एजेन्सी । कुकुरहरूको नाम लिँदा हामीलाई तुरुन्तै याद आउने कुरा भनेको तिनीहरूको विश्वास र शुद्ध मित्रता हो ।
सामान्यतया कुकुरहरू राति अचम्म तरिकाले रुने गर्छन् । त्यसको कारण के हो ? तिनीहरूको रोएको आवाज सुनेर हामीलाई अलि डर पनि लाग्न सक्छ । राति किन रुन्छन् कुकुरहरू ? के साँच्चै यो अशुभ सङ्केत हो ? कि तिनीहरूले भूतहरू देख्छन् ?
तपाईंले प्रायः सुन्नु भएको होला कि रातको समयमा कुकुरहरू एकैसाथ जम्मा भएर रुन थाल्छन् । तिनीहरूको यो आवाजले शरीरमा डर उत्पन्न गराउँछ । यसलाई अशुभ पनि मानिन्छ र भनिन्छ कि तिनीहरूले आत्माहरूलाई देख्न सक्छन्, जो हाम्रो चारैतिर छन् तर हामीले देख्न सक्दैनौँ ।
के साँच्चै कुकुरहरूले भूतहरूलाई देख्न सक्छन् र तिनीहरूबाट डराएर रोएका हुन् त ? के कुकुर रुनुको सङ्केत कसैको मृत्यु हो ?
केही व्यक्तिहरू विश्वास गर्छन् कि कुकुर रोयो भने केही नराम्रो हुन्छ । तर, यो पुस्तौँ देखि फैलिएको एक अन्धविश्वास अर्थात् एक भ्रम मात्र हो । कुकुर राति रुनुमा मृत्युसँग कुनै सम्बन्ध छैन । विज्ञानले यो भ्रमलाई स्वीकार गर्दैन ।
विज्ञान के भन्छ ?
भनिन्छ कि जैविक विकासको क्रममा कुकुरहरू ब्वाँसोबाट विकास भएका हुन् । जङ्गलमा ब्वाँसोहरू लामो दूरीसम्म आफ्नो झुन्डसँग संवाद गर्नका लागि जोर–जोरले चिच्याउँछन् । कुकुरहरू अन्य कुकुरसँग संवाद गर्न वा टाढा रहेका आवाजमा प्रतिक्रिया जनाउन पनि भुक्न सक्छन् ।
कुकुरहरूको सुन्ने क्षमता असाधारण हुन्छ । तिनीहरूले अन्तरिक्षबाट इनफ्रासोनिक ध्वनिहरू पनि सुन्न सक्छ। यी यस्तो ध्वनिहरू हुन्, जुन मानिसहरूले सुन्न सक्दैनन् र जसको आवृत्ति २० हट्र्जभन्दा कम हुन्छ । जब कुकुरहरूले यी कम आवृत्ति भएका ध्वनिहरू सुन्छन्, उनीहरू पनि जोर–जोरले चिच्याएर रुन थाल्छन् ।
कुकुरहरूको रुनुका वैज्ञानिक कारणहरू छन् । विशेषगरी जब राति उनीहरूलाई एक्लै छोडिन्छ, त्यो समयमा केही कुकुरहरू चिन्तित र एक्लो भएको कारण पनि रुन सक्छन् । त्यसपछि उनीहरूले ध्यान आकर्षित गर्नका लागि वा आफ्नो समस्या व्यक्त गर्नका लागि जोर–जोरले चिच्याउँछन् र रुन्छन् ।
यदि कुकुर अस्वस्थ छ वा दुखाइमा छ भने पनि रुन सक्छ । विशेषगरी यदि ठूला कुकुरहरूले रुने र भुक्ने गर्छ भने उनीहरूलाई तुरुन्तै पशु चिकित्सकलाई देखाउनु पर्छ ।
केही समय आफ्ना झुन्डबाट छुट्टिनु वा अलग हुनुका कारणले पनि कुकुरहरू रुन सक्छन् । तिनीहरूले राति आफ्नो झुन्डलाई सम्झन्छन् र त्यसको सम्झनामा तिनीहरू जोर–जोरले रुन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - २१:५८
काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन भन्नासाथ ठूला बाँध, सुरुङ र उचाइबाट पानी खसाल्ने परम्परागत मोडेल सम्झिन्छौँ। तर, अब यो धारणा बदलिने संकेत देखिएको...
बैशाख ३ गते, २०८३ - २१:५०
पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । रौतहटको डुमरिया गाउँप...
बैशाख ३ गते, २०८३ - २१:४४
काठमाडौं । अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभाग...
बैशाख ३ गते, २०८३ - २०:१०
काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...
बैशाख ३ गते, २०८३ - २०:०१
बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...
बैशाख ३ गते, २०८३ - १९:५३
काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...
बैशाख ३ गते, २०८३ - १९:४२
काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...
बैशाख ३ गते, २०८३ - १९:२९
काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...
बैशाख ३ गते, २०८३ - १९:२८
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...
बैशाख ३ गते, २०८३ - १९:१९
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...


प्रतिकृया लेख्नुहोस्: