धरान । धरान उपमहानगरपालिकामा तामाङ जातिको नयाँ वर्ष सोनाम ल्होछार २८६१ को अवसरमा सांस्कृतिक झाँकी र्यालीसहित भव्य रुपमा मनाएका छन्।
बिहीबार तामाङ घेदुङ नगर समितिले आफ्नो संस्कार संस्कृति सहित धरानका गुम्बाबाट र्याली निकाली भानुभोक हुँदै छाता चोक, सिँहदेवि चोक, पुरानो बजार, देशी लाइन हुँदै पुनः भानु चोकमा आफ्नो संस्कार संस्कृतिको र्याली गरेको थियो।
संस्कार, संस्कृति बन्न हजारौं लाखौं वर्ष लाग्छ त्यसैले सबै जातजातीको धर्म संस्कार संस्कृति जोगाउनुपर्ने कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईले बताए । जाती राष्ट्र हो र सोनाम ल्होसार राष्ट्रीय पर्व हो, यो सबै जातजातीले मनाउनुपर्छ, सबैले सबै जातीको धर्मको सम्मान गर्नुपर्ने उनले बताए ।
नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले सोनाम ल्होछार पर्व माघ १७ गतेदेखि १५ दिनसम्म विविध कार्यक्रम मनाउने आयोजकले जनाएको छ। तामाङ जातीको नयाँ वर्षको रुपमा मनाउँदै आएको सोनाम ल्होछारका कार्यक्रम यस अघिका वर्षमा सांस्कृतिक पर्यटन महोत्सवको रुपमा मनाउदै आएको घेदुङका सचिव ललितबहादुर तामाङले बताए।
कार्यक्रममा २० वटै वडाको तामाङ सेलो नृत्य प्रस्तुत गरिएको थियो। नेपालसहित भारत, चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस्, थाइल्याण्ड, भुटानलगायत देशमा पनि माघ शुक्ल प्रतिपदाको तितिमा नै सोनाम ल्होछार धुमधामले मनाउने गरिन्छ।
कार्यक्रममा धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र बिक्रम बेघा, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक दिवश कुँवर, धरानका वडाध्यक्षहरु, जनप्रतिनिधिलगायत विभिन्न राजनितिक दलका प्रतिनिधिको उपस्थिति थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १४:०४
काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार कामीले जेठ...
जेष्ठ १ गते, २०८३ - १३:४६
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको...
जेष्ठ १ गते, २०८३ - १३:४०
नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको छ । भारतीय सरकारी तेल कम्पनीले...
जेष्ठ १ गते, २०८३ - १३:२८
बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको द...
जेष्ठ १ गते, २०८३ - १३:१४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल न...
जेष्ठ १ गते, २०८३ - १२:३०
कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–२५, हेमजामा विशेष ‘सरप्राइज चेकिङ’ गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा प्रहरीको कार्यसम्...
जेष्ठ १ गते, २०८३ - १२:०७
काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताए...
जेष्ठ १ गते, २०८३ - ११:५८
रौतहट। रौतहटमा एचआइभीरएड्स संक्रमितको संख्या उच्च रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटको तथ्याङ्कअनुसार हाल जिल्लामा चार सय २५ जनामा एचआइभ...
जेष्ठ १ गते, २०८३ - ११:४२
पाकिस्तान । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै २१ जना घाइते भएको...
जेष्ठ १ गते, २०८३ - ११:३०
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...



प्रतिकृया लेख्नुहोस्: