सियोल । दक्षिण कोरियाली अभियोजकहरूले महाभियोग लगाइएका राष्ट्रपति युन सुक योलको मार्सल लको असफल घोषणापछि उनिमाथि आइतबार ‘विद्रोहको मुख्य नेता’ का रूपमा अभियोजन गरेका छन् र निलम्बित नेतालाई हिरासतमा रहन आदेश दिएका छन् ।
युनले डिसेम्बर ३ मा नागरिक शासन निलम्बन गर्ने आफ्नो प्रयासले देशलाई राजनीतिक अराजकतामा डुबाए । यो कदम छ घन्टासम्म मात्र रह्यो र संसद सदस्यहरूले सशस्त्र सैनिकहरूको विरोधमा मतदान गरी यसलाई खारेज गरे ।त्यसलगत्तै उनिलाई महाभियोग लगाइएको थियो र यो महिना गिरफ्तार हुने पहिलो दक्षिण कोरियाली राष्ट्र प्रमुख बने ।
अभियोजनकर्ताहरूले एक बयानमा उनीहरूले ‘युन सुक योललाई विद्रोहको प्रमुख भएको आरोपमा आज हिरासतमा राखेको’ बताएका छन् । उनको गिरफ्तारीदेखि नै उनलाई सियोल हिरासत केन्द्रमा राखिएको छ । औपचारिक अभियोजनले उनलाई अदालती कारबाहीसम्म हिरासतमा राख्नेछ र यो ६ महिनाभित्र हुनुपर्छ ।
अदालतले दुई पटक अभियोजकहरूले उनीहरूको अनुसन्धान अगाडि बढ्दै गर्दा उनको गिरफ्तारी वारेन्ट विस्तार गर्ने अनुरोधलाई अस्वीकार गरेपछि अभियोग व्यापक रूपमा अपेक्षित थियो । “अनुसन्धानका क्रममा प्राप्त प्रमाणको विस्तृत समीक्षापछि (अभियोजकहरू) यो निष्कर्षमा पुगे कि प्रतिवादीलाई अभियोग लगाउन मात्र उचित थियो”, उनीहरूले विज्ञप्तिमा भने ।
युनलाई जेलमा राख्ने आवश्यकतालाई ‘प्रमाण विनाशको निरन्तर जोखिम’ द्वारा न्यायसङ्गत रहेको उनीहरूले बताए । उनीहरूका अनुसार विशेष आरोप – विद्रोहको मुख्य नेता – राष्ट्रपति प्रतिरक्षाको दायरामा पर्दैन । युनका वकिलहरूले विद्रोहको आरोप अस्वीकार गरे र अदालतमा यसको विरोध गर्ने प्रतिज्ञा गरे । “युनको मार्सल लको घोषणालाई विद्रोहको रूपमा मान्यता दिन सकिँदैन”, उनीहरूले विज्ञप्तिमा भने, “हामी विश्वस्त छौँ कि कानूनी अदालतमा सत्यको विजय हुनेछ ।”
जवाफदेहिताको प्रक्रिया
विपक्षीले अभियोजनलाई स्वागत गरेको छ । “हामीले गैरकानूनी विद्रोह गर्ने षड्यन्त्रकारीहरूलाई मात्र होइन, गलत सूचना फैलाएर उक्साउनेहरूलाई पनि समात्न आवश्यक छ”, सांसद हान मिन–सूले भने । प्रमाण प्रदान नगरी युन र उनको कानूनी टोलीले चुनाव जालसाजी र विपक्षी–नियन्त्रित संसदमा व्यवस्थापिका अवरोधलाई मार्सल ल घोषणाको औचित्यका रूपमा देखाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित ‘चोरी रोक’ बयानबाजी अपनाउने समर्थकहरूको समर्थन प्राप्त गर्दै युनले ‘अन्त्यसम्म लड्ने’ प्रतिज्ञा गरेका छन् । “यो अभियोजनले संवैधानिक व्यवस्था सही ढङ्गले काम गर्दैछ भन्ने पुष्टि गर्दै राहतको भाव प्रदान गर्नेछ”, राजनीतिक थिङ्क ट्याङ्क भ्यालिडका सह–संस्थापक बाइ काङ्–हुनले भने ।
युनले आफ्नो महाभियोगलाई समर्थन गर्ने र उनलाई औपचारिक रूपमा राष्ट्रपति पदबाट हटाउने निर्णय गर्न संवैधानिक अदालतको सुनुवाइको शृङ्लाको पनि सामना गर्नुपरेको छ । यदि अदालतले युनको विरोधमा फैसला गरेमा भने उनले राष्ट्रपति पद गुमाउनु हुनेछ र ६० दिनभित्र चुनाव गरिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: