Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिवद्ध छ: मन्त्री थापा

खबरडबली संवाददाता

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
बुधबार पोखराका छुट्टाछुट्टै तीन विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले शिक्षाको गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान पुर्‍याउँदै आएको बताएका हुन् ।

मन्त्री थापाले पोखरा–९ नयाँबजारस्थित महेन्द्र मावि, पोखरा–१६ छहरेपानीस्थित ज्ञानज्योती मावि तथा पोखरा–२२ पुम्दिभूम्दिस्थित शुक्रराज माविको वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा सहभागि हुँदै शिक्षालाई समृद्धिको आधारका रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।

'विद्यार्थीहरूको उत्साह, शिक्षकहरूको समर्पण र अभिभावकहरूको साथ देख्दा नेपाली शिक्षाको उज्ज्वल भविष्य प्रति अझ आशावादी बन्ने अवसर मिल्यो । गण्डकी प्रदेश सरकारले शिक्षाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विकासमा निरन्तर काम गरिरहेको छ', उनले भने ।

प्रदेश सरकारले घोकन्ते विद्या भन्दा पनि सीपमुलक शिक्षामा जोड दिएको भनाई उनको छ । सिक्दै कमाउँदै, अभिभावक शिक्षा, फ्राइडे फर फ्युचर जस्ता महत्वपूर्ण कार्यक्रमले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने उनले उल्लेख गरे । उदाहरणीय सामुदायिक विद्यालयको उदाहरण प्रस्तुत गर्दै मन्त्री थापाले व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गरे ।

'पोखराका कतिपय विद्यालयहरुमा व्यवहारिक शिक्षा प्रदान गरिरहेको देखियो । जुन आजको आवश्यकता हो । हरेक विद्यालयमा अब व्यवहारिक शिक्षाको खाँचो छ । विद्यार्थीलाई नैतिक शिक्षा प्रवाह गरि जीविकोपार्जनमा सहज बनाउने बाटो तर्फ विद्यालय केन्द्रित हुन आवश्यक छ', उनले भने ।

मन्त्री थापाले विद्यालय प्रशासनलाई सफल कार्यक्रमका लागि बधाई दिँदै सम्पूर्ण विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गरेका छन् । तीन विद्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने विद्यालयका प्रगतिबारे जानकारी गराइएको थियो । स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा शिक्षाको प्रवद्र्धन तथा शिक्षासँग सम्बन्धित विभिन्न विषयमा वक्ताहरुले बालेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending