काठमाडाैं । मधेश केन्द्रित दलहरुबीच सहकार्यको वातावरण बनाउन र साझा एजेन्डा तय गर्न आठ सदस्यीय कार्यदल गठन भएको छ । सिंहदरबारमा बसेको आठ दलको बैठकले सबै दलका प्रतिनिधि रहने गरी कार्यदल बनाएको नेता केशव झाले जानकारी दिए ।
कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतका शरद सिंह यादव, जसपा नेपालका मनिष सुमन, नागरिक उन्मुक्तिका गंगाराम चौधरी, लोसपाका लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीका केशव झा, जनता प्रगतिशीलका शिवजि यादव र तमलोपाका ब्रजेस सिंह रहेका छन् ।
आठ दल सम्मिलित कार्यदलले साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगातयका कार्य गर्ने जनमतका प्रवक्ता शरदसिंह यादवले बताए । उनले भने, ‘सरकारले ल्याएका विधेयकमा साझा धारणा बनाएर संसदमा रहेका दलले कस्तो रुपमा प्रस्तुत हुने बारेमा छलफल भएको छ । सामाजिक सञ्जाललाई नियमन भन्दा पनि नियन्त्रण विधेयक सरकारले ल्याएको छ । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न भएन ।’
बैठकमा साझा धारणा सार्वजनिक गर्न ढिला गर्न नहुनेमा सबै दल एकमत रहेको बताइएकाे छ । कार्यदलले नियमित बैठक राखेर अवधारणा, एजेण्डा र निर्मण हुने मोर्चाको कार्यहरुका लागि आचारसंहिता र मोडालिटी तयार बनाउने बताइएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८१ - २१:००
जेनेभा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्...
फाल्गुन ७ गते, २०८१ - २०:५४
लिमा । पेरुमा मादक पदार्थ सेवन गरी आएका एक व्यक्तिले ५०० वर्ष पुरानो पुरातात्विक वस्तु (‘ट्वेल्भ एङ्गल स्टोन’)मा तोडफोड गरेको अधिकारीहरूले मङ्गलबार बत...
फाल्गुन ७ गते, २०८१ - २०:४९
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१ विश्वज्योती हल नजिक सडकमा भोटाहिटीदेखि त...
फाल्गुन ७ गते, २०८१ - २०:०७
काभ्रेपलाञ्चोक । गत स्थानीय निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवार भई अध्यक्ष निर्वाचित भएका पालिका अध्यक्ष प्रेम बहादुर भुजेल नेतृत्वको काभ्र...
फाल्गुन ७ गते, २०८१ - २०:०३
प्युठान । प्युठान नगरपालिका –१ खैराका भोजबहादुर बस्नेतले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा गाई तथा भैसीपालन गर्दै आएका छन् । गाउँमै गाई फार्म सञ्चालन...
फाल्गुन ७ गते, २०८१ - १९:५५
जनकपुरधाम । जलवायु परिर्वतनका कारण कृषिका साथसाथै पशुपालनको क्षेत्रमा समेत विभिन्न खालका प्रभाव पर्न थालेकाले पशुपालकले अगामी दिनमा जलवायु सहनशील पशुप...
फाल्गुन ७ गते, २०८१ - १९:४७
हेटौँडा । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मकवानपुरका बागमत...
फाल्गुन ७ गते, २०८१ - १९:४३
काठमाडौं । नेपाल र ओमनकाबिच पर्यटनको विकास, प्रवर्द्धन र आवश्यक सहयोग तथा समन्वय सम्बन्धमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । आठौँ हिन्द ...
फाल्गुन ७ गते, २०८१ - १९:४०
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा.प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कांग्रेसले गर्दै आएको बताएका छन् ।...
फाल्गुन ७ गते, २०८१ - १९:३५
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र)ले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियानको समय तालिका सार्वजनिक गरेकाे छ । गएकाे पुस २३...
प्रतिकृया लेख्नुहोस्: