दाङ । दाङकाे तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको क्रान्ति सङ्ग्रहालयमा रहेका संरचना जीर्ण बन्दै गएको छ । सोही ठाउँमा २०६२-६३ को जनआन्दोलन पश्चात् तत्कालीन नेकपा माओवादी सेनाहरूलाई व्यवस्थापन गर्नका लागि दीर्घस्मृति बिग्रेडमा प्रारम्भिक चरणमा करिब दुई हजार सेना राखिएको थियो ।
लामाखोला महिला सामुदायिक वनभित्रको करिब २५ हेक्टर क्षेत्रफलमा सेना बस्नका लागि आवास, विद्युत्, खानेपानी, खेल मैदान, गेट, सेन्ट्री प्वाइन्ट र शौचालय निर्माण गरिएको थियो । तत्कालीन माओवादी सेनालाई नेपाली सेनामा समायोजन गरिएसँगै त्यस क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीले गर्दै आएको थियो । स्थानीय सरकारलाई तत्कालीन सशस्त्र प्रहरीले हस्तान्तरण गरेको थियो भने स्थानीय तहले स्थानीयवासीलाई उक्त सङ्ग्रहालय संरक्षणका लागि हस्तान्तरण गरेको छ ।
सङ्ग्रहालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विभीषण रोकामगरले सङ्ग्रहालयमा तत्कालीन माओवादीले सेनाले प्रयोग गरेका हातहतियार,पोशाक राख्ने योजना रहेको बताए । उनले सङ्ग्रहालयमा हाल रहेका संरचनामै राख्दा सुरक्षा अभाव हुने भएकाले थप संरचना निर्माण गरेर ती सामग्री राखिने रोकाले बताए ।
तुलसीपुर उपमहानगरपालिका १९ का वडाध्यक्ष प्रेमनाथ योगीले सङ्ग्रहालय संरक्षणका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेपनि पर्याप्त बजेटका अभाव हुँदै आएको बताए । अध्यक्ष योगीले भने, विस्तृत विवरण परियोजनामा (डिपिआ) १६ करोडको बजेट लागतमा संरचनामा निर्माण गरिने उल्लेख छ तर प्रत्येक वर्ष सङ्घ प्रदेश सरकारबाट थोरै बजेट आउँछ । उनले सङ्ग्रहालयमा पालिकास्तरबाट खेल मैदान निर्माण गरिएको बताए ।
वडा नम्बर १९ का वडा सदस्य एवम् स्थानीय रामबहादुर पौडेलका अनुसार परियोजनामा तत्कालीन जनसेनासँग सम्बन्धित रहेको सेन्ट्री प्वाइन्ट, आवास, गेटको संरक्षण गर्ने विषयवस्तुहरू रहेका छन् । त्यहाँ ल्याइएको खानेपानी भने स्थानीयवासीहरूले उपयोग गर्दै आएको स्थानीय नन्दलाल खड्काले बताए । त्यस क्षेत्रको संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिकाले एक जना हेरालुका लागि मासिकरूपमा तलब प्रदान गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८१ - २१:०३
काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोध गरेका छन् । केसीले ट्रम्प प्रशास...
फाल्गुन ४ गते, २०८१ - २०:५९
काठमाडौं । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्त...
फाल्गुन ४ गते, २०८१ - २०:३९
खाेटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर– ७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पस...
फाल्गुन ४ गते, २०८१ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । सञ्चालन भएको करिब ६ घण्टापछि गणपुरक सङ्ख्या अपुग हुँदा बैठक स्थगन भएको हो ...
फाल्गुन ४ गते, २०८१ - २०:००
संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुख महेश थपलिया कार्यकक्षमै कुटिएका छन् । प्रहरीका अनुसार खाँदबारी नगरपालिका–९ का वडाध्यक्ष विमलराज गौ...
फाल्गुन ४ गते, २०८१ - १९:४२
काठमाडौं । पर्सा प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार मोतिहारी थाना रक्सौल ग्राम रक्सौल-...
फाल्गुन ४ गते, २०८१ - १९:३७
तनहुँ । कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक साता अघि मृत्यु भएका तनहुँको एक व्यक्तिको शव नेपाल ल्याइएको छ । बन्दीपुर गाउँपालिका–२ मोहोरिया सरो...
फाल्गुन ४ गते, २०८१ - १९:३२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर अस्पतालमा पुगेर जलनबाट घाइते भएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका...
फाल्गुन ४ गते, २०८१ - १९:२६
गुल्मी । बाटो खन्ने क्रममा स्काभेटरले पल्टाएको ढुङ्गा लागेर एक विद्यार्थीको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–२ हस्तिचौर तारागाउँ निवासी ज्ञान...
फाल्गुन ४ गते, २०८१ - १९:२०
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले खाद्यपदार्थमा विषादी औषधिको प्रयोगसम्बन्धीमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य ...
प्रतिकृया लेख्नुहोस्: