वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ क्षेत्रका लागि एसियामा जापान, भारत र अस्ट्रेलियासँग मिलेर काम गर्ने बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहणको एक दिनपछि रुबियोले वासिङ्टनमा क्वाड समूहका आफ्ना समकक्षी मुलुकका कुटनीतिज्ञहरूसँगको भेटमा उक्त कुरा बताएका हुन् । रुबियो र उनका समकक्षीहरूले एक संयुक्त वक्तव्यमा ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ क्षेत्र बनाउनका लागि काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।
वक्तव्यमा इन्डो–प्यासिफिक क्षेत्रमा चिनियाँ आक्रामकताप्रति सङ्केत गर्दै यसको विरुद्धमा सहयोगी मुलुकहरूबीच सहकार्य हुने उल्लेख गरिएको हो । चारै मुलुकका कुटनीतिज्ञले विधिको शासन, लोकतान्त्रिक मूल्यमान्यता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सुरक्षाका लागि सहकार्य गर्ने बताएका हुन् ।विज्ञप्तिमा भनिएको छ, “बल प्रयोगद्वारा यथास्थितिलाई परिवर्तन गर्न खोज्ने कुनै पनि एकपक्षीय कार्यको पनि हामी कडा विरोध गर्दछौं ।”
विदेशमन्त्रीहरूको भेटवार्तामा यस वर्ष भारतमा क्वाड शिखर सम्मेलन आयोजना गर्न काम गर्ने बिषयमा पनि छलफल भएको थियो । यसको अर्थ ट्रम्पले बढ्दो अमेरिकी साझेदारको प्रारम्भिक भ्रमणका रूपमा उक्त सम्मेलनमा सहभागिता जनाउन भारत भ्रमण गर्ने सङ्केत गरिएको छ । क्वाड समूहलाई प्रायः वासिङ्टनमा चीनविरुद्धको सुरक्षाकवचको रूपमा हेरिन्छ ।
उक्त अवसरमा विदेशमन्त्री रुबियोले प्रत्येक देशका समकक्षी मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता पनि गरेका थिए । जापानी विदेशमन्त्री ताकेशी इवायासँग रुबियोले उत्तर कोरिया र चीनको गतिविधिबारे संयुक्त प्रयासका लागि गर्न सकिने पहलबारे छलफल गरेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी ब्रुसले बताए । जापानका दिवंगत प्रधानमन्त्री शिन्जो आबेले क्वाडको परिकल्पना गरेका थिए ।
चीनले क्वाडलाई उदीयमान एसियाली शक्तिलाई घेर्ने अमेरिकी षडयन्त्र भएको भन्दै बारम्बार आलोचना गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: