चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन ।
नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशलाई मायाँ गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन ।
अध्यक्ष प्रचण्डले अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताए । आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प्रष्टरुपमा बुझिसकेको उल्लेख गर्दै उहाँले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताए ।
सरकारमा रहेर थालिएको सुधारको नयाँ थालनी, सरकारबाट निस्केपछि देशब्यापीरुपमा लिइएको पहलकदमी तथा सदन र सडकमा विपक्षी मोर्चाको तर्फबाट देश र जनताको पक्षमा लिइएको पहलकदमीले जनतामा नयाँ आशाको जागृत हुँदै गरेको उहाँले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न नेताहरुको पार्टी प्रवेश र ध्रुवीकरणले माओवादी केन्द्रलाई बलियो बनाउने मात्र होइन, मुलुकै अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण योगदान पुग्ने बताए । राजनीति, समाजसेवा, शैक्षिक क्षेत्र, खेलकुद लगायत विभिन्न क्षेत्रमा दशौं योगदान गरेका व्यक्तिहरुको पार्टी प्रवेशले चितवनको राजनीति र बामपंथी आन्दोलनमा गुणात्मक परिवर्तन ल्याउने उनले बताए । यसको प्रभाव र परिणाम देशैभरि पर्ने पनि उनले स्पष्ट पारेका छन ।
आफूहरु एकीकृत समाजवादीसँग समाजवादी मोर्चा र बिपक्षी मोर्चामा रहेर सहकार्य गरिरहेको उल्लेख गर्दै यो प्रवेश र ध्रुवीकरणले कुनै असर नपार्ने बताए । बरु यसले माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रियालाई सहज बनाउने विश्वाव व्यक्त गरेका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८२ - १७:१६
काठमाडौं । नेपाल विश्वविद्यालयको संरक्षक परिषद्(बोर्ड अफ ट्रस्टी) ले विश्वविद्यालयको उप-कुलपति र रजिस्ट्रार नियुक्त गरेको छ। नेपाल विश्वविद्यालय ऐ...
बैशाख २१ गते, २०८२ - १७:०८
भक्तपु। राष्ट्रिय परीक्षा बोर्डले सामाजिक सञ्जालमा देखिएका गलत सूचनाको विश्वास नगर्न अनुरोध गरेको छ। आइतबार सुरु भएको कक्षा १२ को परीक्षा अगाडि नै प्र...
बैशाख २१ गते, २०८२ - १६:५८
मध्य पहाडी केन्द्रित अभियान जेठ २ गतेबाट सुरु
बैशाख २१ गते, २०८२ - १६:५४
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले ओलीलाई गिज्याउने र गाली गर्नेले आफ्नो सन्तानको भविष्य अन्धकार बनाइरहेको बताएकि छन्। ...
बैशाख २१ गते, २०८२ - १६:३४
लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक वि...
बैशाख २१ गते, २०८२ - १६:१९
काठमाडौं । काठमाडौ महानगरपालिका बानेश्वरबाट शङ्खमूल जाने सडकपेटीमा विगत लामो समयदेखि राखिएका पाइपहरू हटाईएको छ। पैदलयात्रुहरूलाई सहज आवागमनमा असर प...
बैशाख २१ गते, २०८२ - १६:१६
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक सुरू भएको हो बैठकमा समसमायिक राजनीतिक बि...
बैशाख २१ गते, २०८२ - १५:२६
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले जो सदस्य विगतमा सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा रहेको हो त्यही व्यक्ति छानबिन समितिमा बस्न उपयुक्त न...
बैशाख २१ गते, २०८२ - १५:१०
काठमाडौँ। सङ्घीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विध...
बैशाख २१ गते, २०८२ - १४:५९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत माइदा तोरुको शिष्टाचार भेट गरेका छन्। आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा...
प्रतिकृया लेख्नुहोस्: