काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार भर्चुअलरुपमा उद्घाटन गरेको छन ।
प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उनको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले उर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको जनाए।
प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाइ र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे । उनले पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरुले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरुकै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको पनि बताए।
प्रधानमन्त्री ओलीले खनिज तत्त्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवम् समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने अपेक्षा गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १०:३२
नवलपुर। नवलपुरको कावासोती नगरपालिका–१ स्याउलीस्थित मकैबारीमा दुर्लभ एकसिङ्गे भाले गैँडा मृत फेला परेको छ । अन्दाजी १०–१२ वर्षको गैँडा मृत फेला परेको घ...
जेष्ठ १ गते, २०८३ - १०:२०
सुलीकोट। गोरखाका ६ वटा विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै उत्तरपुस्तिका पुन: परीक्षण गर्न तथा परीक्षा केन...
जेष्ठ १ गते, २०८३ - ०९:५४
दोलखा। उद्योग वाणिज्य संघ दोलखा को १६औँ अधिवेशनबाट सनत थापा नेतृत्वको प्यानल पूर्ण रूपमा विजयी भएको छ । बिहीबार सदरमुकाम चरीकोटमा सम्पन्न अधिवेशनमा दि...
जेष्ठ १ गते, २०८३ - ०९:४१
गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर– ७, झेदी क्षेत्रको सडक खण्ड नौ दिन बन्द हुने भएको छ । शुक्रबारदेखि जेठ ९ गतेसम्म यस सडक खण्ड सडक बन्द हुन...
जेष्ठ १ गते, २०८३ - ०९:२९
स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता भएको छन् । ६८ वर्षीय वडाअध्यक्ष श्रेष्ठ बुधबार बिहान १० बजे...
जेष्ठ १ गते, २०८३ - ०९:२९
स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता भएको छन् । ६८ वर्षीय वडाअध्यक्ष श्रेष्ठ बुधबार बिहान १० बजे...
बैशाख ३१ गते, २०८३ - १८:१६
काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...
बैशाख ३१ गते, २०८३ - १७:४२
वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...
बैशाख ३१ गते, २०८३ - १७:३५
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...
बैशाख ३१ गते, २०८३ - १७:२०
काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...



प्रतिकृया लेख्नुहोस्: