सुलीकोट। गोरखाका ६ वटा विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै उत्तरपुस्तिका पुन: परीक्षण गर्न तथा परीक्षा केन्द्रलाई कारबाही गर्न माग गरेका छन् ।
गोरखा सदरमुकामस्थित शक्ति माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिएका विद्यालयहरूले परीक्षा सञ्चालन तथा उत्तरपुस्तिका परीक्षणमा गम्भीर लापरबाही भएको आरोप लगाएका हुन् ।
आरोप लगाउने विद्यालयहरूमा महालक्ष्मी मावि (गोरखा नगरपालिका–९ लक्ष्मीबजार), रत्नराज्य मावि (गोरखा नगरपालिका–१०), त्रिवेणी मावि (पालुङटार नगरपालिका–९), भवानी मावि (आरुघाट गाउँपालिका–२ मान्बु), नवजागृति चण्डी मावि (भीमसेन थापा गाउँपालिका–६ अश्राङ) तथा ज्ञानमार्ग मावि (गण्डकी गाउँपालिका–६ घ्यालचोक) रहेका छन् । ती विद्यालयहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पुन: परीक्षणको माग गरेका हुन् ।
उक्त विद्यालयहरूले शक्ति मावि परीक्षा केन्द्रमा परीक्षा भएका गणित, विज्ञान र भूगोल विषयका उत्तरपुस्तिकामा गम्भीर त्रुटि भएको दाबी गरेका छन् । उनीहरूका अनुसार परीक्षा केन्द्रले दमनात्मक तथा पूर्वाग्रही ढंगले परीक्षा सञ्चालन गर्नुका साथै गैरविषयगत शिक्षकलाई उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी दिइएको छ ।
विद्यालयहरूले पहिले उत्कृष्ट नतिजा ल्याउँदै आएका विद्यालयहरूको यसपटकको नतिजा अत्यन्त कमजोर आएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । संयुक्त विज्ञप्तिमा गणित विषयको उत्तरपुस्तिका परीक्षणमा नियमित रूपमा कक्षा १० मा गणित नपढाउने शिक्षकलाई जिम्मेवारी दिइएको र पूर्वाग्रही ढंगले परीक्षण गरिएको उल्लेख छ । विज्ञान र भूगोल विषयमा समेत गैरविषयगत शिक्षकबाट परीक्षण गराइएको आरोप विद्यालयहरूको छ ।
विद्यालयहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा आगामी वर्षदेखि शक्ति माध्यमिक विद्यालय परीक्षा केन्द्र खारेज गर्न माग गरेका छन् ।
यस विषयमा शिक्षा विकास तथा समन्वय इकाइ गोरखा का प्रमुख विश्वप्रकाश रेग्मीले राष्ट्रिय परीक्षा बोर्डले आवश्यक छलफल र निर्णय गर्ने बताए। उनका अनुसार बोर्डले केही उत्तरपुस्तिकाको नमुना परीक्षण गरी आवश्यक निर्णय लिनेछ । विद्यालयहरू पुनर्योगपछि पनि सन्तुष्ट नभए पुन: परीक्षणको प्रक्रिया अघि बढ्न सक्ने उनको भनाइ छ ।
यता शक्ति माध्यमिक विद्यालय ले भने आफूमाथि लगाइएका आरोप झुट्टा, पूर्वाग्राही र आधारहीन रहेको जनाएको छ । विद्यालयले विज्ञप्ति जारी गर्दै परीक्षा सञ्चालन र व्यवस्थापन निष्पक्ष रूपमा गरिएको दाबी गरेको छ । साथै सत्यतथ्य छानबिनका लागि सम्बन्धित निकायलाई आग्रह गर्दै आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - ११:३०
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...
जेष्ठ १ गते, २०८३ - ११:११
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि थप सात मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अघि बढाएको छ । ...
जेष्ठ १ गते, २०८३ - ११:०४
काठमाडौं । देशको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको छ । बुधबार सरकारले...
जेष्ठ १ गते, २०८३ - १०:५३
काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधनसम्बन्धी छलफल बहिष्कार गरेका छन्। विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभ...
जेष्ठ १ गते, २०८३ - १०:३२
नवलपुर। नवलपुरको कावासोती नगरपालिका–१ स्याउलीस्थित मकैबारीमा दुर्लभ एकसिङ्गे भाले गैँडा मृत फेला परेको छ । अन्दाजी १०–१२ वर्षको गैँडा मृत फेला परेको घ...
जेष्ठ १ गते, २०८३ - १०:२०
सुलीकोट। गोरखाका ६ वटा विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै उत्तरपुस्तिका पुन: परीक्षण गर्न तथा परीक्षा केन...
जेष्ठ १ गते, २०८३ - ०९:५४
दोलखा। उद्योग वाणिज्य संघ दोलखा को १६औँ अधिवेशनबाट सनत थापा नेतृत्वको प्यानल पूर्ण रूपमा विजयी भएको छ । बिहीबार सदरमुकाम चरीकोटमा सम्पन्न अधिवेशनमा दि...
जेष्ठ १ गते, २०८३ - ०९:४१
गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर– ७, झेदी क्षेत्रको सडक खण्ड नौ दिन बन्द हुने भएको छ । शुक्रबारदेखि जेठ ९ गतेसम्म यस सडक खण्ड सडक बन्द हुन...
जेष्ठ १ गते, २०८३ - ०९:२९
स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता भएको छन् । ६८ वर्षीय वडाअध्यक्ष श्रेष्ठ बुधबार बिहान १० बजे...
जेष्ठ १ गते, २०८३ - ०९:२९
स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता भएको छन् । ६८ वर्षीय वडाअध्यक्ष श्रेष्ठ बुधबार बिहान १० बजे...



प्रतिकृया लेख्नुहोस्: