ब्राजिल । ब्राजिलमा गत वर्ष लागेको डढेलोले इटालीको सम्पूर्ण क्षेत्रभन्दा ठूलो क्षेत्र ओगटेको बुधबार सार्वजनिक भएको एक अनुगमन रिपोर्टमा उल्लेख गरिएको छ ।
सन् २०२४ मा ब्राजिलमा करिब तीन करोड आठ लाख हेक्टर (एक लाख १९ हजार वर्ग माइल) वनस्पति जलाइएको थियो, जुन सन् २०२३ को तुलनामा ७९ प्रतिशतले बढी हो । अमेजनमा लागेको डढेलो, बाँकी विश्वका लागि महत्वपूर्ण ‘कार्बन सिङ्क’का साथै जैविक विविधताको वैश्विक केन्द्र ५८ प्रतिशत क्षतिको लागि जिम्मेवार छ ।
नोभेम्बरमा अमेजनको बेलेम शहरमा संयुक्त राष्ट्र संघको कोप ३० जलवायु सम्मेलनको आयोजना गरेको ब्राजिल र राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाको सरकारका लागि यो आँकडाले निरुत्साहित गर्ने समाचार हो । सन् २०२४ को ब्राजिलको डढलोको तथ्याङ्कले सन् २०१९ यताकै जलेको क्षेत्रको सबैभन्दा ठूलो क्षेत्रलाई प्रतिनिधित्व गर्छ ।
सन् २०२३ मा २२ लाखको तुलनामा सन् २०२४ मा करिब ८५ लाख हेक्टर वनमा डढेलो लागेको थियो र अमेजनमा पहिलो पटक घाँसे मैदानभन्दा बढी डढेलो लागेको वन धेरै भएको तथ्याङ्कले देखाएको छ । म्यापबायोमासका एने एलेनकरले भने, “यो एक भयानक सूचक हो, किनकि, एक पटक जङ्गलमा डढेलो लागेपछि जलवायु परिवर्तनले वनस्पतिलाई सुख्खा बनाउँछ भविष्यमा डढेलो लाग्ने सम्भावना बढी हुन्छ ।
तर ब्राजिलमा डढेलोको मुख्य चालक खेतालाहरू र किसानहरू हुन् जसले चरन र कृषिको लागि भूमि खाली गर्छन् । यो एक अपराध हो जुन सरकारले नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ । लुलाले आफ्ना पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा अमेजन क्षेत्रमा मानव विस्तारविरुद्ध फितलो सुरक्षा प्रदान गरेपछि अमेजनको संरक्षणलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।
तर गत सेप्टेम्बरमा जङ्गलमा लागेको डढेलोको सामना गर्न देश शतप्रतिशत तयार नभएको बताएका थिए । ब्राजिलको अमेजनमा सन् २०२४ मा १७ वर्षयताकै सबैभन्दा बढी डढेलो लागेको सरकारी तथ्याङ्कले देखाएको छ । नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्च (आईएनपीई) का अनुसार गत वर्ष‘स्याटेलाइट इमेजिङ’ बाट एक लाख ४० हजार ३२८ वटा डढेलो लागेको रेकर्ड गरिएको छ ।
यो सन् २०२३ मा भएका ९८ हजार ६३४ डढेलोको तुलनामा ४२ प्रतिशतले बढी हो र सन् २००७ मा एक लाख ८६ हजार ४६३ वटा डढेलो देखिएयताकै सबैभन्दा बढी हो । आईएनपीईले सन् २०२४ को अगष्टसम्मको १२ महिनाको अवधिमा यस क्षेत्रमा वन फँडानी ३० प्रतिशतभन्दा बढीले घटेको बताएको थियो ।
लगातार वन फँडानीले अमेजनलाई यस्तो बिन्दुमा पुर् याउनेछ जहाँ यसले अवशोषित भन्दा बढी कार्बन उत्सर्जन गर्नेछ र जलवायु परिवर्तनलाई गति दिनेछ भनी वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: