Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

अमेरिकी राष्ट्रपति ट्रम्प–चिनियाँ राष्ट्रपति सीबीच व्यापार सहमति

खबरडबली संवाददाता

बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गर्नुभएको छ । विश्वका दुई प्रमुख आर्थिक शक्तिबीच व्यापार, प्रविधि, उड्डयन र अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा केन्द्रित शिखर वार्तापछि ट्रम्पले भ्रमणलाई ‘धेरै सफल’ भएको प्रतिक्रिया दिनुभएको हो ।

बेइजिङमा आयोजित महाशक्ति शिखर सम्मेलनको अन्तिम चरणको वार्तापछि ट्रम्पले दुवै देशका लागि लाभदायक हुने खालका महत्त्वपूर्ण व्यापारिक समझदारी बनेको बताए। 

फरबिडन सिटी नजिकै रहेको चिनियाँ केन्द्रीय नेतृत्व परिसर झोङनानहाइको बगैँचामा सीसँग सँगै हिँड्दै उहाँले ‘दुवै मुलुकका लागि निकै राम्रो हुने व्यापार सम्झौताहरू सम्पन्न भएको’ उल्लेख गरे।

ट्रम्पले कृषि, उड्डयन, ऊर्जा र आर्टिफिसियल इन्टेलिजेन्सलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित बेइजिङ भ्रमण गर्नुभएको थियो । साथै मध्यपूर्वको तनावपूर्ण अवस्थादेखि विश्वव्यापी रणनीतिक मतभेदसम्मका विषयमा संवाद कायम राख्ने प्रयास पनि भ्रमणको प्रमुख एजेन्डामा रहेको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले भ्रमणलाई ‘माइलस्टोन’ अर्थात् ऐतिहासिक महत्त्वको भ्रमणका रूपमा वर्णन गर्दै दुवै देशले ‘रचनात्मक रणनीतिक स्थिरतामा आधारित नयाँ सम्बन्ध’ निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भविष्यमा सम्बन्धलाई थप सन्तुलित र स्थिर बनाउने दिशामा सहकार्य जारी रहने विश्वास व्यक्त गरे।

सीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसको रोज गार्डेनका लागि चिनियाँ फूलका बिउ पठाउने वाचा पनि गरेको थिए । यसलाई दुई नेताबीचको व्यक्तिगत सम्बन्धलाई मैत्रीपूर्ण बनाउन गरिएको साङ्केतिक पहलका रूपमा हेरिएको छ ।

शिखर सम्मेलनको पहिलो दिनपछि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सी जिनपिङ अमेरिकी पक्षका धेरै प्राथमिकतामा सकारात्मक देखिएको बताए । उहाँका अनुसार चीनले अमेरिकी बोइङ कम्पनीका ‘२०० वटा ठूला जेट विमान’ खरिद गर्ने समझदारी जनाएको छ । यद्यपि यसबारे औपचारिक विवरण सार्वजनिक गरिएको छैन ।

ट्रम्पले चीनले अमेरिकी तेल र सोयाबिन खरिदमा पनि रुचि देखाएको जानकारी दिनुभयो । पछिल्ला वर्षहरूमा व्यापारिक कर र द्विपक्षीय तनावका कारण चीनले अमेरिकी कृषि उत्पादन खरिद घटाउँदै ब्राजिलतर्फ झुकेको थियो । त्यसैले नयाँ समझदारीले अमेरिकी कृषि बजारलाई राहत दिनसक्ने विश्लेषण गरिएको छ ।

भेटवार्ताका क्रममा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको अमेरिकी पक्षले जनाएको छ । ट्रम्पका अनुसार सी जिनपिङले इरानलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा चीनको कुनै योजना नरहेको स्पष्ट पार्नुभएको थियो । साथै विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी खुला राख्नुपर्ने पक्षमा चीन रहेको उहाँले उल्लेख गर्नुभयो ।

यसैबीच चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा ‘व्यापक र दिगो युद्धविराम’ को आवश्यकता औँल्याउँदै अन्तर्राष्ट्रिय ढुवानी मार्गहरू यथाशीघ्र सामान्य अवस्थामा फर्काइनुपर्ने बताएको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प र सीबीच आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० को सुरक्षित र जिम्मेवार प्रयोगका लागि साझा ‘गार्डरेल’ अर्थात् नियामकीय सीमारेखा निर्माणबारे पनि छलफल भएको जानकारी दिए। उनले विश्वका ‘दुई एआई महाशक्ति’ बीच संवाद सुरु हुनु महत्त्वपूर्ण भएको बताए।

यद्यपि उन्नत प्रविधिमा अमेरिकी निर्यात नियन्त्रण र चिनियाँ प्रविधि पहुँचसम्बन्धी विवाद अझै संवेदनशील विषयका रूपमा कायम रहेको विश्लेषण गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending