उदयपुर । उदयपुर जिल्लामा रहेका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्न ‘राइड टु कोशी–२०८१’ कार्यक्रम हुने भएको छ । उदयपुर जिल्ला साइक्लिङ संघ र नेपाली सेनाको संयुक्त आयोजनामा आगामी फागुन १६ र १७ गते ‘राइड टु कोशी–२०८१’ कार्यक्रम हुने भएको हो ।
साइकलको माध्यमबाट जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नुका साथै वातावरण प्रदूषण रोकथाम गर्ने उद्देश्यले साइड टु कोशी आयोजना गरिएको बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला साइक्लिङ संघका अध्यक्ष माधव बानियाँले जानकारी दिए ।
उनका अनुसार यात्रामा देशभरका तीन सयदेखि पाँच सयसम्म साइकलयात्रीले सहभागिता जनाउनेछन् । साइकल यात्रा त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भएर बेलटार, रामपुर हुँदै चतरा, उदयपुरतर्फको कोशी टप्पुसम्म पुग्नेछ । त्यसपछि पुनः अर्को दिन सो यात्रा गाईघाट आएर समापन हुने बताइएको छ ।
आयोजकका अनुसार स्वास्थ्य, फिटनेस, एकता र वातावरणीय सचेतनालाई प्रवर्द्धन गर्ने, बढ्दो सहरीकरणले वातावरणमा पारेको नकारात्मक प्रभावबारे जनचेतना जगाउन यो कार्यक्रम महत्त्वपूर्ण रहनेछ । २०८२ लाई कोशी प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा यस कार्यक्रमले उदयपुर जिल्लाको पर्यटन विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८१ - २१:१२
उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा बोलेरो जिपको ठक्करबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदा...
फाल्गुन २२ गते, २०८१ - २१:०६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट...
फाल्गुन २२ गते, २०८१ - २०:२८
काठमाडौं । पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच धर्मशाला सञ्चालन गर्ने बारेको सम्झौता खारेज भएको छ । उच्च अदालत पाटनले सो सम्झौता खा...
फाल्गुन २२ गते, २०८१ - २०:२३
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले चार बुँदे स्पष्टीकरण सोधेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को ...
फाल्गुन २२ गते, २०८१ - २०:०४
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ...
फाल्गुन २२ गते, २०८१ - २०:००
पाेखरा । गण्डकी प्रदेश सभाको बिहीबार भएको सातौं अधिवेशन अन्तर्गतको चौथो बैठकमा चार विधेयक पेश भएका छन् । सभामा उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्य...
फाल्गुन २२ गते, २०८१ - १९:५५
बाँके । दस किलो लागुऔषध चरेससहित नेपाल भारत सीमा पारी रुपैडिहाबाट एक नेपाली नागरिक पक्राउ परेका छन् । नेपाल भारत नाकाको भारतीय चेकपोष्टमा भारतीय ...
फाल्गुन २२ गते, २०८१ - १९:५०
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलबाट गलहत्याइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनता...
फाल्गुन २२ गते, २०८१ - १९:४१
काठमाडौं । नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ । बलाध्यक्ष रथी प्रदीप जंग केसीले एक कार्यक्रमका बिच ताल...
फाल्गुन २२ गते, २०८१ - १९:३७
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरु मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरु प्रस्तुत ग...
प्रतिकृया लेख्नुहोस्: