काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा “४६औं पर्यटक प्रहरी दिवस, २०८१” मनाइएको छ ।
नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । समारोहमा मन्त्री पाण्डेले पर्यटक प्रहरी कार्यमा बिशेष सहयोग पुर्याउनुहुने संघसंस्था एवम् व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरेका छन ।
सो अवसरमा मन्त्री पाण्डेले पर्यटकको सुरक्षाका साथसाथै पर्यटकको समस्या एवम् गुनासो सम्बोधनमा पर्यटक प्रहरीले उत्कृष्ट व्यवहारका साथ निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । पर्यटनको प्रवर्द्धन, विकास एवम् सम्बृद्धिमा सम्बद्ध निकायहरूले उत्कृष्ट व्यवहारका साथ आ–आफ्नो क्षमता तथा दक्षता अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने पर्यटक प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पर्यटकहरूको सुरक्षा र पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्याउने उद्देश्य सहित स्थापित पर्यटक प्रहरीले उपलब्ध साधन स्रोतको उपयोग गर्दै निर्वाह गरेको कार्य सराहनीय रहेको उल्लेख गरे । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा यसका लागि सबै सरोकारवाला निकायको समन्वयात्मक भूमिका अपरिहार्य रहेको समेत उनको जोड रहेको छ ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल सुन्दर मात्र हैन, सुरक्षति पनि छ भनेर विश्वमाझ चिनाउन सके हाम्रो पर्यटन क्षेत्रमा थप आकर्षण पैदा हुने उल्लेख गर्दै पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखि समग्र पर्यटन क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनमा नेपाल प्रहरी सदैव कटिवद्ध भई सेवा प्रवाह गर्ने बताए ।
पर्यटक प्रहरीद्वारा सम्पादित कामकारवाही एवम् प्रदर्शित व्यवहारको प्रभाव राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत पर्ने हुँदा यसमा आवद्ध प्रहरी कर्मचारीहरूले सेवा प्रवाहको स्तर अझ बढाउँदै उच्च व्यावसायिकता र निष्ठाका साथ कार्य गर्न उनले निर्देशन दिए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव बिनोदप्रकाश सिंह, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी र
कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयबाट सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २७ गते, २०८२ - १४:०६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति भएको छ। सहमति पत्रमा नेकपा संयोजक...
कार्तिक २७ गते, २०८२ - १४:०४
काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले राजीनामा दिन थालेका छन्। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न ११ देशमा कार्यरत...
कार्तिक २७ गते, २०८२ - १३:५४
काठमाडौँ – मातृभूमि जागरण अभियान औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ। पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्प...
कार्तिक २७ गते, २०८२ - १२:२८
चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन–जी आन्दोलनका क्रममा कार्तिक २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारकै भएको बताएका छन्। ...
कार्तिक २७ गते, २०८२ - १२:२४
प्यूठान । प्यूठानको लिबाङका किसान पदमबहादुर केसी र दिपक वलीले लगाएका बिरुवाको मूल्य तीन वर्ष बितिसक्दा पनि गौमुखी गाउँपालिकाले १२ लाख रुपैयाँ भुक्ता...
कार्तिक २७ गते, २०८२ - १२:१७
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आगामी निर्वाचनअघि पार्टीको महाधिवेशन गर्नुको विकल्प नरहेको बताएका छन्। पार्टी केन्द्रीय सम...
कार्तिक २७ गते, २०८२ - १२:१०
काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी छ। वार्तामा प्रसाईं स्वयं सहभागी छैनन्, तर उनका प्रतिनिधि टोली सहभागी भएका छन...
कार्तिक २७ गते, २०८२ - १२:०७
काठमाडौं । विवादास्पद ढंगले प्रदेश सरकारको नेतृत्व सम्हालेसँगै एमाले मधेश प्रदेशमा एक्लो भएको छ। यसअघि सत्ता सहयात्री रहेको नेपाली कांग्रेस मधेशी दलह...
कार्तिक २७ गते, २०८२ - १२:०१
ललितपुर । ललितपुरमा योजनाबद्ध रूपमा स्कुटर दुर्घटना गराई ११ लाख रुपैयाँ बराबरको सुनको सिक्री लुटिएको खुलेको छ। घटना असोज ५ गते राति करिब १२ बजे, जावल...
कार्तिक २७ गते, २०८२ - ११:५७
काठमाडौं । करिब २८ महिनाअघि समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउने र भविष्यमा पार्टी एकता गर्ने उद्देश्यले बनेको ...




प्रतिकृया लेख्नुहोस्: