Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

महोत्तरीको बर्दिवासमा लगाईने भनिएको महोत्सव विवादित

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीको बर्दिवासमा महोत्सव लगाउने विषय विवादित बनेको छ । उधोग व्यवसायी संघले महोत्सव आफूहरूले लगाउन पाउनु पर्ने अडान राखिरहेको बेला नगरले हाम्रो माया घर निर्माण समितिलाई अनुमति दिएपछि विवादित बनेको हो ।

आधा दर्जन संघ, संस्थाहरुले महोत्सवको लागि निवेदन दिएसँगै विवाद सामधानको लागि नगरले माघ- ८ गते उधोग वाणिज्य संघका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा सात सदस्य गठन समेत  गरेको थियो ।

तर, सबै संघ, संस्थाको प्रतिनिधित्व हुनेगरी बनेको समितिले महोत्सव कसले लगाउने भन्ने सम्बन्धमा सहमति निकाल्न नसकेपछि बैठक विना निष्कर्ष टुंगिएको समितिका संयोजक विष्णु खड्काले जानकारी दिए । असहमतिका वावजुत पनि नगरले हाम्रो माया घरलाई अनुमति दिएपछि स्थानीय व्यापारीले आन्दोलनको तयारी गरेका छन् । 

‘हजारौ व्यापारीको साझा संस्था उधोग वाणिज्य संघलाई अनुमति नदिइकन हाम्रो माया घरलाई अनुमति दिनु त्यति उचित देखिँदैन ।’ स्थानीय व्यापारी बिष्णु पुरीले भने, ‘यो विषयमा नगरले पुनरावलोकन गर्नुपर्छ ।’

महोत्सवबाट आर्थिक कलेक्सन मात्र हैन परिमार्जन गर्नुपर्ने थुप्रै विषयवस्तु भएको बताउँदै होटल पर्यटन  व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले महोत्सवलाई पैसा आर्जन गर्ने नाममा कसैलाई पनि विकृत बनाउने छुट नभएको बताए ।

आवस्यक परे कालो झण्डा देखाएर अहिले लगाउने भनिएको महोत्सवलाई विरोध गर्न समेत बाध्य हुनुपर्ने उनको भनाई छ । तर, नगरले भने कसैलाई काखा र कसैलाई पाखा नगरी सामाजिक प्राथमिकतालाई आधार बनाईएको बताएको छ । ‘माया घरको योजना र दिर्घकालिन भविष्य निक्कै शुन्दर छ त्यसैले हाम्रो माया घरको लागि सवैले सहयोग गर्नुपर्छ,’ नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने ।

यता महोत्सवको विषयमा व्यापारीहरुले विरोध जनाएपछि हाम्रो माया  घरले पनि छलफल प्रक्रिया अगाडी बढाएको छ । आज नै उधोग बाणिज्य संघलाई माया घरले सहयोगको लागि पत्र पठाएको सचिव चेत कुमार थापाले बताए । ‘विरोध छ भन्ने सुनेको छु तर हाम्रो पत्रको उधोग वाणिज्य संघले आधिकारिक जवाफ दिएको छैन,’ सचिव थापाले भने, ‘हामी छलफलबाट अगाडी बढछौं ।’

उधोग वाणिज्य संघको आजको बैठकमा बस्तुगत संस्थाले समेतविरोध जनाएका छन् ।  माया घरलाई अनुमति दिनु अपरिपक्क भएको वताउदै अविलम्ब उक्त निर्णय सच्याउन माग गरेका छन् ।

 

 

 

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending