Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

इन्डोनेसियामा ७६ रोहिङ्ग्या शरणार्थीलाई स्थानान्तरणका लागि स्वीकृति

खबरडबली संवाददाता

इन्डोनेसिया । इन्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको एक पर्यटकीय तटमा डुङ्गाबाट आएका दर्जनौँ रोहिङ्ग्या शरणार्थीलाई स्थानीयले अवतरण गर्न अनुमति दिएपछि अस्थायी आश्रयस्थलमा सारिएको एक अधिकारीले बिहीबार बताएका छन् ।

म्यान्माको अल्पसङ्ख्यक मुस्लिम रोहिङ्ग्या समुदायमाथि अत्यधिक उत्पीडन भइरहेका कारण त्यहाँबाट शान्ति र रोजगारीको खोजीमा हरेक वर्ष हजारौँंले बङ्गलादेश, मलेसिया, इन्डोनेसिया पुग्न लामो र खतरनाक समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा पार्ने गरेका छन् । 

चार बालबालिकासहित ७६ शरणार्थीको पछिल्लो समूहलाई बुधबार राति आचेह प्रान्तको पूर्वी आचेह शहरको एक फुटबल मैदानमा पाल टाँगी अस्थायीरूपमा बस्नदिने प्रशासनले स्वीकृति दिएको हो ।

स्थानीय प्रशासनका अधिकारी इस्कन्दरका अनुसार अधिकारीहरूले सुरुमा शरणार्थीहरूलाई भाग्नबाट रोक्न र केही स्थानीय बासिन्दाहरूले शहरमा उनीहरूको उपस्थितिको विरोध गरेका कारण उनीहरूलाई डुङ्गाबाट ओर्लिन वा सामुद्रिक किनारबाट बाहिर जानबाट रोकेका थिए ।

इस्कन्दरले एएफपीसँग भने, “धेरै घण्टा पछि एक सहमति मा पुगिएको छ । शरणार्थीहरूलाई अब ओर्लिन शिविरभित्र बस्न अनुमति दिइनेछ ।” शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका प्रतिनिधिहरूले स्थानीय बासिन्दा र अधिकारीहरूसँग वार्ता गर्न त्यस क्षेत्रको भ्रमण गरेका थिए ।

इस्कन्दरका अनुसार अस्थायी आश्रयस्थलको क्षमता सीमित भए पनि यो अझै पनि अस्थायी आश्रयस्थलका रूपमा पर्याप्त छ । थकित देखिएका तर गम्भीर अवस्थामा नरहेका ती शरणार्थीले म्यान्माबाट समुन्द्री मार्गबाट केही दिन यात्रा गरेको बताएका छन् ।

इन्डोनेसियामा रोहिङ्ग्याहरूको आगमन आँधीबेहरी आउने र जाडो महिनाहरूमा सुस्त हुन्छ र समुद्रको अवस्था शान्त हुँदा बढ्छ । यसै महिनाको सुरुमा २६० भन्दा बढी रोहिङ्ग्या शरणार्थी आचेहको समुद्री तटमा पुगेका थिए । इन्डोनेसियाले संयुक्त राष्ट्रसङ्घको शरणार्थी महासन्धिमा हस्ताक्षर गरेको छैन र म्यान्मारबाट शरणार्थी ल्याउन बाध्य पार्न नसकिने बताउँदै छिमेकी देशहरूलाई बोझ बाँड्न र आफ्नो किनारामा आइपुगेका रोहिङ्ग्याहरूलाई पुनस्र्थापना गर्न आह्वान गरेको छ ।

धेरै आचेनीहरू आफ्ना सँगी मुसलमानहरूको दुर्दशाप्रति सहानुभूति राख्छन् तर कतिपयले उनीहरूको उपस्थितिलाई अस्वीकार गर्दै रोहिङ्ग्याहरूले दुर्लभ स्रोतहरू उपभोग गर्ने र कहिलेकाहीं स्थानीयहरूसँग द्वन्द्वमा आउने सम्भावनालाई देखाउँदै उनीहरूलाई स्वीकार्न नहुने बताउँछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending