Ntc summer Offer
Khabar Dabali ४ फाल्गुन २०८१ आईतवार | 16th February, 2025 Sun
Investment bank

सप्तरीकाे बलान–बिहुल गाउँपालिकाका विद्यालयमा मैथिली भाषाको पाठ्यक्रम

खबरडबली संवाददाता

सप्तरी । सप्तरीको बलान–बिहुल गाउँपालिकाले मातहतका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार अगामी शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो ।

स्थानीय ज्ञान, सीप, प्रविधि, चाडपर्व संस्कृति र शान्तिको सन्देश भावी पुस्तालाई हस्तान्तरण गर्नमा सघाउ पुर्‍याउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गाउँपालिका जुटको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए । आधारभूत तहको कक्षा १ देखि ८ सम्म स्थानीय पाठयक्रम मैथिली भाषामा निर्माण गरी लागू गर्ने योजना बनाइएको छ । 

अगामी शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम निर्माण गरिने गाउँपालिकाको शिक्षा शाखाका प्रमुख दिनेशकुमार मण्डलले बताए । उनले भने, ‘पाठ्यक्रमको खाका (ड्राफ्ट) तयार गर्नका लागि नगरपालिकाका विद्यालयका प्रधानाध्याकहरूको विज्ञ समिति गठन गरी कार्य अगाडि बढाउने गाउँपालिकास्तरीय शिक्षा समितिले निर्णय गरेको छ ।’

शिक्षा शाखा प्रमुख मण्डलका अनुसार पाठ्यक्रमको खाका तयार भएपछि नगर क्षेत्रका शिक्षा क्षेत्रसम्बद्ध व्यक्तिसँग छलफल र परामर्श लिई खाकालाई अन्तिमरूप दिई पाठ्यक्रमका रूपमा लागू गरिने बताए । आगामी शैक्षिक सत्रमा कक्षा ४ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू पर्ने उनको भनाइ छ । 

स्थानीय मातृभाषा मैथिलीमा स्थानीयस्रका विषयवस्तु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने यस क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, मौलिक चाडपर्व सांस्कृतिक पक्ष, आर्थिक आधार, कृषि विविधता, नदी, पोखरी ताल, खनिज पदार्थ, जलवायु परिवर्तन, विपद्, योग, खेलकुद, असल सामाजिक कार्यक्रम, स्थानीय पेसा व्यवसायलाई पाठ्यक्रममा समावेश हुने भएपछि सानो कक्षाका विद्यार्थीमा सिकाइ सहजता हुने कलासंस्कृतिको  संरक्षण हुने जनता माध्यमिक विद्यालय रामनगर कोदरकट्टीका प्रधानाध्यापक देवप्रसाद यादवले बताए ।

कक्षा १ देखि ३ सम्म पढाइने स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको हुनेछ । स्थानीय पाठ्यक्रम निर्माणमा इन्टरनेसनल अलर्टको आर्थिकको सहयोगमा समग्र जनउत्थान केन्द्र लहान सिरहाद्वारा सञ्चालित ‘महिला र सीमान्तकृत समूहलाई लैङ्गिक न्यायको सुदृढीकरण’ परियोजनाले प्रावधिक सहयोग गर्ने परियोजना व्यवस्थापक रामकृपाल साहले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण गर्ने २५ जना पक्राउ

लेबनान । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गरेको आरोपमा २५ जनाभन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । उक्त आक...

कांग्रेस र एमाले भ्रष्ट, दलाल र विचौलियाले चाहेजस्तो गणतन्त्रलाई आफूअनुकूल बनाउन खोज्दै छन्ः प्रचण्ड

माेरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र जनताको गणतन्त्र बनाउने या वुर्जुवाको भन्ने संघर्ष सुरु भएको बताएका छन् । पार...

रसुवामा ३० वर्षीया महिला बलात्कृत

रसुवा । रसुवामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका गाउँपालिका-१ राम्चे बस्ने मीन लामा...

अध्यादेश थन्क्याउने काम एकीकृत समाजवादीले गर्छ: नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको दाबी गरेका छन् ।...

‘सबैको सहमतिमा संविधान संशोधन आवश्यक छ’

ललितपुर । प्रमुख राजनीतिक दलका नेताहरू संविधान संशोधन गर्नुपर्नेमा एकमत देखिएका छन् ।  आज यहाँ आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा ...

गाँजा र चरेससहित रुपन्देहीबाट सातजना पक्राउ

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र ला...

केन्याका बिल्सनलाई पोखरा म्याराथनको उपाधि

कास्की । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक धावक बिल्सन चेरुयोटले जितेका छन् ।  भूतपूर्व खेलाडी मञ्चले शनिबार पोखरामा आयोजना ...

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा सभापति निर्विरोध

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति निर्विरोध भएका छन् । सभापतिको मनोनयनका लागि शनिबार दिउँसो चार बजेसम्म निर्धारित अवधिभित्र...

बागमती गोल्डकप : बागमती युवा क्लबको विजयी सुरुवात

हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरे स्थित नवनिर्मित सहिद स्मृति रङ्गशालामा शनिवारदेखि सुरु भएको सातौँ संस्करणको बागमती गोल्डकप रा...

प्रेस चौतारी नेपाल महोत्तरीको अध्यक्षमा महतो निर्वाचित

महाेत्तरी । प्रेस चौतारी नेपाल महोत्तरीको दोश्रो अधिवेशनवाट रामनारायण महताे अध्यक्षमा निर्वाचित भएका छन् । गौतम होटलमा भएको अधिबेशनले महतोको अध्यक्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy