Ntc summer Offer
Khabar Dabali ६ फाल्गुन २०८१ मंगलवार | 18th February, 2025 Tue
Investment bank

बाराकाे गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय समता पार्टी नेपालले बाराको गढीमाई मन्दिर तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष विजयप्रकाश निषादको नेतृत्वमा पार्टीका महासचिव अभिषेक तिवारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्रबहादुर श्रेष्ठसहितको टोलीले आज गृहमन्त्री लेखकलाई भेटी मन्दिर तोडफोड गर्नेलाई यथाशीघ्र पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेको हो ।

पार्टी महासचिव तिवारीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘यही माघ ३ गते बिहीबार राति करिब १० बजे आपराधिक मानसिकता बोकेका केही अराजक जत्थाले भाकल स्वरूप मन्दिरमा छाडिएका परेवा चोर्ने र लुटपाट गर्ने अभिप्रायले गढीमाई मन्दिर परिसरभित्र छिर्दा त्यहाँ खटिएका नगर प्रहरीले रोकेपश्चात् नगर प्रहरीसँग झडप गरी हातपात भएको छ ।’

साथै शुक्रवार बिहान पुनः सुनियोजित तवरले केही अराजक जत्थाले गढीमाई मन्दिर परिसरभित्र छिरी त्यहाँ रहेको दान पेटिका र पङ्खाहरू तोडफोड गरी चरम उद्दण्डता गरेको दृश्यहरू सिसी टिभी फुटेजमा सहजै देखिएको उक्त ज्ञापन पत्रमार्फत जनाइएको छ ।

‘अराजक समूहद्वारा बारा जिल्लास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरिएको तोडफोड तथा उद्दण्डताविरुद्ध तत्काल कारबाही हुनुपर्ने माग राख्दै गम्भीर ध्यानाकर्षण गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान

कराची । सुरक्षा चिन्ताका कारण निषेधित देश भएको केही वर्षपछि एउटा ऐतिहासिक कदमका रूपमा स्वागत गरिएको पाकिस्तानले बुधबारदेखि करिब तीन दशकमा पहिलो प्रमुख...

लेबनानबाट इजरायली सेनाको फिर्तीको समयसीमा समाप्त

बेरुत । इजरायलले पाँचवटा रणनीतिक स्थानमा रहने योजना बनाएको केही घन्टापछि हिजबुल्लाहसँगको युद्धविराम सम्झौताअन्तर्गत दक्षिण लेबनानबाट सबै इजरायली सैनिक...

जग्गा किर्ते गरी आफ्नो नाममा ल्याउने मालपोतका सुब्बालाई दुई वर्ष कैद

काभ्रेपालञ्चोक । नेपाल प्रहरीको काभ्रेपालञ्चोकस्थित जग्गा किर्ते गरी आफ्नो नाममा ल्याउने एकजनालाई सजाय सुनाइएको छ । सोमबार जिल्ला न्यायाधीश शिवकुमार प...

म्याग्दीको रुम–ताराखोला सडक खुलेको पाँच वर्षपछि यातायात सञ्चालन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका– २ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडकमा मार्ग खुलेको पाँच वर्षपछि यातायातका साधन सञ्चालन हुन थालेका...

तनहुँमा वडासचिवलाई कुट्ने वडाध्यक्षलाई १० दिन थुनामा राख्न आदेश

तनहुँ । वडासचिवलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षविरुद्ध अभद्र व्यवहार मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । तनहुँको बन्दीपुर गाउँपालिक...

एकीकृत समाजवादीले अध्यादेशको विपक्षमा मतदान गर्ने

काठमाडौं । सरकारले संसद् छलेर ल्याएका अध्यादेशकाे विपक्षमा नेकपा एकीकृत समाजवादीले मतदान गर्ने भएकाे छ । मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको स्थाय...

सामाजिक सञ्जाल विधेयक परिमार्जन गर्न जरुरी छ: शेखर कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियनका शाखा अध...

ताप्लेजुङमा हत्या आरोपमा एक पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा फागुन ३ गते बिर्खबहादुर लिम्बूको हत्या गरेको अभियोगमा २२ वर्षीय सुवास लिम्बू पक्राउ परेका छन् । जिल्लाको फक्ताङलुङ गाउँपालि...

कांग्रेसकाे ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसले फागुन ९ देखि २१ गतेसम्म ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । ...

अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा

मस्को । रुसले आगामी महिनाहरूमा अमेरिकासँग आर्थिक वार्तामा ‘प्रगति’ हुने अपेक्षा गरेको एक रुसी वार्ताकारले मङ्गलबार साउदी अरेबियामा बताएका छन् । साउदी ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy