वैज्ञानिकहरुले अफ्रिका महादेश पहिलेको तुलनामा तीव्र गतिमा फुटिरहेको र दुई भागमा छुट्टिने क्रममा रहेको दाबी गरेका छन् ।
पहिलोपटक सन् २००५ मा इथियोपियाको मरुभूमिमा ३५ माइल लामो दरार देखिएको थियो, जुन अहिले वर्षेनी आधा इन्चको गतिले चौडा भइरहेको छ ।
डेलीमेलको रिपोर्ट अनुसार क्यालिफोर्निया विश्वविद्यालय, सान्टा बार्बाराका प्राध्यापक केन म्याकडोनाल्डले भनेका छन् कि यो प्रक्रिया जसलाई पहिले पहिले करोडौँ वर्षसम्म चल्ने प्रक्रिया मानिन्थ्यो, अब चाहिँ १० देखि ५० लाख वर्षभित्रैमा यो पूरा हुनसक्छ ।
अफ्रिका महादेशको विभाजनका कारण पृथ्वीमा एउटा नयाँ महासागर र थप एक महादेश बन्नेछ ।
के होला विभाजनको प्रभाव ?
प्राध्यापक म्याकडोनाल्डका अुनसार हिन्द महासागरको पानी पूर्वी अफ्रिकी रिफ्ट भ्यालीमा भरिन सक्दछ र अन्ततः उक्त क्षेत्रले एउटा नयाँ महासागरको रुप लिन सक्दछ । उक्त नयाँ महासागर आन्ध्र महासागर जत्तिकै गहिरो हुनसक्छ ।
यी मुलुकलाई पर्नेछ असर
अफ्रिकी महादेशमा देखिएको दरार त्यहाँका सोमालिया, केन्या, तान्जानिया तथा इथियोपिया लगायतका देशहरु हुँदै गएको छ । वैज्ञानिकहरुका अनुसार यो विभाजनपछि इथियोपियाको उक्त भाग नुुबियन महादेशका रुपमा चिनिनेछ । प्राध्यापक म्याकडोनाल्डका अनुसार मानव जीवनमाथि उक्त विभाजनको कुनै ठूलो प्रभाव पर्नेछैन । यद्यपि भूकम्प तथा ज्वालामूखी विस्फोट जस्ता घटनाहरु चाहिँ भई नै रहनेछन् ।
पूर्वी अफ्रिकी रिफ्ट प्रणाली
यो प्रक्रिया पूर्वी अफ्रिकी रिफ्ट प्रणालीसँग जोडिएको छ । यो २ हजार माइल लामो दरार हो र करीब २ करोड २० लाख वर्षअघि बनेको थियो । यस क्षेत्रमा दुईवटा टेक्टोनिक प्लेटहरु, सोमालियन र नुबियन रहेका छन् । यी टेक्टोनिक प्लेटहरु एक अर्काबाट टाढा टाढा भइरहेका छन् । लिथोस्फेयर भनिने पृथ्वीको सतहको माथिल्लो हिस्सा विभिन्न टेक्टोनिक प्लेटमा बाँडिएको हुन्छ । वैज्ञानिकहरुका अुनसार ती प्लटेहरु आंशिक रुपमा सर्न सक्दछन् । यो गतिविधि पृथ्वीको केन्द्रबाट उत्पन्न हुने तापका कारणले गर्दा हुन्छ ।
महासागर बन्ने क्रमको सुरुवात
सन् २०२४ मा प्रकाशित फ्रन्टियर्स इन अर्थ साइन्स नामक अध्ययनमा बताइए अनुसार रिफ्ट सिस्टमका फरक फरक ठाउँमा ज्वालामूखी गतिविधि फरक फरक छन् । भर्जिनिया टेकका प्राध्यापक डी सारा स्टेम्प्सले सन् २०२० को एक अध्ययनमा बताए अनुसार रिफ्टको उत्तरी हिस्सामा सबैभन्दा तीव्र गतिमा विभाजन भइरहेको छ र सुरुमा त्यही भागमा नयाँ महासागर बन्नेछ ।
वर्तमानमा के समस्या आइरहेको छ ?
सन् २०१८ मा केन्यामा भारी वर्षापश्चात् यस्तै दरार देखिएका थिए । स्थानीय बासिन्दाहरुले त्यस बेला जमिन हल्लिएको पनि महसुस गरेका थिए । भविष्यमा यस्ता दरारहरु अझै धेरै बन्न सक्दछन् । यसबाट मडागास्कर टापु पनि दुई टुक्रामा बाँडिन सक्दछ ।
– एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - २१:३८
नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !
माघ १७ गते, २०८२ - २१:१६
जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...
माघ १७ गते, २०८२ - २०:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...
माघ १७ गते, २०८२ - २०:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...
माघ १७ गते, २०८२ - २०:३६
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...
माघ १७ गते, २०८२ - १९:०५
सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...
माघ १७ गते, २०८२ - १९:०२
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...
माघ १७ गते, २०८२ - १९:००
काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...
माघ १७ गते, २०८२ - १८:५२
सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...
माघ १७ गते, २०८२ - १८:४९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...



प्रतिकृया लेख्नुहोस्: