Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

जंगलमा मृत अवस्थामा भेटिएका दुई किशोरीको शव नेपालगञ्जमा पोस्टमार्टम हुने

खबरडबली संवाददाता

अछाम । जंगलमा मृत अवस्थामा भेटिएका दुई किशोरीको शव नेपालगञ्जमा पोस्टमार्टम हुने भएको छ। 

गोठालो गएका ढकारी गाउँपालिका–८ घोडासेनका सरस्वती र इशरा खड्का दुई किशोरीको शव पोस्टमार्टमका लागि नेपालगञ्ज लाने तयारी प्रहरीले गरेको हो। 

घटनास्थलकोे मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि नेपालगञ्ज लैजान लागेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। घटना शंकास्पद भएको र राम्ररी परीक्षणपछि आशंका नहोस् भनेर प्रहरीले शव नेपालगञ्ज लैजान लागेको हो।

घटनाका बारेमा अनुसन्धान भइरहेको तर अहिले नै यही हो भन्न नसकिने अछाम प्रहरी प्रमुखको भनाइ छ। शुक्रबार दिउँसो गोठालो गएकी सरस्वती र इशरा खड्काको शव शनिबार साँझ भेटिएको थियो। मृतक दुवै जना स्थानीय विद्याप्रबोधनी माविमा कक्षा ८ मा अध्ययरत थिए।

घटनाका बारेमा थप जानकारी लिन आइतबार बिहानै अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, प्रहरी प्रमुख भण्डारी र अन्य सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कावासोतीको मकैबारीमा भाले गैँडा मृत फेला

नवलपुर। नवलपुरको कावासोती नगरपालिका–१ स्याउलीस्थित मकैबारीमा दुर्लभ एकसिङ्गे भाले गैँडा मृत फेला परेको छ । अन्दाजी १०–१२ वर्षको गैँडा मृत फेला परेको घ...

एसइई नतिजाप्रति असन्तुष्टि: गोरखाका ६ विद्यालयद्वारा पुन: परीक्षणको माग

सुलीकोट। गोरखाका ६ वटा विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै उत्तरपुस्तिका पुन: परीक्षण गर्न तथा परीक्षा केन...

उद्योग वाणिज्य संघ दोलखामा थापा प्यानलको पूर्ण विजय

दोलखा। उद्योग वाणिज्य संघ दोलखा को १६औँ अधिवेशनबाट सनत थापा नेतृत्वको प्यानल पूर्ण रूपमा विजयी भएको छ । बिहीबार सदरमुकाम चरीकोटमा सम्पन्न अधिवेशनमा दि...

मुसिकोटको झेदी क्षेत्रको सडकखण्ड नौ दिन बन्द

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर– ७, झेदी क्षेत्रको सडक खण्ड नौ दिन बन्द हुने भएको छ । शुक्रबारदेखि जेठ ९ गतेसम्म यस सडक खण्ड सडक बन्द हुन...

पुतलीबजार–३ का वडा अध्यक्ष श्रेष्ठ तीन दिनदेखि बेपत्ता

स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता भएको छन् । ६८ वर्षीय वडाअध्यक्ष श्रेष्ठ बुधबार बिहान १० बजे...

पुतलीबजार–३ का वडा अध्यक्ष श्रेष्ठ तीन दिनदेखि बेपत्ता

स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता भएको छन् । ६८ वर्षीय वडाअध्यक्ष श्रेष्ठ बुधबार बिहान १० बजे...

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक समाजको माग

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...

बेइजिङमा सी र ट्रम्पबीच वार्ता : द्वन्द्व होइन, साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...

संसद् बहुमतले होइन, विवेक र चेतनाले चल्नुपर्छ : सांसद केसी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending