Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

धनुषाबाट मिटरब्याज पीडितद्वारा जनजागरण अभियान सुरु

खबरडबली संवाददाता

जनकपुरधाम । मिटरब्याजको शिकार भएका किसान र मजदुरहरूका जनकपुरधाममा एक नयाँ चरणकोआन्दोलन सुरु गरेको छ ।

मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले सोमबारदेखि सडक अवरुद्ध गर्दै जनजागरण अभियान सुरु गरेको हो । यस अभियानको उद्देश्य मिटरब्याजको समस्याबारे जनचेतना फैलाउनु र सरकारको चुप्पीको विरूद्ध आवाज उठाउनु हो । किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले अभियानको शुभारम्भ गर्दै मिटरब्याजको मुद्दामा संसदमा कानून बनेपनि त्यसको कार्यान्वयनमा ढिलाई भइरहेको र पीडितहरूको समस्यामा कुनै समाधान नआएकोमा गहिरो असन्तोष व्यक्त गरे । 

उनका अनुसार देशभर मिटरब्याजको शिकार भएका ६० हजार पीडितहरूले मुद्दा दायर गरे पनि तीमध्ये १० प्रतिशतको पनि समस्या समाधान भएको छैन । कुशवाहाले यदि यस्तै स्थिति रह्यो भने आन्दोलनको स्वरूप परिवर्तन गर्ने चेतावनी समेत दिए । 

आन्दोलनका केन्द्रीय महासचिव मनोज कुमार पासवानले भने,“सरकारसँग तीन चरणका वार्ताहरू भएका थिए, तर सम्झौताका बुँदाहरू कार्यान्वयन नभएको कारण चौथो चरणको आन्दोलनको शुरुवात गरिएको हो ।” उनले मिटरब्याज पीडितहरूको शोषणमा अझै वृद्धि भएको र कार्यदलले कुनै महत्वपूर्ण कदम नचालेको आरोप लगाए । 

यो आन्दोलनले मिटरब्याजी साहु, वित्तीय माफिया, भू–माफिया र उनीहरूको संरक्षण गर्ने शक्तिहरूको विरोधमा जनसमुदायलाई जागरूक पार्ने र सशक्त संघर्षका लागि प्रेरित गर्ने लक्ष्य लिएको छ । यस अभियानले शोषित वर्गलाई संगठित र प्रशिक्षित गर्दै न्यायको निम्ति अन्तिम संघर्षको संकल्प व्यक्त गरेको छ । 

आन्दोलनका अगुवा नेताहरूको भनाइ छ कि, यदि राज्यले मिटरब्याजका मुद्दामा गम्भीर कदम नचाले यो अभियान अझ सशक्त र व्यापक रुपमा फैलाउने तयारी गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending