कोलम्बो । मुलुकले आफ्नो सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर निस्कने थप सङ्केतहरू देखाएपछि श्रीलङ्काले मङ्गलबार सवारी साधन आयातमा लगाइएको पाँच वर्षको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।
सूचनामन्त्री नलिन्दा जयतिसाले सन् २०२० देखि लागु गरिएको प्रतिबन्ध चरणबद्धरूपमा हटाएर शनिबारदेखि बस, ट्रक र उपयोगिता सवारी साधनहरूको आयात खुला गरिने बताए ।
“हाम्रो विदेशी मुद्रा सञ्चिति रित्तिने गरी आयातमा वृद्धि हुन नदिन हामी धेरै सावधानीपूर्वक अघि बढिरहेका छौँ”, जयतिसाले कोलम्बोमा पत्रकारहरूलाई भने, “मागका आधारमा हामी कार, मोटरसाइकल र तीन पाङ्ग्रे सवारी साधनजस्ता अन्य श्रेणीका सवारी साधनहरूको आयात खोल्नेछौँ ।”
उनले आयात आवश्यक कर राजस्व उत्पन्न गर्न आवश्यक भएको बताए । सरकारले यस वर्ष आयातलाई लगभग एक अर्ब २० करोड डलरमा सीमित गर्ने आशा गरेको छ । सवारी साधनमा हालको कर दर तीन सय प्रतिशतभन्दा बढी छ । श्रीलङ्काले सन् २०२० मार्चमा आयात प्रतिबन्ध लगाउनु अघिको अन्तिम पूर्ण वर्ष सन् २०१९ मा सवारी साधन आयातमा एक अर्ब ४० करोड डलर खर्च गरेको थियो ।
यस टापु राष्ट्रले सन् २०२३ अगस्टमा व्यावसायिक सवारी साधन आयात प्रतिबन्ध हटाउने प्रयास गरेको थियो तर देश अझै विदेशी ऋणमा डिफल्ट भएको अवस्थामा आयातकर्ताहरू प्रतीतपत्र खोल्न असमर्थ थिए । श्रीलङ्काले द्विपक्षीय र निजी ऋणदाताहरूसँग ऋण पुनर्गठन सम्झौता सुरक्षित गरेपछि डिसेम्बरमा दिवालिया राष्ट्रका रूपमा आफ्नो स्थिति औपचारिक रूपमा समाप्त गर्यो ।
यस मुलुकले सन् २०२२ अप्रिलमा आफ्नो ४६ अरब डलरको बाह्य ऋण चुकाउन असफल भएको थियो । किनकि देश आयातको वित्तपोषण गर्न विदेशी मुद्राबाट बाहिर निस्केको थियो, जसले खाद्यान्न, इन्धन र औषधीहरूको पीडादायी अभाव निम्त्यायो । महिनौँको सडक प्रदर्शनले भ्रष्टाचार र कुव्यवस्थाको आरोप लागेका तत्कालीन राष्ट्रपति गोटाबाय राजपक्षेको पतन भयो । उनका उत्तराधिकारीले अन्तर्राष्ट्रिय मुद्राकोषबाट राहत ऋण प्राप्त गरे । यसले दक्षिण एशियाली राष्ट्र सुधार हुँदै गएको तर अझै पूर्ण रूपमा सङ्कटमुक्त नभएको बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: