Ntc summer Offer
Khabar Dabali २७ माघ २०८१ आईतवार | 9th February, 2025 Sun
Investment bank

आठजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

खबरडबली संवाददाता

काठमाडौं । विशेष अदालत काठमाडौंले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित ८ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले सोमबार ८ मध्ये चार जनालाई मुख्य अभियुक्त र चार जनालाई मतियार ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुवर र न्यायाधीशहरू मुरारीवावु श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो फैसला सुनाएको छ । विशेषले मालपोत प्रमुख रसाइलीलाई १ वर्ष, मानबहादुर चन्दलाई ९ महिना, अग्नीवहादुर शाही र दशरथ मण्डललाई जनही ६ महिना कैदको फैसला सुनाएको छ । मतियारको रूपमा विन्द्रा रावल, कमलबहादुर रावल, शुसिलवहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला सुनाएको छ । दोषी ठहर भएका मध्ये विन्द्रा रावल जेष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई १ महिना १५ दिनमात्र कैल वसे हुने फैसला विशेषले सुनाएको छ ।

अख्तियारले ८ जनाविरुद्ध  २४ करोड ६ लाख ६९ हजार रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको थियो । कैलाली, साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर ९०८ को क्षेत्रफल १५–०–० ज.बि. (बिघा) जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको भनी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

फिल्डबुकमा जङ्गल जनिइसकेको सरकारी सार्वजनिक प्रकृतिको जग्गाबाट कित्ताकाट गरी व्यक्ति विशेषको नाममा कायम गर्ने कार्यमा संलग्न कर्मचारी तथा उक्त जग्गा आफ्नो नाममा कायम गराउने व्यक्तिलाई कारबाही हुने भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा रसाइलीसहित नायब सुब्बा अग्नीबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

सरकारी सार्वजनिक जग्गा विन्द्रा रावल, कमलबहादुर रावल, सुशील बहादुर रावल, विमलबहादुर रावलको संयुक्त नाममा स्रेस्ता पुर्जा कायम गरी हस्तान्तरण गरेको र पछि उक्त जग्गाको दर्ता स्रेस्तासम्बन्धी सम्पूर्ण कागजात कार्यालयको अभिलेखबाट समेत नष्ट गरेको पुष्टि भएर आर्थिक वर्ष २०८०/८१ को मालपोत कार्यालय टीकापुरको न्यूनतम मुल्याङ्कन पुस्तिकामा उल्लिखित २४ करोड ६ लाख ६९ हजार रुपैयाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याएको आयोगको अभियोगपत्रमा उल्लेख थियो ।

यसैगरी, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्द र सर्वेक्षक दशरथ मण्डलले उक्त जग्गा व्यक्तिको नाममा कायम गर्ने उद्देश्यले कार्यालयको अभिलेखलाई अनदेखा गरी जग्गा हकभोगको हो भन्ने व्यहोराको प्रतिवेदन पेस गरेको आयोगको दाबी थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

काठमाडाैं । सरकारले सञ्चालन गरेको पाठेघरकाे मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा वि...

ट्रम्पलाई नेतन्याहुले दिए ‘गोल्डेन पेजर’ उपहार

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भएको भेटमा ‘गोल्डेन पेजर’ उपहार दिएका छन् ।...

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका-७ बस्‍ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी ल...

बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक...

१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सञ्चालन गर्न सरकारलाई निर्देशन

काठमाडाैं । संघीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ...

कृषि ऐन ल्याउने सरकारको तयारी

चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताएका छन् । प्रथम राष्ट्रिय डेरी...

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित

चितवन । भारतीय सीमा क्षेत्रबाट अबैधरुपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापाल...

बाल यौन दुरुपयोग कसुरमा कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय

खोटाङ । कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैस...

दाङमा कृत्रिम जलाशय निर्माण गरी सिँचाइ

दाङ । केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् । स्थानीय तहले पानीको स्रोत संरक्षण गर्दै ...

औद्योगिक क्षेत्र सुधार गर्दै सरकार

नवलपरासी । सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नव...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy