सुर्खेत । युवा उद्यमीहरूले युवाहरूलाई बिदेसिनबाट रोक्न राज्यले उद्यम विकासमा जोड दिनुपर्ने बताएका छन् । वीरेन्द्रनगरमा सञ्चालित कर्णाली युवा महोत्सवको दोस्रो दिन शनिवार प्यानल छलफलका वक्ताहरूले राज्यले युवालाई उद्यम क्षेत्रमा आकर्षित गराउन नसकेको धारणा राखेका हुन्।
विनीता बोगटीले सहजीकरण गरेको ‘कर्णालीका युवाः उद्यमी र सृजनशील युवा’ सत्रमा युवा उद्यमीहरू पोषणराज रेग्मी, राजेन्द्र विष्ट, कल्पना विष्ट, लक्ष्मी भट्टराई र आकाशदीप श्रेष्ठ प्यानलिष्ट थिए । उनीहरूले राज्यले युवा उद्यमशीलता उन्मुख नीति ल्याएर विदेश जानबाट रोक्नुपर्ने बताएका थिए ।
वीरेन्द्रनगरमा रेस्टुरेन्ट सञ्चालन गरी स्थानीय युवाहरूलाई रोजगारी दिएका पोषणले युवालाई बिदेसिनबाट रोक्न राज्यले उद्यम सहजीकरण नीति ल्याउनुपर्नेमा जोड दिए । ‘नेपालमा अहिले सहजै सुरु गर्न सकिने र स्थापित हुन सकिने उद्यम पर्यटन भएकाले यसतर्फ राज्यले युवाहरूलाई प्रेरित गर्नुपर्छ,’ उनले भने, ‘नेपालको भौगोलिक सुन्दरताले नै पर्यटन व्यवसाय गर्नेहरू स्थापित हुन सक्छन्, यसका लागि सरकारले नीतिगत रूपमा सहजीकरण गर्नु जरुरी छ ।’
अर्का वक्ता युवा वैज्ञानिक राजेन्द्रले पोषणकै भनाइमा सहमत जनाउँदै युवाहरूलाई विदेश जानेभन्दा उद्यममा प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याए । उनले आफूले सुरु गरेको व्यवसाय पनि अरू युवाहरूलाई प्रेरित गर्नका लागि भएको बताए ।
नवप्रवर्तनका क्षेत्रमा उनी कर्णालीकै ख्यातिप्राप्त युवामा पर्दछन् । राज्यले बनाएको नीति पूर्ण कार्यान्वयन नहुनुजस्ता कारणले नेपालमा साना लगानीमा उद्यम गर्न चुनौती रहेको उनको भनाई थियो । ‘नेपालमा व्यवसाय गर्न चुनौती छन्, राज्यबाटै दिनुपर्ने सुविधा नपाउँदा नै उद्यममा लाग्न चुनौती छ,’ राजेन्द्रले भने, ‘भौतिक पूर्वाधार कमजोर हुँदा पनि उद्यम गर्न चुनौती छँदैछ, हाम्रो सन्दर्भमा त सीप भएका युवाहरु समेत उद्यमशीलतामा आकर्षित भएको पाइँदैन ।’
उद्यमी कल्पनाले उद्यमशील बन्न चाहने युवाहरूले आफ्नै क्षेत्रबाट सुरु गर्नुपर्ने बताइन् । अर्का उद्यमी लक्ष्मीले बहुउद्देश्यीय उद्यम गर्न चाहनेलाई प्रदेश र स्थानीय सरकारले विशेष सुविधा दिनुपर्ने धारणा राख्दै भनिन्, ‘युवाहरूलाई उद्यमतर्फ प्रेरित गर्न प्रदेश तथा स्थानीय सरकारले अनुदानसँगै बजारीकरणमा सहजीकरण गर्नुपर्छ ।’ लक्ष्मीले वीरेन्द्रनगरमा बेत तथा बाँसबाट फर्निचर तथा भवन डेकोरिङका सामानहरूको उत्पादन र बजारीकरण गर्दै आएकी छिन् ।
नबिल बैंकका कर्णाली प्रदेश प्रमुख आकाशदीप श्रेष्ठले बैंकले केही गर्छु भन्ने युवाहरूका लागि उद्यमशीलता र नव प्रर्वतनसम्बन्धी व्यवसायका लागि ऋण प्रवाह गर्ने बताए । कर्णाली युवा महोत्सव परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुक्रवारदेखि वीरेन्द्रनगरमा सञ्चालित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ६ गते, २०८२ - १८:५४
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता स्वतः कायम हुने अवस्था नरहे...
भाद्र ५ गते, २०८२ - २३:०७
दरले दबिँदै निम्न आय भएका परिवार
भाद्र ५ गते, २०८२ - २१:३५
संसारसँग विवाहित पुरुषले कति पनि लड्न सक्छ । अभावसँग, समाजसँग, प्रतिस्पर्धा र परिस्थितिसँग उसले सामना गर्न सक्छ। बाहिर ऊ विजयी देखिन्छ: जिम्मेवारी पूर...
भाद्र ५ गते, २०८२ - १२:४६
काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफ्ना मागहरू बेवास्ता गरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आज काठमाडौँको माइतीघर मण्...
भाद्र ५ गते, २०८२ - १२:१३
कलाकारहरूको दौड भ्युजमा कि संस्कृतिमा ?
भाद्र ५ गते, २०८२ - ११:१७
काठमाडौं । नेपाल–भारत–चीन त्रिदेशीय सीमा विवाद फेरि चर्चामा छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अस्मिता र सार्वभौमिकताको संवेदनशील विषय बनेको...
भाद्र ५ गते, २०८२ - १०:५५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने प्रावधानले नेपालको शैक्षिक गुणस्तरलाई थप खस्काउने चे...
भाद्र ५ गते, २०८२ - १०:४८
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय खोलेसँगै उनी पुनः सक्रिय राजनीतिमा फर्किँदै गरेको स...
भाद्र ५ गते, २०८२ - १०:३६
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानलाई वितरण गरिएको युरिया मलको बोरा खोल्दा त्यसभित्र सिमेन्टको पिल्लर जस्तो देखिने ठोस ढुङ्गा भेट...
भाद्र ५ गते, २०८२ - १०:१७
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोरमा परम्परागत झाँक्री नाच प्रदर्शन गरिएको छ। यस क्षेत्रका विभिन्न मेला–पर्वका अवसरमा झाँक्री नाच ...
प्रतिकृया लेख्नुहोस्: