Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

राष्ट्रिय गौरवका आयोजनाबारे सांसद र विज्ञसँग छलफलमा माओवादी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा छलफल आयोजना गरेको छ । राष्ट्रिय गौरवका आयोजना र विकास आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे संसद् र संसदबाहिर पार्टीको संस्थागत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

राजधानीमा जारी छलफलमा पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा पार्टी नेताहरू सहभागी छन् । कार्यक्रममा पत्ररकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निष्कर्ष र छलफल शीर्षकमा प्रस्तुति दिनेछन् ।

यस्तै इन्ष्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक अफेयर्स (आइजीपीए)ले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन स्थितिः प्रमुख निष्कर्ष र सुझावहरू तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले पूर्वाधार शासन र राष्ट्रिय गौरवका आयोजनाहरुः समस्या र सम्भावित समाधानहरूको पहिचान विषयमा प्रस्तुतीकरण दिनेछन् ।

यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वाधार शासन र राजनीतिक दलः चुनौतीहरू र आगामी बाटो विषयमा विशेष सम्बोधन गर्ने विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिए ।

कार्यक्रमले प्रमुख प्रतिपक्षका हैसियतमा संघीय संसदका दुवै सदनमा आयोजनाहरूको अवस्था र सरकारका गलत कामकारबाहीबारे बोल्न सांसदहरूलाई सहयोग पुग्ने विश्वास लिइएको पुनले उल्लेख गरे ।

कार्यक्रममा निर्माणाधीन अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरू हुलाकी राजमार्ग, मध्य पहाडी पुष्पलाल राजमार्ग, उत्तर दक्षिण कोशी करिडोर, उत्तर दक्षिण कालीगण्डकी करिडोर, उत्तर दक्षिण कर्णाली करिडोर, काठमाण्डौं तराई एक्सप्रेस वे (फास्ट्रयाक), लुम्बिनी क्षेत्र विकास आयोजना, मेलम्ची खानेपानी आयोजना, बुढीगण्डकी जलाशाययुक्त परियोजना लगायतको प्रगति र समस्याको पहिचानका विषयमा छलफल भइरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँधबिनै बिजुली: कर्णालीमा ‘हाइड्रोकाइनेटिक’ प्रविधिको ऐतिहासिक परीक्षण

काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन भन्नासाथ ठूला बाँध, सुरुङ र उचाइबाट पानी खसाल्ने परम्परागत मोडेल सम्झिन्छौँ। तर, अब यो धारणा बदलिने संकेत देखिएको...

जेनजी आन्दोलनमा भागेका कैदीबन्दी पक्राउ

पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । रौतहटको डुमरिया गाउँप...

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

काठमाडौं ।   अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभाग...

सरकारी अस्पतालमा दुई दिन ओपीडी बन्द: सेवाग्रही मारमा

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...

मूल्यवृद्धिविरुद्ध अर्धनग्न प्रदर्शन, कोहलपुर चौराहामा एक्लै उभिए अभियन्ता

बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...

विमानस्थल र प्रादेशिक अस्पताल पहिलो प्राथमिकता : सांसद पोखरेल

काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...

एआई तस्वीरले निम्त्यायो विवाद : ट्रम्पविरुद्ध क्रिस्चियन समाज आक्रोशित

काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल  ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...

मालवस्तु ढुवानीमा स्थानीय तहले कर लगाउन नपाउने निर्णय

काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

काठमाडाैं ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...

दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending