Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

नक्कली भन्सारको कर्मचारी बनेर एक करोड रुपैयाँ भन्दा धेरै ठगी गर्ने युवक पक्राउ

खबरडबली संवाददाता

काठमाडाैं । नाटकीय शैलीमा १५ जना भन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका १६ बस्ने दिनेश घिमिरेलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

आफुलाई कुशल ठकुरीको रुपमा पहिचान दिलाउने गरेका उनले भन्सार कर्मचारी र सिआइबीको कर्मचारी बनेर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए । धेरैले उनलाई भन्सारले बरामद गरेका सुन र आइफोन सस्तो मुल्यमा मिलाइदिने भनेर ठगी गरेका छन् । एक सुन पसलेलाई ४२ तोला सुन १० लाखमा दिने भन्दै ठगी गरेका थिए ।

एक महिलासँग त्यसैगरी २२ लाख रुपैयाँ ठगीको उजुरी परेको छ । एक युवकलाई मंगलबार मात्र उनले सस्तोमा आइफोन बेच्ने बहानामा ठगी गरेका थिए । केही दिनअघि ग्यारेजमा जाने क्रममा चिनजान भएका घिमिरेले ती युवकलाई न्यायाधीशको भान्जो भएको र उनकै अफिसमा काम गर्ने भनेर चिनाएका थिए । पछि आफु एयरपोर्ट भन्सारमा सरुवा भएको भन्दै फोन गरे । ‘आइफोन प्रोम्याक्स १६ सस्तो मूल्यमा आएको छ भन्दै फकाएर हिजो पैसा हाल्न लगाए,’ अपराध अनुसन्धान कार्यालयमा भेटिएका ती पीडितले भने,‘निकै कर गरेपछि ९५ हजार हालिदिए, एयरपोर्ट गेटमा फोन लिन बोलाए, जाँदाखेरी आफु डिउटीका कारण व्यस्त भएको भन्दै बुधबार बिहान नौ बजे भेटेर फोन दिने बताए, बिहान फोन गर्दा उनको फोन प्रहरीले उठाए, उ पक्राउ परीसकेको रहेछ ।’

कतिपयलाई गाडी सस्तोमा दिने भनेर ठगी गरेको उजुरी परेको छ । अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यका अनुसार घिमिरे २०७२ सालदेखि नै पेशेवर ठगीमा संलग्न छन् । यसअघि नै उनीविरुद्ध १२ वटा मुद्दा दर्ता भएकोमा हाल ११ वटा ठगीका निवेदन प्रहरीमा पुगेका छन् । सिआइबीको प्रहरी हुँ भन्दै नजिकिएर कतिपयलाई जागिरको प्रलोभनमा उनले शोषण समेत गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । हाल ८० लाख बराबर ठगीको उजुरी परेकोमा एक करोड रुपैयाँ भन्दा धेरै ठगी गरेको देखिएको प्रहरीले जनाएको छ । एक युवतीलाई भेट्न गएका बेला प्रहरीले उनलाई ठमेलबाट पक्राउ गरेको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending