Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

अझै रुख चढेर फाेनमा कुरा गर्न बाध्य रामेछापका नागरिक !

खबरडबली संवाददाता

रामेछाप ।  रामेछापको रामेछाप नगरपालिका– ४ हिमगंगास्थित बोलङबोलङका नागरिकले कसैसँग मोबाइलमा कुरा गर्नुपर्‍यो भने मोबाइल सेट बोकेर अग्ला रुख चढ्नु वा अग्ला डाँडातिर उक्लिनु दैनिकीजस्तै बनेको छ । 

त्यस ठाउँमा सञ्चारका लागि योभन्दा अर्को विकल्प  छैन । टेलिकमको टावर त्यस क्षेत्रमा नटिप्दा रामेछाप नगरपालिका– ४ हिमगंगाको बोलङबोलङ, मुर्गे गैरा, गिजनटार, ज्ञान टार, फुन्द्रेबेँसी पुच्छार, बरबोटेलगायतका क्षेत्रमा बसोबास गर्ने नागरिकले वर्षौँदेखि यस्तै दैनिक यस्तै नियति भोग्न बाध्य भएका छन् । 

हिमगंगा बोलङबोलङका नैनकुमार मगरलाई घरबाट कोही–कसैलाई फोन गर्नुपर्‍यो भने सधैँ सताउने गर्छ । फोन गर्न खोज्दा टेलिकमको टावर नै मोबाइलमा देखाउँदैन ।

मोबाइलमा कतै टावर देखाइहाले पनि फोन नै लाग्दैन । कहीँ कतै फोन लागिहाले पनि कुरै बुझिँदैन । त्यसैले कुरा गर्न सधैँ घरनजिकैको रुखमा चढेर कुरा गर्नुपर्ने बाध्यता रहेको मगरले बताए ।  हिमगंगाका नैनकुमार मात्र होइन यस्तो समस्या अधिकांश गाउँका नागरिकहरूले व्यहोर्न बाध्य    छन् ।

गाउँमा टेलिफोन गर्न धेरै समस्या भएको रामेछाप नगरपालिका– ४ हिमगंगाका सुन्दर घिमिरेले जानकारी दिए । उनले भने, ‘मोबाइलमा फोन नै लाग्दैन, यदि लागिहाल्यो भने कि अग्लो डाँडातिर चढ्नुपर्छ कि त रुख नै चढ्नुपर्छ । नत्र फोनमा कुरै बुझिँदैन । नमस्तेको सिमकार्डले राम्रो काम गर्दैन । स्काई र एनसेलको सिमकार्डमा कहिलेकाहीँ दिउँसो सम्पर्क हुन्छ । त्यसका लागि पनि कि अग्लो रुख चढ्नुपर्छ कि त डाँडातिर जानुपर्छ ।’ 

मोबाइलमा टावर नटिप्दा सबैभन्दा बढी विद्यालय, क्याम्पसमा अध्ययरत बालबालिकाहरू र लोकसेवा परीक्षाका लागि तयारी गर्दै गरेका विद्यार्थीहरू बढी मारमा परेका छन् । विद्यार्थीहरूले अनलाइनमार्फत गुगलबाट सर्च गरेर अध्ययन गर्ने कुरासमेत गर्न सकेका छैनन् । सञ्चारको प्रविधिसँगै धेरै कुरा गुगल सर्च गरेर अध्यनन गर्न पाइने भए तापनि हिमगंगाका विद्यार्थीले उक्त सुविधा उपभोग गर्न नपाएको पनि घिमिरेले बताए । 

हिमगंगाका नागरिक सञ्चार क्षेत्रवाट वञ्चित भएको भन्दै स्थानीय जनप्रतिनिधिहरूले नेपाल टेलिकमसँग रिपिटर टावरको माग गरेका थिए । स्थानीयहरूको मागको आधारमा तीन वर्षअघि हिमगंगाको बोलङबोलङमा टेलिकमले टावर निर्माण गरेको भए तापनि अझै सञ्चालनमा आउन सकेको छैन । 

हिमगंगामा टावर निर्माण भए तापनि त्यसमा जडान गरिने केही उपकरणहरूको काम अझै बाँकी रहेको र ती उपकरण जिल्लामा आइनसकेका कारण टावर सञ्चालनमा ल्याउन नसकिएको  हो । फागुन महिनाभित्र आवश्यक उपकरण ल्याएर जडान गर्ने र टावर सञ्चालनमा ल्याइने नेपाल टेलिकम रामेछापका कार्यालय प्रमुख पञ्चकुमार साहुले जानकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँधबिनै बिजुली: कर्णालीमा ‘हाइड्रोकाइनेटिक’ प्रविधिको ऐतिहासिक परीक्षण

काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन भन्नासाथ ठूला बाँध, सुरुङ र उचाइबाट पानी खसाल्ने परम्परागत मोडेल सम्झिन्छौँ। तर, अब यो धारणा बदलिने संकेत देखिएको...

जेनजी आन्दोलनमा भागेका कैदीबन्दी पक्राउ

पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । रौतहटको डुमरिया गाउँप...

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

काठमाडौं ।   अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभाग...

सरकारी अस्पतालमा दुई दिन ओपीडी बन्द: सेवाग्रही मारमा

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...

मूल्यवृद्धिविरुद्ध अर्धनग्न प्रदर्शन, कोहलपुर चौराहामा एक्लै उभिए अभियन्ता

बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...

विमानस्थल र प्रादेशिक अस्पताल पहिलो प्राथमिकता : सांसद पोखरेल

काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...

एआई तस्वीरले निम्त्यायो विवाद : ट्रम्पविरुद्ध क्रिस्चियन समाज आक्रोशित

काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल  ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...

मालवस्तु ढुवानीमा स्थानीय तहले कर लगाउन नपाउने निर्णय

काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

काठमाडाैं ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...

दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending