स्याङ्जा । स्याङ्जामा नौ हजार ३१९ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान अन्तर्गत स्याङ्जाका ११ वटै स्थानीय तहका १० देखि १४ वर्ष उमेरका किशोरीले खोप लगाउने भएका हुन् ।
बिहीबार प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले गरेको एचपिभी खोपसम्बन्धी जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरु र सञ्चारकर्मीसङ्ग अन्तरक्रिया गोष्ठीमा जानाकारी गराइएको हो । गोष्ठीमा मुखको क्यान्सरबारे जानकारी, रोकथामका उपाय, अभियानमा प्रयोग हुने एचपिभी खोपको परिचय, खोप सेवा सञ्चालनको पृष्ठभूमि साथै खोप सेवा सञ्चालनको औचित्य, खोप सेवाका लक्षित उमेर समूह र संख्या तथा खोप अभियान सञ्चालन कार्यनीति बारे जानाकारी गराएको छ ।
जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईले यो खोप अभियान माघ २२ देखि २७ गतेसम्म कक्षा –६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीले लगाउने बताए । विद्यालय जाने नौ हजार २८८ र विद्यालय नजाने किशोरी ३१ जना रहेको बताउँदै चापागाईले सबैभन्दा धेरै वालिङमा एक हजार ९८० जनाले खोप लगाउने बताए ।
सबैभन्दा कम आँधीखोला गाउँपालिकामा ३९९ जना, पुतलीबजार नगरपालिकामा एक हजार ३७८ जना, भीरकोट नगरपालिकामा ८३३ जना, चापाकोट नगरपालिकामा ८९०, गल्याङ नगरपालिकामा एक हजार १११ जना, फेदिखोला गाउँपालिकामा ४६४ जनाले खोप लगाउने छन् ।
यस्तै, हरिनासमा ४६१ जना, विरुवामा ४२६ जना, अर्जुनचौपारीमा ४३७ जना, कालीगण्डकी गाउँपालिकामा ५९८ जनाले खोप लगाउने चापागाईले बताए । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरकाले परिचय खुल्ने कागजपत्रसहित पायक पर्ने विद्यालयमा गएर खोप लगाउन सक्ने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८१ - २१:००
जेनेभा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्...
फाल्गुन ७ गते, २०८१ - २०:५४
लिमा । पेरुमा मादक पदार्थ सेवन गरी आएका एक व्यक्तिले ५०० वर्ष पुरानो पुरातात्विक वस्तु (‘ट्वेल्भ एङ्गल स्टोन’)मा तोडफोड गरेको अधिकारीहरूले मङ्गलबार बत...
फाल्गुन ७ गते, २०८१ - २०:४९
काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१ विश्वज्योती हल नजिक सडकमा भोटाहिटीदेखि त...
फाल्गुन ७ गते, २०८१ - २०:०७
काभ्रेपलाञ्चोक । गत स्थानीय निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवार भई अध्यक्ष निर्वाचित भएका पालिका अध्यक्ष प्रेम बहादुर भुजेल नेतृत्वको काभ्र...
फाल्गुन ७ गते, २०८१ - २०:०३
प्युठान । प्युठान नगरपालिका –१ खैराका भोजबहादुर बस्नेतले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा गाई तथा भैसीपालन गर्दै आएका छन् । गाउँमै गाई फार्म सञ्चालन...
फाल्गुन ७ गते, २०८१ - १९:५५
जनकपुरधाम । जलवायु परिर्वतनका कारण कृषिका साथसाथै पशुपालनको क्षेत्रमा समेत विभिन्न खालका प्रभाव पर्न थालेकाले पशुपालकले अगामी दिनमा जलवायु सहनशील पशुप...
फाल्गुन ७ गते, २०८१ - १९:४७
हेटौँडा । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मकवानपुरका बागमत...
फाल्गुन ७ गते, २०८१ - १९:४३
काठमाडौं । नेपाल र ओमनकाबिच पर्यटनको विकास, प्रवर्द्धन र आवश्यक सहयोग तथा समन्वय सम्बन्धमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । आठौँ हिन्द ...
फाल्गुन ७ गते, २०८१ - १९:४०
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा.प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कांग्रेसले गर्दै आएको बताएका छन् ।...
फाल्गुन ७ गते, २०८१ - १९:३५
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र)ले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियानको समय तालिका सार्वजनिक गरेकाे छ । गएकाे पुस २३...
प्रतिकृया लेख्नुहोस्: