Ntc summer Offer
Khabar Dabali ८ फाल्गुन २०८१ बिहीबार | 20th February, 2025 Thu
Investment bank

राजधानीको भृकुटीमण्डपमा सुरु भयो फेमिली एन्ड बेबी एक्स्पो

खबरडबली संवाददाता

काठमाडौं ।   राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो २०२५’ सुरु भएको छ । बालबच्चा तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउनका लागि एक्स्पो आयोजना गरिएको हो । 
बुधबार एक कार्यक्रमकाबीच अभिनेत्री प्रियंका र उनकी छोरी आयांकाले संयुक्त रुपमा एक्स्पोका उद्घाटन गरेका छन् । ‘वान स्टप सोलुसन फर फेमिली एण्ड बेबी रिलेटेड प्रोडक्ट्स एण्ड सर्भिसेज’ भन्ने स्लोगानका साथ इभेण्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको एक्स्पोमा बालबच्चाका लागि आवश्यक सबै सामान तथा सेवा एकै छानामुनी उपलब्ध गराइएको छ । निशुल्क प्रवेश गर्न सकिने एक्स्पोमा बालबालिकाहरुले मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफी एक्टिभिटिजमा सहभागि हुन सक्छन् । फोटो बुथ तथा ३६० डिग्री क्यामेरा आकर्षणका रुपमा रहने एक्स्पोमा ट्रिजर हण्ट, स्पीन द ह्वील, स्काउट गेम तथा डान्समा बालबच्चा रमाउन सक्छन् । 
अभिभावकहरुले आफ्ना बालबच्चालाई सक्रिय बनाउन तथा फरक वाताबरणमा घुलमिल गराउन एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । बेलुन पपअप, म्युजिकल चियर, चक्चा दौड, फेस पेन्टिङ तथा ड्रइङ, पानीपुरी तथा पपकर्न खाने प्रतियोगिता एक्स्पोको आकर्षणका रुपमा रहेका छन् । एक्स्पोका विभिन्न कृयाकलापमा सहभागि हुनेहरुलाई दैनिक रुपमा गोलाप्रथाबाट उपहार प्रदान गरिने इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए । 
एक्स्पोमा आउने बालबालिका तथा अभिभावकको सहजताका लागि एक्स्पोस्थलमा ब्रेस्ट फिडिङ बुथ, चेन्जिङ बुथ लगायतका अत्यावश्यक सेवा समावेश गरिएको प्रधानले बताए । उनका अनुसार एक्स्पो अवलोकनकर्ताहरुले यस्ता सेवा प्रभावकारी भएको र अभिभावकलाई एक्स्पोमा आउँदा कुनै समस्या नहुने प्रतिकृया दिएका छन् ।
बालबालिका तथा अभिभावकलाई लक्षित गरी विभिन्न किसिमका जानकारीमुलक सेसनहरु पनि सञ्चालन हुने एक्स्पोमा आमाबाबु र परिवार सम्बन्धि जानकारी प्रदान गरिनेछ भने महिला तथा बालबालिकामा हुने क्यान्सर तथा अटिजम र आईभिएफका बारेमा जानकारी दिने सेसनहरु पनि सञ्चालन हुनेछन् ।
एक्स्पोमा जादु तथा सांगितिक मनोरन्जनात्मक प्रदर्शनीहरु पनि सञ्चालन हुनेछन् । यसका अलावा बालबच्चाका लागि आवश्यक पर्ने सबै किसिमका वस्तु तथा सेवा सुपथ मूल्यमा खरिद गर्न सकिने प्रधानले जनाए । माघ १९ गते शनिबार समापन हुने एक्स्पोको क्लोजिङ सेसनमा ‘टीम कार्टुन’ को विशेष प्रस्तुती रहनेछ ।
लक्ष्य लिइएको एक्स्पोलाई जार रेस्टुरेण्ट, द वन्डरल्याण्ड, साउथवेष्टर्न स्कूल, वर्किङ टुगेदर फर सोसियो इकोनोमिक ट्रान्सफर्मेशन, ललितपुर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ काठमाण्डौं, नेपाल स्काउट, आक्र्स फुड, साउथ एशियन एस्ट्रो फेडेरेशन ले सहयोग गरेका छन् । त्यसैगरी एक्स्पोका सहयोगीहरुमा नेपाल फर्निचर तथा फर्निसिङ संघ, एक्जिविशन लाइट हाउस, लायन्स क्लब अफ काठमाण्डौं युनिभर्सल, फ्रेस रस, वेबट्युन्ड स्टूडियो, लक्ष्मी हेयर एण्ड व्युटी स्टुडियो, ऐविवि अष्ट्रेलिया तथा वर्ल्डलिंक कम्युनिकेशन रहेका छन् । 
एक्स्पोले अभिभावकलाई आफ्ना बालबालिकाको क्षमता परीक्षण गर्ने उचित गन्तव्य बन्ने आयोजकको अपेक्षा छ । बजारमा भौंतारिएर वस्तु तथा सेवाका साथै मनोरन्जनका साधनको खोजी गर्नुपर्ने अभिभावकको बाध्यतालाई पनि एक्स्पोले समाधान गर्ने आयोजकको विश्वास छ । बालबच्चा तथा अभिभावक गरी २५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हनुमानढोकामा एक व्यक्ति मृत फेला, हत्या आशंकामा २ जना पक्राउ

काठमाडौं । हनुमानढोका एक जना व्यक्ति मृत फेला परेका छन् । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुष व्यक्तिको शव भेटिएको हो । जिल्ला प्रहरी...

वर्षौंको मेहनत जंगली हात्तीले पार्यो एकै रातमा सखाप

सर्लाही । सर्लाहीमा दुई दिनयता जङ्गली हात्तीको समूहले आतंक मच्चाइरहेको छ। महोत्तरीको गौशालातर्फबाट बाँके खोला पार गरी आएका पाँचवटा हात्तीले स्थानीय बस...

रास्वपाको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक बस्दै छ।  बैठक बिहीबार दिउँसो दुई बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागिएको रास्वपाक...

प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने केआईआईटीको घोषणा

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ । यु...

चुनावपछि महाधिवेशन गरे कांग्रेसको हालत खतम हुन्छः शेखर कोइराला

सुर्खेत। नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम हुने बताएका छन् । बिहीबार सुर्खेत विमानस्थलम...

संविधानसभा सदस्य सापकोटाको पार्थिव शरीर पार्टी कार्यालयमा, अध्यक्ष नेपाल लगायतका नेताद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्या...

भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

बैतडी । बैतडीमा भिरबाट लडेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहा...

यूएसएडको पैसा खाएर हिन्दू धर्मविरुद्ध प्रचार गरेको भन्ने आरोपको मह जोडीले गरे खण्डन

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले यूएसएडको पैसा लिएर धर्म विरोधी काम गरेको भन्ने आरोपको खण्डन गरेका छन् । उनीहरुले आज भिडियो सन...

सुनको मूल्य तोलाकै १ लाख ७१ हजार रुपैयाँ, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य फेरि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । यससँगै आ...

देशभर मानवअधिकार उल्लङ्घनका घटना बढ्दै, कर्णालीमा मात्रै ६०८ जना पीडित

सुर्खेत । सन् २०२४ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १० हजार ७ सय ३४ जना पीडित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy