काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा गरिरहेको सवारी प्रदूषण परीक्षणले डरलाग्दो तथ्य देखाएको छ । २९ पुसबाट थालिएको सवारी परीक्षणको सोमबारसम्म डिजेलबाट चल्ने १४० वटा र पेट्रोलबाट चल्ने २० गरी १६० वटा सवारी साधनको जाँच भएको छ । यीमध्ये डिजेलबाट चल्ने ९४ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारी फेल भएका छन् ।
सोमबार काठमाडौं चक्रपथ सुकेधारा भएर गुडिरहेका ४० वटा डिजेलका सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ७८ प्रतिशत अर्थात् ३१ वटा फेल भेटिए महानगरले जनाएको छ । यस्तै ६ माघमा टेकुमा ४० वटा सवारी साधन परीक्षण मध्ये ३३ वटा फेल भएका भेटिएका थिए ।
यस्तै ४ माघमा सिनामंगल क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १० वटा प्रदूषण मापदण्ड बाहिरका पाइएको थियो । ३ माघमा पानीपोखरी क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १४ वटा फेल भएका साधन थिए ।
२ माघमा गते जमल क्षेत्रमा २० वटाको चेकजाँच गर्दा ६ वटा फेल थिए । पहिलोपटक २९ पुसमा बबरमहलमा २० वटा परीक्षण गर्दा ६ वटा फेल थिए । यसरी गरिएको परीक्षणमा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको महानगरले जनाएको छ ।
वायु प्रदूषण नियन्त्रणका प्रयासमध्ये सवारी साधनबाट निस्कने प्रदूषक तत्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १ गते, २०८२ - २०:४०
काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पदभार ग्रहण गरेकी छिन् । उनले साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद...
श्रावण १ गते, २०८२ - २०:३२
ताप्लेजुङ । ताप्लेजुङका प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षमा दुई लाख १७ हजार ७७६ जना दर्शनका लागि पुगेको छन् । पाथीभरा क्षेत्रमा भएको आन्दोलन...
श्रावण १ गते, २०८२ - २०:२३
नवलपुर । नवलपुरको देवचुली नगरपालिका– १, दुम्कौलीमा अवैध रूपमा डिजेल बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका...
श्रावण १ गते, २०८२ - २०:१६
बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । ...
श्रावण १ गते, २०८२ - २०:११
कास्की । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को हरिचोक–याम्दी सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ । दुई...
श्रावण १ गते, २०८२ - २०:०५
कर्णाली । कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्ण...
श्रावण १ गते, २०८२ - १९:५८
काठमाडौं । काठमाडौंको पुरानो सिनामंगलस्थित एउटा घरमा चिनियाँ नागरिकले अवैध रूपमा ल्यापटपका पाटपुर्जा, ब्याट्री, सिसी क्यामेरा र अन्य विद्युतीय सामग्री...
श्रावण १ गते, २०८२ - १९:१४
काठमाडाैं । सरकारले प्रत्येक वर्ष साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । यही असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकको नि...
श्रावण १ गते, २०८२ - १९:११
टोकियो । यस वर्षको पहिलो छ महिनामा रेकर्ड दुई करोड १५ लाख पर्यटकले जापान भ्रमण गरेको बुधबार सरकारी तथ्याङ्कले देखाएको छ । यो वार्षिक आधारमा २१ प्रतिशत...
श्रावण १ गते, २०८२ - १९:०७
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको शपथ लिएकी छिन् । राष्...
प्रतिकृया लेख्नुहोस्: