भारत । भारतले आइतबार ७६ औँ गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ । सन् १९५० मा भारतको स्वतन्त्रता पछिको संविधानलाई अङ्गीकार गरेको दिन जनवरी २६ अर्थात् गणतन्त्र स्थापनाको दिनको सम्झनामा मनाइने यस दिवसका अवसरमा परेड, राजनीतिक सम्बोधन, सांस्कृतिक कार्यक्रम र समारोहसँगै भारतको इतिहास, सरकारको उपस्थिति र भारतीय परम्पराहरू झल्काउने विभिन्न कार्यक्रमहरू गर्ने गरिन्छ ।
गणतन्त्र दिवसको अवसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, अन्य नेतागण र सबै राज्यका मुख्यमन्त्री, सरकारी उच्च पदस्थ अधिकारी, कलाकारलगायतले सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश जारी गर्दै भारतमा गणतन्त्र स्थापनाको स्मरण गरेका छन् ।
यो वर्ष सरकारले गणतन्त्र दिवसका अवसरमा आइतबार नयाँ दिल्लीमा आयोजित वार्षिक सैन्य तथा सांस्कृतिक परेडमा विशिष्ट अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोलाई निमन्त्रणा दिएको छ । उनले आजै जनवरी २६ अर्थात् गणतन्त्र दिवसको मुख्य समारोह औपनिवेशिक युगको सुधारिएको बुलेवार्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनेका छन्, “यो अवसरले हाम्रो संविधानको आदर्शको संरक्षण र बलियो र समृद्ध भारतको दिशामा काम गर्ने हाम्रो प्रयासलाई बलियो बनाओस् ।”
गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने वार्षिक समारोह एक रङ्गीन र कसिलो कोरियोग्राफी गरिएको तमाशा हो जसमा देशको मिसाइल प्रणाली, लडाकू जेट फ्लाईका दृष्य, मोटरबाइक स्टन्ट र विभिन्न भारतीय राज्यहरूको प्रतिनिधित्व गर्ने प्रदर्शनहरू समावेश छन् ।
समारोहमा इन्डोनेसियाली सेनाको एक टुकडी पनि सहभागी भएको थियो । सन् २०२४ मा राष्ट्रपति बनेपछि प्रबोवोको पहिलो भारत भ्रमण भएको थियो । भारत र इन्डोनेसियाले स्वास्थ्य, सामुद्रिक सुरक्षा, डिजिटल टेक्नोलोजीमा सहयोगसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गरेका छन् ।
भारतको पहिलो गणतन्त्र दिवसमा इन्डोनेसिया अतिथि राष्ट्र भएको बताउँदै प्रधानमन्त्री मोदीले गणतन्त्र दिवसका अवसरमा आयोजित परेडमा फेरि प्रधानमन्त्रीका रूपमा सहभागी हुन पाउनु आफ्ना लागि गर्वको विषय भएको बताए । “रक्षा क्षेत्रमा सहयोग बढाउनका लागि हामीले रक्षा उत्पादन र आपूर्ति श्रृङ्खलामा मिलेर काम गर्ने निर्णय गरेका छौं,” मोदीले शनिबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।
गणतन्त्र दिवसको मुख्य समारोहलाई सम्बोधन गर्दै प्राबोवोले आफ्नो प्रशासनले चाँडै नै ‘उच्चस्तरीय रक्षा प्रतिनिधिमण्डल’ भारत पठाउने बताए । गत वर्ष भारतको हतियार निर्यात २.६३ अर्ब अमेरिकी डलर बराबर पुगेको छ । यो कतिपय शक्तिराष्ट्रको तुलनामा थोरै रकम भएपनि तर एक दशकको अवधिमा भारतको हतियार निर्यात ३० गुणाले वृद्धि भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: