ताप्लेजुङ । ताप्लेजुङमा महिलाको पाठेघरको क्यान्सरविरुद्ध दिइने खोप अभियान सञ्चालनका लागि केन्द्र निर्धारण गरिएको छ । जिल्लामा दुई चरणमा सञ्चालन हुने खोप अभियानका लागि खोप केन्द्र निर्धारण गरिएको हो ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार १४० विद्यालयसहित २२३ वटा खोप केन्द्र निर्धारण गरिएको छ । उक्त खोप केन्द्रहरूमार्फत करिब सात हजार १७८ जनाले सेवा प्राप्त गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । जसअनुसार सदरमुकामस्थित फुङलिङ नगरपापलिकामा दुई हजार ९८ जना, पाथीभरा याङवरक गाउँपालिकामा ५३४ जनाले सेवा पाउने छन् ।
यस्तै, सिरिजङ्घा गाउँपालिकामा ८२१ जना, सिदिङवा गाउँपालिकामा ६४१ जना, फक्ताङलुङ गाउँपालिकामा ६५२ जनाले खोप सेवा लिने छन् । मिक्वाखोला गाउँपालिकामा ४३४ जना, मेरिङदेन गाउँपालिकामा ६४२ जना, आठराई त्रिवेणीमा ६५६ जना मैवाखोला गाउँपालिकामा ६४२ जनाले सेवा प्राप्त गर्नसक्ने स्वास्थ्य कार्यालयको अनुमान रहेको छ ।
अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययरत तथा १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिन लागिएको छ । एचपिभी खोप अधियानका लागि खोप केन्द्र निर्धारणसँगै २२३ जना स्वास्थ्यकर्मी साथै ४४६ जना स्वयम्सेवक र ८१ जना सुपरीवेक्षक खटिने छन् । यता खोप अभियानलाई सफल बनाउन स्वास्थ्य कार्यालयले सबै पक्षलाई आग्रह गरेको छ ।
सदरमुकाम फुङ्लिङमा सरोकारवालासँग अभियानबारे छलफल कार्यक्रम आयोजना गर्दै स्वास्थ्य कार्यालयले सबैसँगै आग्रह गरेको हो । खोप अभियान माघ २२ देखि २६ गतेसम्म पहिलो चरणमा र दोस्रो चरणमा माघ २८ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने पनि स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ११ गते, २०८१ - १९:२५
काठमाडौं । रुसले युक्रेनमा एकैसाथ २६७ ड्रोनले आक्रमण गरेको छ । युक्रेन युद्धको तीन वर्ष पूरा हुनुभन्दा एक दिन अगाडि यो भिषण आक्रमण गरिएको बताइएको छ । ...
फाल्गुन ११ गते, २०८१ - १८:४१
काठमाडाैं । तराई मधेश–काठमाडौं द्रुतमार्ग (फास्ट ट्याक) को काम २०८३ चैतभित्रै सक्ने लक्ष्यका साथ काम भइरहेको नेपाली सेनाले जानकारी दिएकाे छ । सेना दिव...
फाल्गुन ११ गते, २०८१ - १८:३४
भक्तपुर । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनजाति मामिला आयोगका मन्त्री फान यूएको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डलले आइतबार भक्तपुरको अवलोकन भ्रमण गर...
फाल्गुन ११ गते, २०८१ - १८:२६
जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिवद्धता नआएसम्म गाजा युद्धविराम सम्...
फाल्गुन ११ गते, २०८१ - १८:२२
बेरुत । लेबनानी इस्लामिक लडाकू समूह हिजबुल्लाहको इजरायली आक्रमणमा मारिएका नेता हसन नसरल्लाहको अन्त्येष्टि आइतबार गरिएको छ । बेरुतको बाहिरी इलाकामा रहे...
फाल्गुन ११ गते, २०८१ - १८:१७
काठमाडाैं । नेपालमा अवैध रुपमा बस्दै आएका सात जना बंगलादेशीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरु...
फाल्गुन ११ गते, २०८१ - १८:१३
जाजरकाेट । जाजरकोटको नलगाड नगरपालिका– १० घ्यारगाउँमा सुक्खा पहिरोमा परी चारजना घाइते भएका छन् । राष्ट्रसंघीय खाद्य कार्यक्रमको आर्थिक सहायतामा सञ्च...
फाल्गुन ११ गते, २०८१ - १८:०९
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि विद्युतीय सवारी (इभी माइक्रो) सञ्चालनमा ल्याएको छ । यसअघि मिनीबसबाट सेवा दिँदै आए...
फाल्गुन ११ गते, २०८१ - १८:०६
काठमाडाैं । चन्द्रागिरि नगरपालिका–२, नागढुंगामा तीन सय ५४ ग्राम सुनसहित भारत उत्तर प्रदेश गोन्डा बस्ने ३० वर्षीय राकेश कुमारलाई आइतबार बिहान प्रहरीले ...
फाल्गुन ११ गते, २०८१ - १८:०३
कपिलवस्तु । भारत लैजान लागिएको करिब १५ किलो चरेस कपिलवस्तुमा बरामद भएको छ । भारततर्फ चरेस लैजान खोजिएको जानकारीका आधारमा सीमा क्षेत्रबाटै चरेस र तस्कर...
प्रतिकृया लेख्नुहोस्: