पर्सा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति हाल आकाशमा उडिरहेकाले यसलाई धर्तीमा ल्याउन जरुरी रहेको बताएका छन् । शनिबार वीरगन्जमा आयोजित ‘सिजन–सुदर्शन’ स्मृति ग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सो क्रममा उनले भने ‘नेपालको राजनीति अहिले आकाशमा उडिरहेको छ, ठूला ठूला नभएका कुरा गरेर जनतालाई आशा देखाइँदै छ, जनतासँग दुई छाक खाने हैसियत छैन, त्यसैले नेपालको राजनीतिलाई धर्तीमा खुट्टा टेकाउन जरुरी छ ।’
नेपालमा गणतन्त्र आए पनि त्यो जनताको गणतन्त्र बन्न नसकेको गुनासो गर्दै उनले आज पनि नेपाली जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको बताए । ‘यो गणतन्त्रबाट जनताले आफ्नो जीवनमा नयाँपन आएको अनुभूति गर्न पाएका छैनन्,’ उनले भने, ‘हेपिएकाहरु हेपिएकै छन्, उत्पीडितहरु उत्पीडित नै छन्, गरिब गरिब नै छन्, हिजो सामन्तीको रजगज थियो, आज दलाल पुँजीवादीको रजगज छ ।’
देशको आधाभन्दा बढी सम्पत्ति १०र१२ प्रतिशत धनीको हातमा रहेको भन्दै उनले बैंकमा पैसा थुप्रिँदै गएको तर अर्कोतिर गरिब निमुखा जनताको हात खाली रहेको टिप्पणी गरे । हाल पनि सीमित वर्गकै हातमा कानुन, प्रशासन र अर्थतन्त्र रहेको उनले बताए ।
देशको राजनीति हाल भाषण, गफ, चाकरी र अरुलाई खुसी पार्नमा सीमित हुँदै गएको भन्दै चन्दले राजनीति जनताको जीवन परिवर्तन गर्ने साधन बन्न नसकेको बताए । हालको परिस्थिति सिर्जना हुनुमा सबैभन्दा ठूलो गल्ती माओवादी आन्दोलनले नै गरेको आरोप लगाउँदै उनले भने, ‘हामीलाई जनताले तेस्रो साथ दिए, तैपनि हामी चुक्यौं, हामी काठमाडौं प्रवेश गरेपछि जनयुद्धको भावनाअनुरुप आफूलाई बदल्न सकेनौं ।’
जनतामा अझै पनि आफूहरुले फेरि बन्दुक बोक्ने हो कि भन्ने त्रास रहेको बताउँदै उनले तत्कालै आफूहरुले बन्दुक बोक्ने योजना नरहेको प्रस्ट पारे । ‘जुन दिन जनताको आवाज बन्दुकबाट दबाइन्छ, त्यस दिन हामी फेरि बन्दुक बोक्छौं,’ उनले भने ।
यसअघि उनले ‘सिजन–सुदर्शन’ स्मृति ग्रन्थको लोकार्पणसमेत गरेका थिए । सिजनको द्वन्द्वकालमा सुरक्षाफौजको आक्रमणमा परी मृत्यु भएको थियो भने उनका बुवा सञ्चारकर्मी सुदर्शनराज पाण्डेको यसै वर्षको भदौमा महिनामा मृत्यु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: