काबुल । तालिबान सरकारले मङ्गलबार कतारको मध्यस्थतामा अमेरिकी कैदीहरूको बदलामा एक अफगान कैदीको रिहाइ भएको घोषणा गरेको छ ।
“अमेरिकामा बन्दी बनाइएका अफगान लडाकू खान मोहम्मदलाई अमेरिकी नागरिकको बदलामा रिहा गरी देश फिर्ता गरिएको छ”, अफगान विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । मन्त्रालयका अनुसार मोहम्मदले ‘करिब दुई दशकअघि’ अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा पक्राउ परेपछि क्यालिफोर्निया राज्यमा आजीवन कारावासको सजाय भोगिरहेका थिए ।
एएफपीले सोधेको प्रश्नमा विदेश मन्त्रालयले थप विवरण वा अमेरिकी कैदीहरूको सङ्ख्या खुलाउन अस्वीकार गरेको छ । यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहणको भोलिपल्ट आएको हो । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा तालिबानसँग सम्झौता गरेको थियो र उक्त सम्झौताले सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने र तालिबानको सत्तामा पुनर्वहाली हुने मार्ग प्रशस्त गरेको थियो ।
नोभेम्बरमा ट्रम्पको चुनावी विजयपछि तालिबान सरकारले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा ‘नयाँ अध्याय’ को आशा गरेको बताएको थियो । तालिवान सरकारले मङ्गलबार यो आदानप्रदानलाई ‘वार्ताको माध्यमबाट मुद्दाहरू समाधान गर्ने राम्रो उदाहरण’ भन्दै यस सन्दर्भमा भ्रातृ देश कतारको प्रभावकारी भूमिकाका लागि विशेष कृतज्ञता व्यक्त गरेको छ ।
“अफगानिस्तान संयुक्त राज्य अमेरिकाका ती कार्यहरूलाई सकारात्मक रूपमा हेर्छ जसले दुई देशबीचको सम्बन्धको सामान्यीकरण र विस्तारमा योगदान पुर्याउँछ”, मन्त्रालयले भन्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: