इन्डोनेसिया । इन्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको एक पर्यटकीय तटमा डुङ्गाबाट आएका दर्जनौँ रोहिङ्ग्या शरणार्थीलाई स्थानीयले अवतरण गर्न अनुमति दिएपछि अस्थायी आश्रयस्थलमा सारिएको एक अधिकारीले बिहीबार बताएका छन् ।
म्यान्माको अल्पसङ्ख्यक मुस्लिम रोहिङ्ग्या समुदायमाथि अत्यधिक उत्पीडन भइरहेका कारण त्यहाँबाट शान्ति र रोजगारीको खोजीमा हरेक वर्ष हजारौँंले बङ्गलादेश, मलेसिया, इन्डोनेसिया पुग्न लामो र खतरनाक समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा पार्ने गरेका छन् ।
चार बालबालिकासहित ७६ शरणार्थीको पछिल्लो समूहलाई बुधबार राति आचेह प्रान्तको पूर्वी आचेह शहरको एक फुटबल मैदानमा पाल टाँगी अस्थायीरूपमा बस्नदिने प्रशासनले स्वीकृति दिएको हो ।
स्थानीय प्रशासनका अधिकारी इस्कन्दरका अनुसार अधिकारीहरूले सुरुमा शरणार्थीहरूलाई भाग्नबाट रोक्न र केही स्थानीय बासिन्दाहरूले शहरमा उनीहरूको उपस्थितिको विरोध गरेका कारण उनीहरूलाई डुङ्गाबाट ओर्लिन वा सामुद्रिक किनारबाट बाहिर जानबाट रोकेका थिए ।
इस्कन्दरले एएफपीसँग भने, “धेरै घण्टा पछि एक सहमति मा पुगिएको छ । शरणार्थीहरूलाई अब ओर्लिन शिविरभित्र बस्न अनुमति दिइनेछ ।” शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका प्रतिनिधिहरूले स्थानीय बासिन्दा र अधिकारीहरूसँग वार्ता गर्न त्यस क्षेत्रको भ्रमण गरेका थिए ।
इस्कन्दरका अनुसार अस्थायी आश्रयस्थलको क्षमता सीमित भए पनि यो अझै पनि अस्थायी आश्रयस्थलका रूपमा पर्याप्त छ । थकित देखिएका तर गम्भीर अवस्थामा नरहेका ती शरणार्थीले म्यान्माबाट समुन्द्री मार्गबाट केही दिन यात्रा गरेको बताएका छन् ।
इन्डोनेसियामा रोहिङ्ग्याहरूको आगमन आँधीबेहरी आउने र जाडो महिनाहरूमा सुस्त हुन्छ र समुद्रको अवस्था शान्त हुँदा बढ्छ । यसै महिनाको सुरुमा २६० भन्दा बढी रोहिङ्ग्या शरणार्थी आचेहको समुद्री तटमा पुगेका थिए । इन्डोनेसियाले संयुक्त राष्ट्रसङ्घको शरणार्थी महासन्धिमा हस्ताक्षर गरेको छैन र म्यान्मारबाट शरणार्थी ल्याउन बाध्य पार्न नसकिने बताउँदै छिमेकी देशहरूलाई बोझ बाँड्न र आफ्नो किनारामा आइपुगेका रोहिङ्ग्याहरूलाई पुनस्र्थापना गर्न आह्वान गरेको छ ।
धेरै आचेनीहरू आफ्ना सँगी मुसलमानहरूको दुर्दशाप्रति सहानुभूति राख्छन् तर कतिपयले उनीहरूको उपस्थितिलाई अस्वीकार गर्दै रोहिङ्ग्याहरूले दुर्लभ स्रोतहरू उपभोग गर्ने र कहिलेकाहीं स्थानीयहरूसँग द्वन्द्वमा आउने सम्भावनालाई देखाउँदै उनीहरूलाई स्वीकार्न नहुने बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: