Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

ब्राजिलमा सन् २०२४ मा डढेलो क्षेत्रमा ७९ प्रतिशतले वृद्धि

खबरडबली संवाददाता

ब्राजिल । ब्राजिलमा गत वर्ष लागेको डढेलोले इटालीको सम्पूर्ण क्षेत्रभन्दा ठूलो क्षेत्र ओगटेको बुधबार सार्वजनिक भएको एक अनुगमन रिपोर्टमा उल्लेख गरिएको छ । 

सन् २०२४ मा ब्राजिलमा करिब तीन करोड आठ लाख हेक्टर (एक लाख १९ हजार वर्ग माइल) वनस्पति जलाइएको थियो, जुन सन् २०२३ को तुलनामा ७९ प्रतिशतले बढी हो । अमेजनमा लागेको डढेलो, बाँकी विश्वका लागि महत्वपूर्ण ‘कार्बन सिङ्क’का साथै जैविक विविधताको वैश्विक केन्द्र ५८ प्रतिशत क्षतिको लागि जिम्मेवार छ । 

नोभेम्बरमा अमेजनको बेलेम शहरमा संयुक्त राष्ट्र संघको कोप ३० जलवायु सम्मेलनको आयोजना गरेको ब्राजिल र राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाको सरकारका लागि यो आँकडाले निरुत्साहित गर्ने समाचार हो । सन् २०२४ को ब्राजिलको डढलोको तथ्याङ्कले सन् २०१९ यताकै जलेको क्षेत्रको सबैभन्दा ठूलो क्षेत्रलाई प्रतिनिधित्व गर्छ ।

सन् २०२३ मा २२ लाखको तुलनामा सन् २०२४ मा करिब ८५ लाख हेक्टर वनमा डढेलो लागेको थियो र अमेजनमा पहिलो पटक घाँसे मैदानभन्दा बढी डढेलो लागेको वन धेरै भएको तथ्याङ्कले देखाएको छ । म्यापबायोमासका एने एलेनकरले भने, “यो एक भयानक सूचक हो, किनकि, एक पटक जङ्गलमा डढेलो लागेपछि जलवायु परिवर्तनले वनस्पतिलाई सुख्खा बनाउँछ भविष्यमा डढेलो लाग्ने सम्भावना बढी हुन्छ ।

तर ब्राजिलमा डढेलोको मुख्य चालक खेतालाहरू र किसानहरू हुन् जसले चरन र कृषिको लागि भूमि खाली गर्छन् । यो एक अपराध हो जुन सरकारले नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ । लुलाले आफ्ना पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा अमेजन क्षेत्रमा मानव विस्तारविरुद्ध फितलो सुरक्षा प्रदान गरेपछि अमेजनको संरक्षणलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।

तर गत सेप्टेम्बरमा जङ्गलमा लागेको डढेलोको सामना गर्न देश शतप्रतिशत तयार नभएको बताएका थिए । ब्राजिलको अमेजनमा सन् २०२४ मा १७ वर्षयताकै सबैभन्दा बढी डढेलो लागेको सरकारी तथ्याङ्कले देखाएको छ । नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्च (आईएनपीई) का अनुसार गत वर्ष‘स्याटेलाइट इमेजिङ’ बाट एक लाख ४० हजार ३२८ वटा डढेलो लागेको रेकर्ड गरिएको छ । 

यो सन् २०२३ मा भएका ९८ हजार ६३४ डढेलोको तुलनामा ४२ प्रतिशतले बढी हो र सन् २००७ मा एक लाख ८६ हजार ४६३ वटा डढेलो देखिएयताकै सबैभन्दा बढी हो । आईएनपीईले सन् २०२४ को अगष्टसम्मको १२ महिनाको अवधिमा यस क्षेत्रमा वन फँडानी ३० प्रतिशतभन्दा बढीले घटेको बताएको थियो ।

लगातार वन फँडानीले अमेजनलाई यस्तो बिन्दुमा पुर् याउनेछ जहाँ यसले अवशोषित भन्दा बढी कार्बन उत्सर्जन गर्नेछ र जलवायु परिवर्तनलाई गति दिनेछ भनी वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending