भारत । भारतले आइतबार ७६ औँ गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ । सन् १९५० मा भारतको स्वतन्त्रता पछिको संविधानलाई अङ्गीकार गरेको दिन जनवरी २६ अर्थात् गणतन्त्र स्थापनाको दिनको सम्झनामा मनाइने यस दिवसका अवसरमा परेड, राजनीतिक सम्बोधन, सांस्कृतिक कार्यक्रम र समारोहसँगै भारतको इतिहास, सरकारको उपस्थिति र भारतीय परम्पराहरू झल्काउने विभिन्न कार्यक्रमहरू गर्ने गरिन्छ ।
गणतन्त्र दिवसको अवसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, अन्य नेतागण र सबै राज्यका मुख्यमन्त्री, सरकारी उच्च पदस्थ अधिकारी, कलाकारलगायतले सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश जारी गर्दै भारतमा गणतन्त्र स्थापनाको स्मरण गरेका छन् ।
यो वर्ष सरकारले गणतन्त्र दिवसका अवसरमा आइतबार नयाँ दिल्लीमा आयोजित वार्षिक सैन्य तथा सांस्कृतिक परेडमा विशिष्ट अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोलाई निमन्त्रणा दिएको छ । उनले आजै जनवरी २६ अर्थात् गणतन्त्र दिवसको मुख्य समारोह औपनिवेशिक युगको सुधारिएको बुलेवार्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनेका छन्, “यो अवसरले हाम्रो संविधानको आदर्शको संरक्षण र बलियो र समृद्ध भारतको दिशामा काम गर्ने हाम्रो प्रयासलाई बलियो बनाओस् ।”
गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने वार्षिक समारोह एक रङ्गीन र कसिलो कोरियोग्राफी गरिएको तमाशा हो जसमा देशको मिसाइल प्रणाली, लडाकू जेट फ्लाईका दृष्य, मोटरबाइक स्टन्ट र विभिन्न भारतीय राज्यहरूको प्रतिनिधित्व गर्ने प्रदर्शनहरू समावेश छन् ।
समारोहमा इन्डोनेसियाली सेनाको एक टुकडी पनि सहभागी भएको थियो । सन् २०२४ मा राष्ट्रपति बनेपछि प्रबोवोको पहिलो भारत भ्रमण भएको थियो । भारत र इन्डोनेसियाले स्वास्थ्य, सामुद्रिक सुरक्षा, डिजिटल टेक्नोलोजीमा सहयोगसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गरेका छन् ।
भारतको पहिलो गणतन्त्र दिवसमा इन्डोनेसिया अतिथि राष्ट्र भएको बताउँदै प्रधानमन्त्री मोदीले गणतन्त्र दिवसका अवसरमा आयोजित परेडमा फेरि प्रधानमन्त्रीका रूपमा सहभागी हुन पाउनु आफ्ना लागि गर्वको विषय भएको बताए । “रक्षा क्षेत्रमा सहयोग बढाउनका लागि हामीले रक्षा उत्पादन र आपूर्ति श्रृङ्खलामा मिलेर काम गर्ने निर्णय गरेका छौं,” मोदीले शनिबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।
गणतन्त्र दिवसको मुख्य समारोहलाई सम्बोधन गर्दै प्राबोवोले आफ्नो प्रशासनले चाँडै नै ‘उच्चस्तरीय रक्षा प्रतिनिधिमण्डल’ भारत पठाउने बताए । गत वर्ष भारतको हतियार निर्यात २.६३ अर्ब अमेरिकी डलर बराबर पुगेको छ । यो कतिपय शक्तिराष्ट्रको तुलनामा थोरै रकम भएपनि तर एक दशकको अवधिमा भारतको हतियार निर्यात ३० गुणाले वृद्धि भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: