Ntc summer Offer
Khabar Dabali ८ फाल्गुन २०८१ बिहीबार | 20th February, 2025 Thu
Investment bank

मौरिस हर्जोगको चर्चित पुस्तक ‘अन्नपूर्ण प्रिमियर ८०००’ अब नेपाली भाषामा

खबरडबली संवाददाता

काठमाडौं । मौरिस हर्जोगको प्रसिद्ध पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ को नेपाली अनुवाद सकिएको छ । नेपालका लागि फ्रान्सकी महामहिम राजदूत भिर्जिनी कोर्तभालले उक्त अनुवादको मस्यौदा फाइनप्रिन्टका सीईओ नीरज भारीलाई हस्तान्तरण गरेकी छन् । 

सन् १९५१ मा पहिलो पटक प्रकाशित ऐतिहासिक यात्रावृत्तान्त अन्नपूर्णले विश्वभरिका पाठकलाई मन्त्रमुग्ध पारेको छ । यो पुस्तक अन्नपूर्णको सफल आरोहणबारे हो, जुन विश्वकै पहिलो ८००० मिटर अग्लो शिखर आरोहण थियो । यो पुस्तक दर्जनौं भाषामा अनूदित भई लाखौं प्रति बिक्री भइसकेको छ । यसले नेपाललाई विश्वभर पर्वतारोहण र साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा परिचित गराएको छ ।

तर अहिलेसम्म यो पुस्तक नेपाली भाषामा अनुवाद भएको थिएन । यस अनुवादको प्रकाशन नेपाली पाठकहरूका लागि एक महत्त्वपूर्ण उपलब्धि हुनेछ, जसले उनीहरूलाई यस अद्भुत साहसिक यात्रासँग आत्मीय रूपमा जोड्ने अवसर दिनेछ । फ्रान्सेली दूतावासद्वारा वित्तीय सहयोग रहेको यसको अनुवाद जिम्मेवारी प्रान्सेली केन्द्रलाई दिइएको थियो ।

‘मौरिस हर्जोगको ‘अन्नपूर्ण : प्रिमियर ८०००’ ले नेपाललाई विश्वभर चिनाउन ठूलो भूमिका खेलेको छ, तर यो अहिलेसम्म नेपाली भाषामा आउन सकेको थिएन,’ फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, ‘यस ऐतिहासिक कृतिलाई नेपालीमा अनुवाद गरेर हामी यो फ्रान्सेली–नेपाली आरोहण टोली तथा हर्जोग र लुइस लाचेनालको अद्वितीय उपलब्धिलाई सम्मान गर्न चाहन्छौँ । साथै यस पुस्तलाई  आम नेपालीसम्म पुर्‍याउने हाम्रो प्रयास हो ।’

मौरिस हर्जोगको ‘अन्नपूर्ण : प्रिमियर ८०००’को नेपाली अनुवादलाई सहयोग गर्न पाउँदा फ्रान्सेली दूतावास गौरवान्वित भएको अनुवाद हस्तान्तरणका अवसरमा महामहिम राजदूत कोर्तभालले बताइन् । यस पुस्तकले नेपाललाई विश्वभर चिनाउने महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । ‘नेपाली भाषामा उपलब्ध भएपछि यस पुस्तकलाई धेरै नेपाली पाठकले आफ्नै भाषामा पढ्न पाउनेछन् । हामी आशा गर्छौं कि यस अनुवादले नेपाल र अन्यत्रका भावी पुस्ताहरूमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भनिन् ।

हर्जोगको अन्नपूर्ण केवल साहस र सहनशीलताको कथा मात्र होइन; यो मानव दृढता, टोली भावना र अन्वेषणको अदम्य इच्छाशक्तिको कहानी हो । यसको रोमाञ्चक कथावस्तुका अतिरिक्त यस पुस्तकले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । यसले नेपालमा पर्वतारोही र ट्रेकिङ यात्रीहरूको संख्या उल्लेखनीय रूपमा बढाएको छ, जसले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ र देशलाई साहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गराएको छ ।

फ्रेन्च भाषाका अध्यापकहरू अशोक शाक्य र रिजेन्द्र श्रेष्ठले अनुवाद गरेको यस पुस्तकले नेपालको सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यलाई उजागर गर्दै आएको छ, जसले असंख्य व्यक्तिहरूलाई नेपालको समृद्ध सांस्कृतिक सम्पदा र अनुपम हिमाली दृश्यहरू अन्वेषण गर्न प्रेरित गरेको छ । यसले नेपाललाई पर्वतारोहण र साहसिक यात्राका लागि अद्वितीय अवसरहरूको भूमिका रूपमा थप स्थापित गरेको छ ।

नेपाली अनूदित संस्करण सन् २०२५ जुन ३ मा सार्वजनिक गरिनेछ, जुन दिन ठीक ७५ वर्षअघि मौरिस हर्जोग र लुइस लाचेनालले अन्नपूर्णको चुचुरोमा पाइला टेकेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड

पेरिस । इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन् ।...

फोर नेसन्स कप: लेबनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानल...

बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

बैतडी । बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ ।  जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र ब...

झापा-११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा

भद्रपुर । झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगित...

नक्कली सुन देखाएर ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । एक महिनायता भक्तपुर जिल्लामा नक्कली सुन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बा...

सुदूरपश्चिमको विकासका लागि सबै मन्त्री, सांसद र नेताहरू एक ठाउँमा छौंः मन्त्री भण्डारी

कैलाली । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमको विकासका लागि सो प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र अन्य नेताहरू ...

चेक रिपब्लिक पठाइदिने भन्दै ठगी गरेकाे आरोपमा दमकका डाइमन्ड सम्बाहाम्फे पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपा...

पर्वतका डिएसपी विष्ट भए गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन विष्ट गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी बनेका छन् । पर्वत जिल्ला प्रहरी ...

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक

काठमाडौं । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ । फागुन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो नि...

छजना युवाले पाए ‘दिगो विकास प्रवर्द्धन युवा अवार्ड’

काठमाडौं । विभिन्न क्षेत्रमा काम गरिरहेका ६ युवालाई ‘दिगो विकास प्रवर्द्धन युवा अवार्ड’ प्रदान गरिएको छ । दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालको आय...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy