Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

बालिकाको पेटबाट निकालियो एक किलो कपाल

खबरडबली संवाददाता

काठमाडौं । भारत, बिहारको मुजफ्फरपुरमा, डाक्टरहरूले नौ वर्षीया बालिकाको पेटबाट कपालको ठूलो डल्ला निकालेका छन्। दुई घण्टा लामो शल्यक्रियापछि निकालिएको कपालको डल्लाको तौल एक किलोग्राम थियो।

यो शल्यक्रिया श्रीकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा गरिएको थियो, जसको विस्तृत रिपोर्ट बीबीसी हिन्दीले प्रकाशित गरेको छ। बालिकालाई पेट दुख्ने समस्या भएपछि परीक्षण गर्दा उनको पेटमा कपाल जम्मा भएको पाइएको हो। उनलाई तीन वर्षको उमेरदेखि नै कपाल खाने बानी परेको थियो। यस्तो बानीका कारण उनको हेमोग्लोबिन धेरै कम भएको थियो, जसले गर्दा उनको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको थियो।

बाल रोग विशेषज्ञ डा. आशुतोष कुमारले भने, ‘बालिकालाई ट्राइकोटिलोमेनिया र ट्राइकोबेजोर नामक मानसिक रोग छ, जसले गर्दा कपाल पेटमा जम्मा भएको थियो।’ ट्राइकोटिलोमेनिया एक यस्तो अवस्था हो जहाँ व्यक्तिले आफ्नो कपाल उखेल्छ र खाने गर्छ, जसले गर्दा पेटमा अखाद्य वस्तुहरू जम्मा हुन्छन्। कपाल पचाउन सकिदैँन्।

मनोवैज्ञानिक निधि सिंहका अनुसार, पिका र ट्राइकोटिलोमेनिया दुवै एक प्रकारको मानसिक रोग हुन्। पिका विशेष गरी खाद्य पदार्थ बाहेकका वस्तुहरू खाने समस्या हो भने ट्राइकोटिलोमेनिया कपाल खाने मानसिक समस्या हो। अहिले बालिकाको अवस्था स्थिर छ तर उनको शारीरिक स्वास्थ्यमा सुधार हुन अझै केही समय लाग्नेछ। 

जानकारी अनुसार उनलाई मानसिक रोग विभागमा थेरापीको लागि पठाइनेछ, जहाँ उनलाई व्यवहार परिमार्जन थेरापी दिइनेछ। यसका साथै, उनलाई मनोसामाजिक९पोषण विश्लेषण गर्न आवश्यक छ जसले उनको मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग गर्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending