस्त एवं दुरुस्त बनाउन सरकारले केही अध्यादेश ल्याएको स्पष्ट पारे ।

उनले संविधान संशोधनको छलफल प्रारम्भ भएको बताउँदै संशोधनका विषयवस्तुको पहिचान गर्ने, संविधानको सबल र दुर्बल पक्ष पहिचान गरी राजनीतिक दलसँग छलफल एवं सहमति कायम गरी संशोधनको वैधानिक प्रक्रियामा अगाडि बढ्ने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण गर्ने २५ जना पक्राउ

लेबनान । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गरेको आरोपमा २५ जनाभन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । उक्त आक...

कांग्रेस र एमाले भ्रष्ट, दलाल र विचौलियाले चाहेजस्तो गणतन्त्रलाई आफूअनुकूल बनाउन खोज्दै छन्ः प्रचण्ड

माेरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र जनताको गणतन्त्र बनाउने या वुर्जुवाको भन्ने संघर्ष सुरु भएको बताएका छन् । पार...

रसुवामा ३० वर्षीया महिला बलात्कृत

रसुवा । रसुवामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका गाउँपालिका-१ राम्चे बस्ने मीन लामा...

अध्यादेश थन्क्याउने काम एकीकृत समाजवादीले गर्छ: नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको दाबी गरेका छन् ।...

‘सबैको सहमतिमा संविधान संशोधन आवश्यक छ’

ललितपुर । प्रमुख राजनीतिक दलका नेताहरू संविधान संशोधन गर्नुपर्नेमा एकमत देखिएका छन् ।  आज यहाँ आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा ...

गाँजा र चरेससहित रुपन्देहीबाट सातजना पक्राउ

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र ला...

केन्याका बिल्सनलाई पोखरा म्याराथनको उपाधि

कास्की । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक धावक बिल्सन चेरुयोटले जितेका छन् ।  भूतपूर्व खेलाडी मञ्चले शनिबार पोखरामा आयोजना ...

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा सभापति निर्विरोध

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति निर्विरोध भएका छन् । सभापतिको मनोनयनका लागि शनिबार दिउँसो चार बजेसम्म निर्धारित अवधिभित्र...

बागमती गोल्डकप : बागमती युवा क्लबको विजयी सुरुवात

हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरे स्थित नवनिर्मित सहिद स्मृति रङ्गशालामा शनिवारदेखि सुरु भएको सातौँ संस्करणको बागमती गोल्डकप रा...

प्रेस चौतारी नेपाल महोत्तरीको अध्यक्षमा महतो निर्वाचित

महाेत्तरी । प्रेस चौतारी नेपाल महोत्तरीको दोश्रो अधिवेशनवाट रामनारायण महताे अध्यक्षमा निर्वाचित भएका छन् । गौतम होटलमा भएको अधिबेशनले महतोको अध्यक्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy