पाेखरा । पर्यटन राजधानी पोखराको लोकप्रिय गन्तव्य पाताले छाँगो अर्थात् डेभिज फल्स पोखरा महानगरपालिका आफैंले सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको आह्वानमा आइतबार बसेको सर्वपक्षीय बैठकले डेभिज फल्समा जारी अवरोध हटाई तत्काल सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख धनराज आचार्यले डेभिज फल्समा महानगरपालिका आफैंले कानुन बमोजिम पर्यटन शुल्क उठाउने र महालेखा परीक्षक कार्यालयले औँल्याएको बेरुजु फछ्यौटका लागि प्रक्रिया थल्ने निर्णय भएको जानकारी दिए । स्थानीय छोरेपाटन माविले सञ्चालन गर्दै आएको डेभिज फल्स विवादका कारण माघ १ गतेदेखि बन्द छ ।
बैठकको निर्णयमा भनिएको छ, “तत्कालै डेभिज फल्समा लगाएको ताला खोलेर महानगर आफैंले कानुन बमोजिम पर्यटन शुल्क उठाइ डेभिज फल्स सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखाले औँल्याएको बेरुजु फछ्यौटको लागि कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।”
डेभिज फल्समा परियोजना सञ्चालन गर्ने सम्बन्धमा बैठकले सरोकारवाला पक्षबिच छलफल गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नगर प्रमुख आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसहित सुरक्षा निकायका प्रमुखहरू लगायतका सरोकारवाला सहभागी थिए ।
यहाँ प्रवेश टिकटबाट वर्षमा तीन करोड हाराहारी रकम सङ्कलन हुने गरेको छ । महानगरपालिकाले छाँगोमा सिसाको पुल लगायतका पूर्वाधार निर्माण गर्ने र सञ्चालन गर्न निजी कम्पनीलाई दिने सम्झौता गरिसकेको छ । छोरेपाटन माविले २०३४ चैत ३१ देखि छाँगो सञ्चालन गर्दै आएको थियो । तत्कालीन नगर योजना समितिले छाँगो छोरेपाटन माविलाई हकभोग गर्न दिएको थियो । अहिले छाँगोवरिपरि तीन दर्जन व्यावसायिक सटरसमेत छन् ।
महानगनरले सेती क्यान्योन प्रालिलाई २०७८ साउन १४ गते छाँगोमा सिसाको पुल निर्माण र अन्य पूर्वाधार विकास आयोजना सञ्चालनका लागि ४० वर्षका लागि जिम्मा दिने सम्झौता थियो । सम्झौताबारे विवाद भएपछि त्यो कार्यान्वयन हुन सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८१ - २०:४९
माेरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र जनताको गणतन्त्र बनाउने या वुर्जुवाको भन्ने संघर्ष सुरु भएको बताएका छन् । पार...
फाल्गुन ३ गते, २०८१ - २०:३०
रसुवा । रसुवामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका गाउँपालिका-१ राम्चे बस्ने मीन लामा...
फाल्गुन ३ गते, २०८१ - २०:१५
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको दाबी गरेका छन् ।...
फाल्गुन ३ गते, २०८१ - २०:०२
ललितपुर । प्रमुख राजनीतिक दलका नेताहरू संविधान संशोधन गर्नुपर्नेमा एकमत देखिएका छन् । आज यहाँ आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा ...
फाल्गुन ३ गते, २०८१ - १९:५२
रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र ला...
फाल्गुन ३ गते, २०८१ - १९:४७
कास्की । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक धावक बिल्सन चेरुयोटले जितेका छन् । भूतपूर्व खेलाडी मञ्चले शनिबार पोखरामा आयोजना ...
फाल्गुन ३ गते, २०८१ - १९:४३
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति निर्विरोध भएका छन् । सभापतिको मनोनयनका लागि शनिबार दिउँसो चार बजेसम्म निर्धारित अवधिभित्र...
फाल्गुन ३ गते, २०८१ - १९:३८
हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरे स्थित नवनिर्मित सहिद स्मृति रङ्गशालामा शनिवारदेखि सुरु भएको सातौँ संस्करणको बागमती गोल्डकप रा...
फाल्गुन ३ गते, २०८१ - १९:३२
महाेत्तरी । प्रेस चौतारी नेपाल महोत्तरीको दोश्रो अधिवेशनवाट रामनारायण महताे अध्यक्षमा निर्वाचित भएका छन् । गौतम होटलमा भएको अधिबेशनले महतोको अध्यक्...
फाल्गुन ३ गते, २०८१ - १९:२८
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको संविधानमा किटानका साथ व्यवस्था गरेको प्राथमिक तहसम्मको नि:श...
प्रतिकृया लेख्नुहोस्: