Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

स्याङ्जामा नौ हजार ३१९ किशोरीलाई एचपिभी खोप लगाइँदै

खबरडबली संवाददाता

स्याङ्जा । स्याङ्जामा नौ हजार ३१९ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान अन्तर्गत स्याङ्जाका ११ वटै स्थानीय तहका १० देखि १४ वर्ष उमेरका किशोरीले खोप लगाउने भएका हुन् ।

बिहीबार प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले गरेको एचपिभी खोपसम्बन्धी जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरु र सञ्चारकर्मीसङ्ग अन्तरक्रिया गोष्ठीमा जानाकारी गराइएको हो । गोष्ठीमा मुखको क्यान्सरबारे जानकारी, रोकथामका उपाय, अभियानमा प्रयोग हुने एचपिभी खोपको परिचय, खोप सेवा सञ्चालनको पृष्ठभूमि साथै खोप सेवा सञ्चालनको औचित्य, खोप सेवाका लक्षित उमेर समूह र संख्या तथा खोप अभियान सञ्चालन कार्यनीति बारे जानाकारी गराएको छ ।

जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईले यो खोप अभियान माघ २२ देखि २७ गतेसम्म कक्षा –६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीले लगाउने बताए । विद्यालय जाने नौ हजार २८८ र विद्यालय नजाने किशोरी ३१ जना रहेको बताउँदै चापागाईले सबैभन्दा धेरै वालिङमा एक हजार ९८० जनाले खोप लगाउने बताए । 

सबैभन्दा कम आँधीखोला गाउँपालिकामा ३९९ जना, पुतलीबजार नगरपालिकामा एक हजार ३७८ जना, भीरकोट नगरपालिकामा ८३३ जना, चापाकोट नगरपालिकामा ८९०, गल्याङ नगरपालिकामा एक हजार १११ जना, फेदिखोला गाउँपालिकामा ४६४ जनाले खोप लगाउने छन् ।

यस्तै, हरिनासमा ४६१ जना, विरुवामा ४२६ जना, अर्जुनचौपारीमा ४३७ जना, कालीगण्डकी गाउँपालिकामा ५९८ जनाले खोप लगाउने चापागाईले बताए । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरकाले परिचय खुल्ने कागजपत्रसहित पायक पर्ने विद्यालयमा गएर खोप लगाउन सक्ने छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending