काठमाडौं । राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो २०२५’ सुरु भएको छ । बालबच्चा तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउनका लागि एक्स्पो आयोजना गरिएको हो ।
बुधबार एक कार्यक्रमकाबीच अभिनेत्री प्रियंका र उनकी छोरी आयांकाले संयुक्त रुपमा एक्स्पोका उद्घाटन गरेका छन् । ‘वान स्टप सोलुसन फर फेमिली एण्ड बेबी रिलेटेड प्रोडक्ट्स एण्ड सर्भिसेज’ भन्ने स्लोगानका साथ इभेण्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको एक्स्पोमा बालबच्चाका लागि आवश्यक सबै सामान तथा सेवा एकै छानामुनी उपलब्ध गराइएको छ । निशुल्क प्रवेश गर्न सकिने एक्स्पोमा बालबालिकाहरुले मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफी एक्टिभिटिजमा सहभागि हुन सक्छन् । फोटो बुथ तथा ३६० डिग्री क्यामेरा आकर्षणका रुपमा रहने एक्स्पोमा ट्रिजर हण्ट, स्पीन द ह्वील, स्काउट गेम तथा डान्समा बालबच्चा रमाउन सक्छन् ।
अभिभावकहरुले आफ्ना बालबच्चालाई सक्रिय बनाउन तथा फरक वाताबरणमा घुलमिल गराउन एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । बेलुन पपअप, म्युजिकल चियर, चक्चा दौड, फेस पेन्टिङ तथा ड्रइङ, पानीपुरी तथा पपकर्न खाने प्रतियोगिता एक्स्पोको आकर्षणका रुपमा रहेका छन् । एक्स्पोका विभिन्न कृयाकलापमा सहभागि हुनेहरुलाई दैनिक रुपमा गोलाप्रथाबाट उपहार प्रदान गरिने इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए ।
एक्स्पोमा आउने बालबालिका तथा अभिभावकको सहजताका लागि एक्स्पोस्थलमा ब्रेस्ट फिडिङ बुथ, चेन्जिङ बुथ लगायतका अत्यावश्यक सेवा समावेश गरिएको प्रधानले बताए । उनका अनुसार एक्स्पो अवलोकनकर्ताहरुले यस्ता सेवा प्रभावकारी भएको र अभिभावकलाई एक्स्पोमा आउँदा कुनै समस्या नहुने प्रतिकृया दिएका छन् ।
बालबालिका तथा अभिभावकलाई लक्षित गरी विभिन्न किसिमका जानकारीमुलक सेसनहरु पनि सञ्चालन हुने एक्स्पोमा आमाबाबु र परिवार सम्बन्धि जानकारी प्रदान गरिनेछ भने महिला तथा बालबालिकामा हुने क्यान्सर तथा अटिजम र आईभिएफका बारेमा जानकारी दिने सेसनहरु पनि सञ्चालन हुनेछन् ।
एक्स्पोमा जादु तथा सांगितिक मनोरन्जनात्मक प्रदर्शनीहरु पनि सञ्चालन हुनेछन् । यसका अलावा बालबच्चाका लागि आवश्यक पर्ने सबै किसिमका वस्तु तथा सेवा सुपथ मूल्यमा खरिद गर्न सकिने प्रधानले जनाए । माघ १९ गते शनिबार समापन हुने एक्स्पोको क्लोजिङ सेसनमा ‘टीम कार्टुन’ को विशेष प्रस्तुती रहनेछ ।
लक्ष्य लिइएको एक्स्पोलाई जार रेस्टुरेण्ट, द वन्डरल्याण्ड, साउथवेष्टर्न स्कूल, वर्किङ टुगेदर फर सोसियो इकोनोमिक ट्रान्सफर्मेशन, ललितपुर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ काठमाण्डौं, नेपाल स्काउट, आक्र्स फुड, साउथ एशियन एस्ट्रो फेडेरेशन ले सहयोग गरेका छन् । त्यसैगरी एक्स्पोका सहयोगीहरुमा नेपाल फर्निचर तथा फर्निसिङ संघ, एक्जिविशन लाइट हाउस, लायन्स क्लब अफ काठमाण्डौं युनिभर्सल, फ्रेस रस, वेबट्युन्ड स्टूडियो, लक्ष्मी हेयर एण्ड व्युटी स्टुडियो, ऐविवि अष्ट्रेलिया तथा वर्ल्डलिंक कम्युनिकेशन रहेका छन् ।
एक्स्पोले अभिभावकलाई आफ्ना बालबालिकाको क्षमता परीक्षण गर्ने उचित गन्तव्य बन्ने आयोजकको अपेक्षा छ । बजारमा भौंतारिएर वस्तु तथा सेवाका साथै मनोरन्जनका साधनको खोजी गर्नुपर्ने अभिभावकको बाध्यतालाई पनि एक्स्पोले समाधान गर्ने आयोजकको विश्वास छ । बालबच्चा तथा अभिभावक गरी २५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - २०:०६
काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...
चैत्र ३० गते, २०८२ - १९:३८
कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...
चैत्र ३० गते, २०८२ - १९:३५
काठमाडौं। नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...
चैत्र ३० गते, २०८२ - १९:१७
काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...
चैत्र ३० गते, २०८२ - १९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...


प्रतिकृया लेख्नुहोस्: