Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सप्तरीकाे बलान–बिहुल गाउँपालिकाका विद्यालयमा मैथिली भाषाको पाठ्यक्रम

खबरडबली संवाददाता

सप्तरी । सप्तरीको बलान–बिहुल गाउँपालिकाले मातहतका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार अगामी शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो ।

स्थानीय ज्ञान, सीप, प्रविधि, चाडपर्व संस्कृति र शान्तिको सन्देश भावी पुस्तालाई हस्तान्तरण गर्नमा सघाउ पुर्‍याउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गाउँपालिका जुटको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए । आधारभूत तहको कक्षा १ देखि ८ सम्म स्थानीय पाठयक्रम मैथिली भाषामा निर्माण गरी लागू गर्ने योजना बनाइएको छ । 

अगामी शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम निर्माण गरिने गाउँपालिकाको शिक्षा शाखाका प्रमुख दिनेशकुमार मण्डलले बताए । उनले भने, ‘पाठ्यक्रमको खाका (ड्राफ्ट) तयार गर्नका लागि नगरपालिकाका विद्यालयका प्रधानाध्याकहरूको विज्ञ समिति गठन गरी कार्य अगाडि बढाउने गाउँपालिकास्तरीय शिक्षा समितिले निर्णय गरेको छ ।’

शिक्षा शाखा प्रमुख मण्डलका अनुसार पाठ्यक्रमको खाका तयार भएपछि नगर क्षेत्रका शिक्षा क्षेत्रसम्बद्ध व्यक्तिसँग छलफल र परामर्श लिई खाकालाई अन्तिमरूप दिई पाठ्यक्रमका रूपमा लागू गरिने बताए । आगामी शैक्षिक सत्रमा कक्षा ४ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू पर्ने उनको भनाइ छ । 

स्थानीय मातृभाषा मैथिलीमा स्थानीयस्रका विषयवस्तु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने यस क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, मौलिक चाडपर्व सांस्कृतिक पक्ष, आर्थिक आधार, कृषि विविधता, नदी, पोखरी ताल, खनिज पदार्थ, जलवायु परिवर्तन, विपद्, योग, खेलकुद, असल सामाजिक कार्यक्रम, स्थानीय पेसा व्यवसायलाई पाठ्यक्रममा समावेश हुने भएपछि सानो कक्षाका विद्यार्थीमा सिकाइ सहजता हुने कलासंस्कृतिको  संरक्षण हुने जनता माध्यमिक विद्यालय रामनगर कोदरकट्टीका प्रधानाध्यापक देवप्रसाद यादवले बताए ।

कक्षा १ देखि ३ सम्म पढाइने स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको हुनेछ । स्थानीय पाठ्यक्रम निर्माणमा इन्टरनेसनल अलर्टको आर्थिकको सहयोगमा समग्र जनउत्थान केन्द्र लहान सिरहाद्वारा सञ्चालित ‘महिला र सीमान्तकृत समूहलाई लैङ्गिक न्यायको सुदृढीकरण’ परियोजनाले प्रावधिक सहयोग गर्ने परियोजना व्यवस्थापक रामकृपाल साहले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: