Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

समानुपातिक समावेशीताको कार्यान्वयन गर्न माग

खबरडबली संवाददाता

काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले समानुपातिक समावेशीताको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालयमा बुधबार आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

उनले संविधानको धारा २६१ बमोजिम स्थापित भएको आदिवासी जनजाति आयोगले संविधानको धारा २९४ बमोजिम आफ्नो वार्षिक प्रतिवेदन मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिसकेको जानकारी दिए । उनका अनुसार आयोगले मुख्यगरी संविधान र कानुनमा उल्लेखित आदिवासी जनजातिका हक, अधिकार संरक्षण र सम्वर्द्धन भए, नभएको अनुगमन गर्ने, राष्ट्रसङ्घीय महासन्धि, अनुबन्ध तथा घोषणा पत्रले दिएको आदिवासी जनजाति अधिकार कार्यान्वयनको लागि सरकारलाई सिफारिस गर्ने काम गर्दै आएको छ ।

यससँगै, आदिवासी जनजाति अधिकार संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन  तथा विकासको कार्यक्रम बनाइ कार्यान्वयनको लागि सिफारिस गर्ने र आदिवासी जनजातिका संवैधानिक तथा कानुनी अधिकारको अवगत र प्रयोग बारे सचेतना तथा सशक्तिकरण लगायतका मुख्य काम आयोगले गरिरहेको उनको भनाइ छ ।

उनले भने, “संविधान बमोजिम प्रतिनिधि तथा प्रदेश सभा र स्थानीय सभामा आदिवासी जनजातिको प्रतिनिधित्व जनसङ्ख्याको आधारमा ३५ प्रतिशत समानुपातिक हुन सकेको छैन । राष्ट्रिय सभामा हाल करिब दश प्रतिशत मात्रै छ । आयोगले आर्थिक वर्ष २०७७/७८ मा संविधान र कानुन संशोधन गरेर आदिवासी जनजाति प्रतिनिधित्व सुनिश्चित गर्न सरकारलाई सिफारिस गरेको थियो तर सरकारले आयोगको सिफारिस कार्यान्वयन नगरेर यो अवस्था आएको हो ।”

उनले आयोगले हालसम्म भएका ७७ वटा सिफारिस गरेको तर हालसम्म दश प्रतिशत पनि कार्यान्वयन नभएको गुनासो व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोन्डी अभियुक्तलाई अष्ट्रेलियाली प्रहरीद्वारा ५९ वटा अपराधको आरोप

सिड्नी । सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले...

रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता

तेहरान । रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याइएको इरानको सरकारी समा...

ट्रम्पद्वारा थप सात देशमा यात्रा प्रतिबन्ध

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अम...

म्यान्मा : चुनाव ‘अवरोध’ आरोपमा सयौँमाथि मुद्दा चलाउने तयारी

याङ्गुन । म्यान्माको सैन्य जुन्ताले बुधबार सेनाद्वारा सञ्चालित आगामी चुनावलाई ‘अवरोध’ गरेको आरोपमा २०० भन्दा बढी व्यक्तिमाथि मुद्दा चलाउने तयारी भइरहे...

एमाले महाधिवेशन: एक मत हाल्नै ९ मिनेट, मतदान रातभर चल्ने

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी छ ।  महाधिवेशनको पाँचौँ दिन आज काठमाडौँको भृकुटीमण्डपम...

एमाले महाधिवेशन: हालसम्म ७२० मत खस्यो

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ । दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । बिहान करिब साढे ९ बजे...

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

धनुषा  । जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसन...

हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक सिधा बस सेवा सुरु

हुम्ला । हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक नियमित बस सेवा सुरु भएको छ। बुधबारदेखि यो सेवा सञ्चालनमा आएको हो। हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक ...

भक्तपुरको बालकोटका एमाले नेताहरु नेकपा प्रवेश

भक्तपुर । भक्तपुरको बालकोट–२ वडाका नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन् । उनीहरू आज नेपाली...

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending