भारत । उत्तरी भारतमा मङ्गलबार धार्मिक जमघटका क्रममा काठको प्लेटफर्म भत्किँदा कम्तीमा पाँच भक्तजनको मृत्यु भएको र ४० जना घाइते भएको एक अधिकारीले बताएका छन् ।
यो घटना राजधानी नयाँदिल्लीको उत्तरमा रहेको बागपत जिल्लामा भएको हो । त्यहाँ जहाँ जैन धर्मका सयौँ भक्तजन मिठाई चढाउन एक मन्दिरमा भेला भएका थिए । “एउटा काठको संरचना भत्किँदा पाँच जनाको मृत्यु भएको छ”, जिल्ला प्रशासक अस्मिता लालले भने, “अन्य ४० जना घाइते भएका छन्, तीमध्ये २० जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ ।”
जैन देवता आदिनाथको मोक्षको स्मरणमा हरेक वर्ष यस पर्वको अवसरमा यो प्लेटफर्म निर्माण गरिने एनडिटिभी समाचार नेटवर्कले जनाएको छ । “पुजारीहरू लड्डु (मिठाई) चढाउन गएका थिए र प्लेटफर्म त्यसमाथि रहेका सयौँ भक्तजनसहित भत्कियो”, भक्तजनमध्ये एक राकेश जैनले प्रसारणकर्तालाई भने ।
भीड व्यवस्थापन र सुरक्षा कमजोरीका कारण प्रमुख धार्मिक पर्वहरूको समयमा भारतका पूजास्थलहरूमा घातक दुर्घटनाहरू सामान्य छन् । गत वर्ष उत्तर प्रदेश राज्यमा एक धार्मिक प्रवचनको अन्त्यमा भएको भागदौडमा १२१ जनाको मृत्यु भएको थियो । अर्को घटनामा सन् २०१६ मा दक्षिणी केरल राज्यको एक मन्दिरमा हिन्दू नयाँ वर्षको अवसरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको विशाल विस्फोटमा ११२ जनाको मृत्यु भएको थियो ।
मङ्गलबारको दुर्घटना नजिकैको सहर प्रयागराजमा आयोजित प्रार्थना र अनुष्ठान स्नानको हिन्दू पर्व कुम्भ मेलामा लाखौँ भक्तजन सहभागी भइरहेका बेला भएको हो । जैन धर्म भारतको एक प्राचीन धर्म हो । यो धर्मलाई भारतको एक अर्ब २५ करोड जनसङ्ख्याको एक प्रतिशतभन्दा कम मानिसले मान्छन् । यस धर्मले अहिंसा, कडा शाकाहारिता र सबै जीवजन्तुप्रति प्रेमको शिक्षा दिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: